प्रविधिमैत्री बन्दै शितला मावि, कारोबार पारदर्शी बनाउन क्यु.आर. काेड सुविधा

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १६ स्थित शितला माध्यमिक विद्यालय डिजिटल विद्यालयमा प्रवेश गरेको छ । विद्यालयको आर्थिक कारोवारलाई पारदर्शी, चुस्त, तन्दुरुस्त र कारोवारलाई सेवाग्राही मैत्री बनाउन तथा विद्यालय शिक्षामा सुशासन कायम गर्न अब क्यु. आर कोडबाट सेवा शुरु गरेको हो ।
कक्षा ११ मा घरमै वसेर अनलाईनको माध्यमबाट भर्ना हुन सक्ने व्यवस्था गरेको छ । सल्लाह सुझाव तथा उजुरी र गुनासो लिन इमेल तथा गुगल फर्मको प्रयोग गरेको छ ।
यस सम्वन्धमा विद्यालयका प्रधानाध्यापक लक्ष्मण ,श्रेष्ठ समयानुकुल शिक्षामा परिवर्तन ल्याई सुचना संचारलाई अधिकतम प्रयोग गरी महानगरपालिकाको नमूना डिजिटल विद्यालय बनाउन सबै जना लागि परेको बताउँछन् । उनले विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक, शिक्षक अभिभावक संघ र वि.व्य.स.को सकृय सहयोग र टेवाको कारणले विद्यालयले छोटो समयमा उदाहरणीय काम गरेको बताए ।
विद्यालयले सबै शिक्षक कर्मचारीहरुको लागि आधारभूत कम्प्युटरको तालिम सम्पन्न गरेको छ भने विद्यालयको भर्ना तथा अन्य कृयाकलापहरुलाई क्लाउड वेस्ट कृयाकलाप शुरु गरेको छ ।
परीक्षा सञ्चालन र नतिजा प्रकाशनको कार्य पनि सफ्टवेयरमा आधारित भएर शुरु गरेको छ । त्यस्तै
विद्यालयका सहायक प्रधानाध्यापक इश्वरी अधिकारीले समय सँगै विद्यालयमा सेवा विस्तार गरि गुणस्तरीय शिक्षा दिन शितला मा.वि. सदैव तत्पर रहेको बताए ।
प्रा.वि. इञ्चार्ज देवुकुमारी शर्माले विद्यालयलाई डिजिटल शितला बनाउन लागिएको र यसका लागि आवश्यक सामग्री र प्रयोगको अभिमुखिकरण कार्यक्रमका लागि स्थानीय सरकार, प्रदेश सरकार तथा सांसद विकास कोष जस्ता विविध स्रोत लाई समेटेर लैजान विद्यालयले कोशिश गरिरहेको बताइन् ।
त्यस्तै, का.म.न.पा वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजालले शितला मा.वि.ले कम समयमा तीव्र गतिमा प्रगति गरिरहेको, अनलाईन र क्लाउडमा आधारित भर्ना गरेको, आय व्ययलाई इन्स्टेन्ट एण्ड इमिडियट अद्यावधिक गरेको, विद्यालयको सामाजिक परीक्षण, लेखा परीक्षण, विद्यालय सुधार योजना समयमा अद्यावधिक गरेको र आइसिटीको प्रयोगबाट सिकाइ उपलब्धि वृद्धि गरी विश्व बजारमा प्रतिष्पर्धी जनशक्ति उत्पादन गर्नका लागि डिजिटल विद्यालय बनाउन लागि परेकोले यसको प्रगति र विकासका लागि आफु सदैव अग्रसर भएको बताए ।
यो विद्यालय नेपालको सरकारी सामुदायिक विद्यालयहरुमध्ये सवै भन्दा पहिलो कोड क्लव संचालन गर्ने विद्यालय हो भने काठमाडौं महानगरपालिकामा शिक्षा विभागले मागेका तथ्यांक बुझाउने, सामाजिक परीक्षण, विद्यालय सुधार योजना, शिक्षक कर्मचारी विवरण, आइइएमआइएस लगायत अन्य विवरण पेश गर्ने विषयमा सर्वोत्कृष्ट रहेको छ ।
ताजा अपडेट
- प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर नयाँ नयाँ चुनौतीको सामना गर्न विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रह
- राजर्षि जनक विश्वविद्यालयको प्रथम दीक्षान्त, नेपाली विद्यार्थीको ‘जेनेटिक पावर’ सशक्त छ : प्रधानमन्त्री
- लाहुरेको रेलिमाईलाई दुई लाख रुपैयाँको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता नगरी ‘ओए’ कार्यक्रम नै बन्द गर्ने निर्णयमा तिलगंगा
- इञ्जिनियर न्यौपानेलाई वेष्टक्लिफ विद्यालयको उत्कृष्ट अवार्ड
- कार्डियोथोरासिक भास्कुलर नर्सेस समाजद्वारा पहिलो नर्सिङ सम्मेलन सम्पन्न
- बजेटमा शिक्षाः २ खर्ब ११ अर्ब १७ करोड बजेट, यस्ता छन् शिक्षाका कार्यक्रम (पूर्णपाठसहित)
- शिक्षा मन्त्रालयको बजेट २ खर्ब ११ अर्ब १७ करोड
धेरैले पढेको
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
- कक्षा १२ को परीक्षाको नयाँ समय तालिका सार्वजनिक
- “Exciting Rivals and Unmatched Action at The Aradhya Pickleball Championship 2025”
- कार्डियोथोरासिक भास्कुलर नर्सेस समाजद्वारा पहिलो नर्सिङ सम्मेलन सम्पन्न
- शुभश्री कलेज अफ म्यानेजमेन्ट र मर्क्युर होटलबीच सम्झौता
तपाईको प्रतिक्रिया