३४२ वटा विद्यालयको अनुमति रद्ध गर्ने महानगरको चेतावनी, यस्तो छ विद्यालयको सूचि

काठमाडौं । काठमाडौं महानगरपालिकाले ३४२ वटा निजी तथा संस्थागत विद्यालयको अनुमति अथवा स्वीकृती रद्ध गर्ने चेतावनी दिएको छ । महानगरले पटक पटक सूचना जारी गर्दा पनि छात्रवृत्ति वितरणको विवरण पेस नगर्ने महानगरभित्रका ३४२ वटा विद्यालयलाई कारवाही गर्ने चेतावनी दिएको हो ।
महानगरले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत तथा निजी विद्यालयलाई शैक्षिक सत्र २०८० मा कक्षा सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्तिको विवरण पेस गर्न भन्दै वैशाख २४ गते परिपत्र गरेको थियो । साथै, जेठ १० गते गोरखापत्रमा सूचना जारी गरी जेठ १५ गतेभित्र छात्रवृत्ति वितरण गरेको विवरण जेठ १६ गतेभित्र महानगरलाई बुझाउन सूचित गरेको थियो ।
उक्त सूचनाका आधारमा छात्रवृत्ति वितरण गरी सो को विवरण बुझाउने विद्यालयलाई महानगरले धन्यवादसमेत दिएको छ । तर, सूचनालाई अटेर गरी हालसम्म विवरण नबुझाउने विद्यालयलाई भने महानगरले कारवाही गर्ने धम्की दिएको हो ।
‘काठमाडौं महानगरको विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ५८ र ५९ एवंम् काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५० को उल्लंघन गरी हालसम्म छात्रवृत्ति वितरणको विवरण पेस नगर्ने तपसिलका विद्यालयले मिति २०८० साल जेठ २८ गतेभित्र नियमानुसार छात्रवृत्ति वितरण गरी सोको विवरण पेस नगरेमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द वा यस ऐन वा अन्य प्रचलित कानून बमोजिम हदै सम्मको कारबाही गरिने व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ,’ महानगरद्वारा जारी सूचनामा उल्लेख छ ।
महानगरका प्रमुख बालेन शाह काठमाडौं महानगरपालिकामा भित्र अध्ययनरत विद्यार्थीले नियमअनुसार पाउनु पर्ने अधिकारको बारेमा गम्भीर रहेको बताउँछन् । ‘काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को परिच्छेद १० मा छात्रवृत्ति तथा निःशुल्क शिक्षा सम्बन्धी व्यवस्था रहेको छ,’ उनले भने, ‘सो नियमावलीको नियम ५८ मा व्यवस्था भए अनुसार विद्यालयले छात्रवृत्ति उपलब्ध गराएको विद्यार्थीहरूको नामावली सार्वजनिक गर्नु पर्छ ।’
ताजा अपडेट
- इतिहास रच्दै रिलायन्स कलेजले जित्यो राष्ट्रव्यापी वक्तृत्वकलामा प्रथम, द्वितिय र तृतिय पुरस्कार
- निमावि तह शिक्षक लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?
- त्रिविको ४९ औँ दीक्षान्त समारोह : कहाँ र कहिले ?
- किन अझै रिहा भएनन् विपिन जोशी ?
- जब विव्यस अध्यक्ष आफैं कक्षाकोठामा गएर पढाउन थाले
- नेपालमा ४ हजार २२५ शिक्षक पद रिक्त रहेको विवरण सार्वजनिक
- स्नातकोत्तर शिक्षाशास्त्र संकायका लागि त्रिविले खुलायो भर्ना
- इजरायलबाट बेपत्ता भएका विपिन जोशी गाजा क्षेत्रमा सकुशल रहेको पुष्टि
धेरैले पढेको
- नेपालका २० अब्बल माविहरू
- त्रिविद्धारा स्नातक तह दोस्रो वर्षको रिजल्ट प्रकाशित
- त्रिविको लापरवाही : परीक्षा त्रिविको प्रश्नपत्र दिल्लीको !
- त्रिविले दीक्षान्त समारोह गर्दै, अनलाइनबाटै आवेदन दिन मिल्ने
- सार्वजनिक बिदाको दिन पठनपाठन गर्ने विद्यालयलाई महानगरले कारवाही गर्ने
- पिसिएल नर्सिङ, एचए र डिप्लोमा इन फार्मेसीको शुल्क वृद्धि रद्ध
- बालेनले सुधारे काठमाडौं महानगरभित्रका सामुदायिक विद्यालयमा एसईईको नतिजा
- सीटीइभीटीअन्तर्गतका प्राविधिक विषय : कुन विषयमा के छ सम्भावना, कति लाग्छ खर्च ?
तपाईको प्रतिक्रिया