सायम कलेजद्वारा रोबोटिक्स, एआई र आइओटी विधामा कार्यशाला सम्पन्न
काठमाडौं– पुरानोबानेश्वरस्थित सायम कलेजले रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र इन्टरनेट अफ थिङ्स (आइओटी) विधामा कार्यशाला सम्पन्न गरेको छ । कलेजले बिसीएसआइटीका विद्यार्थीलाई लक्षित गर्दै दुई दिने कार्यशाला सम्पन्न गरेको हो ।

कलेजकै भवनमा सोमबार र मंगलबार भएको दुईदिने कार्यशालामा २५ जना विद्यार्थीले सहभागिता जनाएका थिए । सायमले यसैवर्षबाट ‘बीसीएसआइटी’ कार्यक्रम सञ्चालन गरेको छ ।
विद्यार्थीहरुमा सूचना प्रविधिलाई प्रयोगात्मक तरिकाले सिकाउने उद्देश्यले कार्यशाला आयोजना गरिएको कलेजले जनाएको छ । बलियो भेन्चर्स प्रा.लिसँगको सहकार्यमा सम्पन्न आयोजना गरिएको कार्यशालामा विद्यार्थीहरुले रोबोर्ट, एआई र आइओटीको बारेमा भरपूर ज्ञान लिएको कलेजका बीसीएसआइटी प्रोगाम एसोसिएट सन्तोष श्रेष्ठले जानकारी दिए । ‘नेपालको सन्दर्भमा आइओटी भनेको नयाँ विधा हो यसलाई हामीले दैनिक जीवनमा लागू गरेका छौँ कि छैनौँ भन्ने विषयमा कार्यशालामा छलफल गरिएको थियो,’ उनले भने ।

त्यस्तै, आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को यतिबेलाको अवस्था र भोलिका दिनमा यसको प्रयोग हुन सक्ने क्षेत्रहरुका बारेमा पनि कार्यशालामा छलफल गरिएको थियो । ‘हिजोआज बजारमा भएका एआईका बारेमा पनि विद्यार्थीहरुलाई अवगत गराइएको थियो,’ श्रेष्ठले भने, ‘नेपाली परिवेशमा यतिबेला एआईको कसरी प्रयोग भइरहेको छ भने बारेमा पनि विद्यार्थीलाई अवगत गराइएको थियो ।’

कार्यशालामा नेपालमा कुन कुन क्षेत्रमा कहाँ कहाँ रोबोर्टको प्रयोग भइरहेको छ भन्नेबारे विद्यार्थीहरुलाई जानकारी दिइएको श्रेष्ठले बताए । ‘नेपालमा पनि रोबोर्ट बन्दो रहेछ भन्ने ज्ञान विद्यार्थीहरुलाई प्राप्त भएको छ भन्ने हाम्रो विश्वास छ,’ उनले भने, ‘कार्यशालामा रोबोर्ट कसरी बनाइन्छ भन्ने बारेमा पनि प्रस्तुत गरिएको थियो ।’
यसैगरी, दुर्घटना पत्ता लगाउनका लागि बनाइएको रोबोर्टलाई कार्यशालामा प्रस्तुत गरिएको थियो । त्यस्तै, नेपालमै बनाइएको रोबोर्ट सारथीलाई पनि कार्यशालामा प्रदर्शन गरिएको श्रेष्ठले जानकारी दिए । ‘रोबोर्ट सारथीले नेपाली भाषामै कुरा गर्ने रहेछ,’ उनले भने, ‘कार्यशालामा सहभागी विद्यार्थीले आफूलाई लागेको जिज्ञाशा सारथीलाई सोधेका थिए ।’

विद्यार्थीहरुलाई पढाईका साथै अतिरिक्त क्रियाकलापमा समेत जोड दिने उद्धेश्यले दुई दिने कार्यशालाको आयोजना गरिएको कलेजका सहायक प्रिन्सिपल विशाल श्रेष्ठ बताउँछन् । ‘सायमले सुरुवाती वर्षदेखि नै प्रयोगात्मक शिक्षामा जोड दिँदै आएको छ यो कार्यशाला पनि त्यसैको निरन्तरता हो,’ उनले भने, ‘हामीले दिने सैद्धान्तिकका साथै प्रयोगात्मक शिक्षाकै कारण सायम कलेज १९ वर्षदेखि निरन्तर आइटी कलेजका रुपमा स्थापित छ ।’

ताजा अपडेट
- साथी शिक्षक कार्यक्रमको आठौँ समूह (कोहोर्ट)का लागि आवेदन खुला
- नेपाली कम्पनी इन्साइट टेक्नोलोजीलाई अन्तर्राष्ट्रिय सम्मान, ‘AI in Cybersecurity’ अवार्ड प्राप्त
- बाल उद्धार माविका प्रधानाध्यापकमाथि आक्रमण, के हो घटनाको वास्तविकता ?
- शिक्षकलाई गाडी किन्न सरकारले ब्याज तिरिदिने प्रस्ताव, कसले कति सुविधा पाउँछन्?
- विश्वविद्यालयको नतिजा प्रकाशनमा शिक्षामन्त्रीको कडाइ, एक महिनाभित्रै गर्न निर्देशन
- राष्ट्रिय लिटल च्याम्प्स सिजन–४ मा नेपाल विद्या सदनकी आन्या घलान बनिन् फर्स्ट रनरअप
- विदेशी विश्वविद्यालयसम्बद्ध शैक्षिक कार्यक्रमबारे आइप्यानको आग्रह : ‘तथ्य र कानुन हेरेर बहस गरौँ’
- नक्कली शैक्षिक प्रमाणपत्रबारे सर्वोच्चको नयाँ नजिर
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया