बोर्डको बैठक बोलाइयो, एसईईको नतिजा प्रकाशनबारे निर्णय लिने
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनबारे निर्णय लिन राष्ट्रिय परीक्षा बोर्डले बैठक बोलाएको छ । बोर्डले दिउँसो १२ः३० बजे बस्ने गरी बोर्डको बैठक बोलाएको बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले एजुकेशन समाचारलाई जानकारी दिए ।
‘हामीले नतिजाकै विषयलाई लिएर छलफल गर्नका लािग बैठक बोलाएका छौँ,’ उनले भने, ‘नतिजा आजै प्रकाशन गर्ने या अर्को दिन भन्ने बारेमा चाहिँ बैठकले नै निर्णय लिन्छ ।’
उनका अनुसार, आज दुई चरणको बैठक बसेर एसईईको नतिजा सार्वजनिक गरी तयारी भइरहेको छ । यद्यपि, दोस्रो चरणको बैठक भने पहिलो चरणको बैठकमा भर पर्नेछ । ‘पहिलो चरणको बैठकमा राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशन गर्नेबारे ब्रिफिङ गर्नेछ । सो कार्यालयले बैठकमा नतिजा प्रकाशनको लागि तयारी पूरा भएको र कुनै पनि त्रुटि नभएको बताएको अवस्थामा पुनः दोस्रो बैठकको आह्वान गरिनेछ,’ उनले भने, ‘सो बैठकले नतिजा सार्वजनिक गर्ने आदेश दिन्छ । दोस्रो बैठक पछि नतिजा प्रकाशन गरिनेछ ।’
एसईईको नतिजा प्रकाशन असार ७ गतेभित्र सार्वजनिक गर्ने कार्यतालिका थियो । तर, वैशाखमा भएको शिक्षकहरुको आन्दोलनका कारण नतिजा प्रकाशन ढिलाइ भएको थियो । गत चैत ७ देखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए ।
ताजा अपडेट
- गोसाइँकुण्ड गएका धादिङका ८ शिक्षक सम्पर्कविहीन
- भोटेकोशीको बाढीबाट १६ सय बढी विद्यार्थी कसरी जोगिए ? प्रधानाध्यापक र शिक्षकको त्यो १५ मिनेट
- शिक्षक–कर्मचारीदेखि ईसीडी सहजकर्तासम्मको पारिश्रमिक बढ्यो, कसको कति ?
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
- पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै इम्पेरियल कलेज अफ इन्जिनियरिङ
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया