इन्जिनियरिङ अध्ययनमा आईओईले एक्कासी किन बढायाे तीन लाख बढी शुल्क ?
काठमाडौं – त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्था (आइओई)ले स्नातक तहमा तीनलाख ३० हजार शुल्क वृद्धि गरेको छ । आईओईले चारवर्षे इन्जिनियरिङ विषयमा चर्को शुल्क वृद्धि गरेको हो ।
आईओईको गत साउन २५ गते बसेको कार्यान्वयन समितिको बैठकले शुल्क बढाउने निर्णय गरेको हो । आखिर एक्कासी आईओईले किन गर्यो इन्जिनियरिङ विषयको शुल्क वृद्धि ? आइओईका डिन शशीराम जोशी हरेक वर्ष १० प्रतिशतका दरले शुल्क वृद्धि गर्नुपर्ने भए पनि यसअघि शुल्क वृद्धि नभएकाले यसपटक वृद्धि गरिएको बताउँछन् । ‘०५३ देखि इन्जिनियरिङ तहको शुल्क बढेको थिएन,’ उनले भने, ‘सबै सोचविचार गरेर यसपटक शुल्क वृद्धि भएको हो ।’
यसअघि चारवर्षे इन्जिनियरिङ विषयको चार लाख ४५ हजार रुपैयाँ शुल्क लिँदै आएको थियो । यसरी विद्यार्थीलाई आर्थिक भार पर्ने गरी चर्को शुल्क वृद्धि गर्दा विद्यार्थी भने आन्दोलित भएका छन् ।
आन्दोलित विद्यार्थीहरूले मंगलबार उपत्यकासँगै देशका विभिन्न ठाउँ र इन्जिनियरिङ पठनपाठन हुने क्याम्पसहरूमा प्रदर्शन गरेका छन् । उनीहरूले शुल्कमा हेरफेर हुनुपर्ने माग राखेका छन् ।
शुल्क वृद्धिको विषयलाई लिएर पूर्वाञ्चल क्याम्पस, धरानमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन् ।
ताजा अपडेट
- कक्षा ११ को पढाइ असार १ गतेदेखि सुरु गर्न निर्देशन
- सेन्ट लरेन्सको ३० वर्षे विरासत : सिर्जनशील शिक्षादेखि नेतृत्व विकाससम्म
- विनायक सिद्ध कलेज: जहाँ ब्राण्ड होइन, भविष्य रोजिन्छ
- शैक्षिक परामर्श क्षेत्रमाथि ‘ब्ल्याङ्केट क्रिमिनलाइजेसन’ नगर्न इक्यानको चेतावनी
- ललितपुरको दोस्रो उत्कृष्ट कलेजका रूपमा स्थापित पिनाकल एकेडेमी
- नेपालकै तेस्रो स्थानमा काठमाडौं मोडल: किन बनिरहेको छ विद्यार्थीको पहिलो रोजाइ ?
- त्रिविको शिक्षाध्यक्षमा खनाल र रजिस्ट्रारमा चालिसे नियुक्त
- एसइइमा ४ जीपीए ल्याउने ७५ जनालाई गोकर्णेश्वर नगरपालिकाले कक्षा ११ र १२ नि:शुल्क पढाउने
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय









तपाईको प्रतिक्रिया