महानगरकोे छात्रवृत्तिका लागि कति विद्यार्थीले दिए आवेदन ? कसलाई कति कोटा ?
काठमाडौं । काठमाडौं महानगरपालिकाको छात्रवृत्ति कार्यक्रमका लागि १२ हजार ९ सय ७९ जना विद्यार्थीले आवेदन दिएका छन् । गत असार २८ गतेदेखि १५ साउनसम्म आवेदन खुला गरिएकोमा १२ हजार ९ सय ७९ विद्यार्थीले आवेदन दिएको महानगरको शिक्षा विभागले जनाएको छ ।
विभागका प्रमुख सिताराम कोइरालाका अनुसार अन्तिम दिनसम्ममा ६ हजार ९ सय ७२ जनाले अनलाइन र ६ हजार ७ जनाले लिखित फाराम बुझाएका हुन् ।
अब यिनै विद्यार्थीहरुबाट छनोट गरी महानगरले सीमित विद्यार्थीलाई छात्रवृत्ति कोटामा अध्ययनका लागि सम्बन्धित विद्यालयलाई सिफारिस गर्नेछ ।
फाराम भरेकामध्येबाट अधिकांश विद्यार्थीले विज्ञान विषय छनोट गरेको कोइरालाले जानकारी दिए । ‘अब यी विद्यार्थीलाई साउन २२ गतेसम्म छनोट गरी सम्बन्धित विद्यालयलाई सिफारिस गर्नेछौँ,’ उनले भने ।
आवेदन दिएका विद्यार्थीहरुको साउन २० गते परीक्षा हुनेछ । महानगरले प्रदान गर्ने छात्रवृत्ति कोटामा प्राविधिक धारसहितका सबै संकाय समेटिनेछ । सहभागीले सय पूर्णांकको परीक्षा दिनुपर्नेछ । फाराम भरेकामध्ये करिब पाँच हजार विद्यार्थीले मात्रै छात्रवृत्तिमा पढ्न पाउनेछन् । यसमध्ये १ प्रतिशत (करिब ५० जना) ल्यान्डफिल्ड साइट सिसडोल र बन्चरेडाँडाका सामुदायिक विद्यालयका लागि उपलब्ध गराइनेछ ।
सरकारले ०६७ देखि नै निजी विद्यालयले १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने घोषणा गरेको थियो । तर, उनीहरूले आफूखुसी छात्रवृत्ति कार्यक्रम चलाइरहेका थिए । छात्रवृत्ति कार्यक्रम प्रभावकारी नभएको भन्दै महानगरले यसपटक सबै निजी स्कुललाई कक्षा ११ को १० प्रतिशत कोटा खाली राखेर विद्यार्थी भर्ना गर्न निर्देशन दिएको हो ।
कसलाई कति कोटा ?
महानगरले छात्रवृत्ति कार्यक्रमका लागि कोटा निर्धारण गरेको छ । जसमध्ये खुला ४० प्रतिशत, आरक्षण कोटा ४५ प्रतिशत, महानगरभित्रका स्थायी बसोवासी ९ प्रतिशत, १ प्रतिशत बन्चरेडाँडा र सिसडोलका सामुदायिक विद्यालयबाट आएका विद्यार्थी र ५ प्रतिशत निजी विद्यालयका उत्कृष्ट तथा जेहेनदार विद्यार्थीलाई प्रदान गरिनेछ । आरक्षण कोटा ४५ प्रतिशतभित्र ३३ प्रतिशत छात्रा र १२ प्रतिशत मधेसी रहने महानगरले जनाएको छ ।
५ हजारलाई छात्रवृत्ति
महानगरले छात्रवृत्ति कार्यक्रमका लागि ८५ प्रतिशत विद्यार्थी सामुदायिक विद्यालयबाट छनोट हुने छन् ।
महानगरका अनुसार यहाँका निजी स्कुलहरूमा कक्षा ११ मा झन्डै ५० हजार विद्यार्थी भर्ना हुन्छन् । त्यसमध्ये १० प्रतिशत अर्थात् पाँच हजारलाई छात्रवृत्ति प्रदान गर्न लागिएको हो ।
यसमध्ये पनि ८५ प्रतिशत अर्थात् चार हजार दुई सयभन्दा बढी विद्यार्थी सामुदायिक विद्यालयबाट छनोट हुनेछन् । अन्य १५ प्रतिशत निजी स्कुलबाट आएका विद्यार्थीको योग्यता र क्षमताका आधारमा प्रदान गरिनेछ । महानगरभित्र दुई सयभन्दा बढी निजी विद्यालयमा ११ र १२ कक्षासम्म पढाइ हुन्छ ।
ताजा अपडेट
- डा. गोविन्द केसीले तोडे अनसन
- एमबीएस प्रश्नपत्र काण्ड : परीक्षा सुरु भएको मिनेटमै प्रश्न बाहिरियो, सिआइबीले गर्यो पक्राउ
- अष्ट्रेलियाको वेस्टर्न सिड्नी विश्वविद्यालयकी स्नातकोत्तर प्रतिमा खड्का मिस नेपाल २०२६ को प्रतिस्पर्धामा
- डा. गोविन्द केसीसँग वार्ताका लागि शिक्षा मन्त्रालयका सचिव धनगढी पुगे
- जनदबाबपछि सरकार ब्याकः निजी स्वास्थ्य र शिक्षाबाट ३ प्रतिशत समता कर हट्यो
- यति कलेजको होटल एन्ड माइस म्यानेजमेन्ट कार्यक्रमको पहिलो दीक्षान्त समारोह सम्पन्न
- निजी शिक्षा र स्वास्थ्यमा ३% समता कर लागू नहुने, चौतर्फी विरोधपछि पछि हट्यो सरकार!
- कोरियन भाषा परीक्षाका लागि आवेदन खुला: कुन क्षेत्रमा कति कोटा, कस्ता प्रश्न सोधिन्छन् ?
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया