रिलायन्स इन्टरनेशनल एकेडेमीद्वारा २३ औं व्याचका विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न
काठमाडौं – चावहिल सरस्वतीनगरस्थित रिलायन्स इन्टरनेशल एकेडेमीले कक्षा ११ मा भर्ना भएका २३ औं व्याचका विद्यार्थीलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । एकेडेमीले शुक्रवार एक कार्यक्रमको विचमा विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यकम सम्पन्न गरेको हो।
रिलायन्स एजुकेशन नेटवर्कका अध्यक्ष रवीन्द्रजंग थापाको अध्यक्षता रहेको कार्यक्रममा संस्कृति विभाग प्रमुख एवम् वोर्ड सदस्य दामोदर निरौलाले कार्यक्रममा उपस्थितलाई दुई मिनेटको ध्यान गराएर कार्यक्रमको सुरुवात गरेका थिए । ुहामीले हरेक कक्षा सुरु गर्दा दुई मिनेटको ध्यान गरेरमात्र सुरु गर्छौँ, ु निरौलाले भने, झयो नैरिलायन्सको संस्कृति हो ।’
कार्यक्रममा एकेडेमीका सहायक प्रिन्सिपल नन्दु कुशुवाहले स्वागत मन्तव्य मार्फत विद्यार्थीहरुलाई स्वागत गरेका थिए । साथै कलेजको शैविक गतिविशैक्षिक गतिविधिका वारेमा प्रकाश पारेका थिए । ‘तपाईंहरुलाई यतिवेला सबै नयाँ लागिरहेको होला त्यो स्वाभाविक हो,’ उनले भने, ‘तपाईंहरुले रिलायन्सबाट आफ्नो शैक्षिक यात्रा सुरु गर्नुभएको छ त्यो यात्रामाकुनै शंका मान्नुपर्दैन हामी तपाइहरुको साथमा छौं ।’
त्यस्तै कार्यक्रममा कक्षा १२ को तर्फवाट रेविका श्रेष्ठले कक्षा ११ भर्ना भएका विद्यार्थी लाई स्वागत गरेकी थिइन् ।
यसैगरी विज्ञान संकायका को–आर्डिनेटर यादव पाण्डेले कार्यक्रमा बोल्दै रिलायन्सका विद्यार्थीले पाएको सफलता बारे जानकारी दिएका थिए। उनले कक्षा १२ पछि एमबीबीएस र इन्जिनियरिङमा छात्रवृत्तिमा नाम निकालेर आफ्नो करिअरमा राम्रो गरिरहेको बताए।
त्यसैगरी व्यवस्थापन संकायका को–अर्डिनेटर श्यामकुमार कामथले रिलायन्सका विद्यार्थीहरु बैंकदेखि विभिन्न कर्पोरेटलगायतका विभिन्न क्षेत्रमा सक्रिय रहेको बताए । साथै, राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका विश्वविद्यालयहरुमा रिलायन्सका विद्यार्थीले आकर्षक छात्रवृत्तिमा अध्ययन गरिरहेको समेत उनले बताए।
कार्यक्रममा सिनियर स्टुडेण्ट रिलेसन अफिसर विश्वनाथ घिमिरेले विद्यार्थीहरुलाई आचारसंहिताका बारेमा जानकारी गराएका थिए। साथै उनले रिलायन्सको कल्चरका बारेमा पनि विद्यार्थीहरुलाई बताएका थिए ।
यसैगरी कलेजका इसीए/सीसीए समितिका सदस्य गजेन्द्र पौडेलले कलेजमा हुने अतिरिक्त क्रियाकलापका बारेमा अवगत गराएका थिए ।
कार्यक्रममा रिलायन्स एजुकेशन नेटवर्कका बोर्ड अफ डाइरेक्टर एवम् सिनियर चार्टर्ड अकाउण्टेन्ट राजुकुमार सिवाकोटीले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई बधाई नथा शुभकामना दिदै अबको दुई वर्ष जीवनलाई उज्वल बनाउनका लागि लाग्न अनुरोध गरे । आफ्नो लक्ष्य के हो त्यो निधारण गरेर अघि बढ्न उनले सुझाव दिए । ‘जसले लक्ष्य निर्धारण गरेर अघि बढ्छ त्यो कहिल्यै असफल हुँदैन,’ उनले भने, ‘लक्ष्य प्राप्ति गर्न धैर्यता आवश्यक पर्छ।’
