सायम कलेजद्वारा रोबोटिक्स, एआई र आइओटी विधामा कार्यशाला सम्पन्न
काठमाडौं– पुरानोबानेश्वरस्थित सायम कलेजले रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र इन्टरनेट अफ थिङ्स (आइओटी) विधामा कार्यशाला सम्पन्न गरेको छ । कलेजले बिसीएसआइटीका विद्यार्थीलाई लक्षित गर्दै दुई दिने कार्यशाला सम्पन्न गरेको हो ।

कलेजकै भवनमा सोमबार र मंगलबार भएको दुईदिने कार्यशालामा २५ जना विद्यार्थीले सहभागिता जनाएका थिए । सायमले यसैवर्षबाट ‘बीसीएसआइटी’ कार्यक्रम सञ्चालन गरेको छ ।
विद्यार्थीहरुमा सूचना प्रविधिलाई प्रयोगात्मक तरिकाले सिकाउने उद्देश्यले कार्यशाला आयोजना गरिएको कलेजले जनाएको छ । बलियो भेन्चर्स प्रा.लिसँगको सहकार्यमा सम्पन्न आयोजना गरिएको कार्यशालामा विद्यार्थीहरुले रोबोर्ट, एआई र आइओटीको बारेमा भरपूर ज्ञान लिएको कलेजका बीसीएसआइटी प्रोगाम एसोसिएट सन्तोष श्रेष्ठले जानकारी दिए । ‘नेपालको सन्दर्भमा आइओटी भनेको नयाँ विधा हो यसलाई हामीले दैनिक जीवनमा लागू गरेका छौँ कि छैनौँ भन्ने विषयमा कार्यशालामा छलफल गरिएको थियो,’ उनले भने ।

त्यस्तै, आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को यतिबेलाको अवस्था र भोलिका दिनमा यसको प्रयोग हुन सक्ने क्षेत्रहरुका बारेमा पनि कार्यशालामा छलफल गरिएको थियो । ‘हिजोआज बजारमा भएका एआईका बारेमा पनि विद्यार्थीहरुलाई अवगत गराइएको थियो,’ श्रेष्ठले भने, ‘नेपाली परिवेशमा यतिबेला एआईको कसरी प्रयोग भइरहेको छ भने बारेमा पनि विद्यार्थीलाई अवगत गराइएको थियो ।’

कार्यशालामा नेपालमा कुन कुन क्षेत्रमा कहाँ कहाँ रोबोर्टको प्रयोग भइरहेको छ भन्नेबारे विद्यार्थीहरुलाई जानकारी दिइएको श्रेष्ठले बताए । ‘नेपालमा पनि रोबोर्ट बन्दो रहेछ भन्ने ज्ञान विद्यार्थीहरुलाई प्राप्त भएको छ भन्ने हाम्रो विश्वास छ,’ उनले भने, ‘कार्यशालामा रोबोर्ट कसरी बनाइन्छ भन्ने बारेमा पनि प्रस्तुत गरिएको थियो ।’
यसैगरी, दुर्घटना पत्ता लगाउनका लागि बनाइएको रोबोर्टलाई कार्यशालामा प्रस्तुत गरिएको थियो । त्यस्तै, नेपालमै बनाइएको रोबोर्ट सारथीलाई पनि कार्यशालामा प्रदर्शन गरिएको श्रेष्ठले जानकारी दिए । ‘रोबोर्ट सारथीले नेपाली भाषामै कुरा गर्ने रहेछ,’ उनले भने, ‘कार्यशालामा सहभागी विद्यार्थीले आफूलाई लागेको जिज्ञाशा सारथीलाई सोधेका थिए ।’

विद्यार्थीहरुलाई पढाईका साथै अतिरिक्त क्रियाकलापमा समेत जोड दिने उद्धेश्यले दुई दिने कार्यशालाको आयोजना गरिएको कलेजका सहायक प्रिन्सिपल विशाल श्रेष्ठ बताउँछन् । ‘सायमले सुरुवाती वर्षदेखि नै प्रयोगात्मक शिक्षामा जोड दिँदै आएको छ यो कार्यशाला पनि त्यसैको निरन्तरता हो,’ उनले भने, ‘हामीले दिने सैद्धान्तिकका साथै प्रयोगात्मक शिक्षाकै कारण सायम कलेज १९ वर्षदेखि निरन्तर आइटी कलेजका रुपमा स्थापित छ ।’

ताजा अपडेट
- जेठ १४ गते सार्वजनिक बिदा
- नामअघि ‘Dr.’ लेखेर सर्वसाधारण झुक्याउनेलाई अब कडा कारबाही
- कक्षा ११ को पढाइ असार १ गतेदेखि सुरु गर्न निर्देशन
- सेन्ट लरेन्सको ३० वर्षे विरासत : सिर्जनशील शिक्षादेखि नेतृत्व विकाससम्म
- विनायक सिद्ध कलेज: जहाँ ब्राण्ड होइन, भविष्य रोजिन्छ
- शैक्षिक परामर्श क्षेत्रमाथि ‘ब्ल्याङ्केट क्रिमिनलाइजेसन’ नगर्न इक्यानको चेतावनी
- ललितपुरको दोस्रो उत्कृष्ट कलेजका रूपमा स्थापित पिनाकल एकेडेमी
- नेपालकै तेस्रो स्थानमा काठमाडौं मोडल: किन बनिरहेको छ विद्यार्थीको पहिलो रोजाइ ?
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय









तपाईको प्रतिक्रिया