यसैगरी शिक्षकहरुको तर्फवाट बीबी क्षेत्री र विजय उपाध्यायले शुभकामना मन्तव्य दिएका थिए । रिलायन्समा भर्ना भएका विद्यार्थीहरुको तर्फवाट ऋचा पौडेलले धन्यवाद मन्तव्य दिएकी थिइन ।
कार्यक्रमका अध्यक्ष एवम् रिलायन्स एजुकेशन नेटवर्कका अध्यक्ष रवीन्द्रजंग थापाले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई शुभकामना दिँदै स्वागत गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै थापाले देशभरका झण्डै ५ हजार प्लस टु मा रिलायन्सलाई रोजेकोमा धन्यवाद व्यक्त गरे। साथै रिलायन्स एजुकेशन नेटवर्कको नयाँ सदस्य बनेकोमा बधाइ समेत दिए ।
२३ औं व्याचसम्म आइपुग्दा १५ हजार भन्दा बढी विद्यार्थीले रिलायन्सबाट पास आउट भएको उनले जानकारी गराएका थिए। ‘उहाँहरु नेपालका विविध क्षेत्रमा सफल हुनुभएको छ,’ उनले भने ।
रिलायन्सको मुख्य कुरा भनेको उच्च शैक्षिक सफलता रहेको उनले बताए। ‘यहाँको उत्कृष्ट शैक्षिक क्रियाकलापका कारण हरेक वर्ष देशभर कै टप टेन कलेजमा पर्दै आएको छ,’ उनले भने ।
कार्यक्रममा बोल्दै उनले योग्यता सञ्चार र स्वभाव ले नै मानिसलाई सफल बनाउने उनले बताए । ‘त्यसका लागि रिलायन्स सधैं अब्बल छ,’ उनले भने ।
कार्यक्रमलाई रिलायन्सका इसीए/सीसीए को–अर्डिनेटर गोविन्द ढकालले सञ्चालन गरेका थिए ।
ताजा अपडेट
- पाँचाैं रिलायन्स विज्ञान प्रदर्शनी सुरू
- विभिन्न माध्यममा फैलाइएको अफवाहबारे ब्रिटिस कलेजले सार्वजनिक गर्यो आफ्नो धारणा
- ‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न
- द ब्रिटिस कलेज : नेपालमै ‘बेलायती’ डिग्री दिइरहेको प्रतिष्ठित कलेज
- बोर्डका ४ जना सहसचिवको पदस्थापन, प्रशासन प्रमुखमा सत्याल, परीक्षा नियन्त्रकमा शर्मा
- एसईई परीक्षा चैत १९ देखि सुरु हुने (तालिकासहित)
- शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री महावीर पुनले दिए राजीनामा
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
धेरैले पढेको
- द ब्रिटिस कलेज : नेपालमै ‘बेलायती’ डिग्री दिइरहेको प्रतिष्ठित कलेज
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- एसईई परीक्षा चैत १९ देखि सुरु हुने (तालिकासहित)
- बोर्डका ४ जना सहसचिवको पदस्थापन, प्रशासन प्रमुखमा सत्याल, परीक्षा नियन्त्रकमा शर्मा
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- पाँचाैं रिलायन्स विज्ञान प्रदर्शनी सुरू
- शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री महावीर पुनले दिए राजीनामा
- विभिन्न माध्यममा फैलाइएको अफवाहबारे ब्रिटिस कलेजले सार्वजनिक गर्यो आफ्नो धारणा








तपाईको प्रतिक्रिया