काठमाडाै । बालाजुस्थित शितला माध्यमिक विद्यालयमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कोड क्लबको उद्घाटन गरेकी छन् । गत शुक्रबार उपमेयर डंगोलले शितलामा कोड क्लबको उद्घाटन गरेकी हुन् ।
यो कोड क्लब नेपालकै पहिलो बिद्यालय कोड क्लब हो ।
शितला माविमा उपप्रमुख ज्युसँगै शिक्षा विभाग प्रमुख सिताराम कोइराला, शिक्षा सल्लाहकार रेशु ढुंगाना अर्याल, आइटी विज्ञ सगुन ढुंगाना लगायतको टोलीले सो विद्यालयको बुक फ्रि फ्राइडे, शिक्षामा सिप अन्तरगत ब्युटिशियन एण्ड हेयर स्टाईल, नियमित कक्षामा भइरहेका ह्याण्डस अन अन्तरगतका अन्य कार्यहरुको अनुगमन गरेका थिए ।
उक्त अनुगमनमा शितला स्कुलमा स्काउट, नेपाल भाषामा सङ्गीत, चित्र बनाउने सीप तालिम लगायतको सिकाइ भएको छ भने विद्यालयमा जुरेस, इको क्लव, जर्नल पब्लिकेशन क्लव, डिआरआर क्लव, स्काउट, कोड क्लब, बाल क्लव, डिबेट क्लव लगायत १० वटा क्लवहरु संचालनमा रहेको विद्यालयका प्र.अ. लक्ष्मण श्रेष्ठले ब्रिफिङ्ग गरे ।

वि.व्य.स अध्यक्ष शुक्रलाल श्रेष्ठले विद्यालयमा गठित सवै क्लवहरु सक्रिय रहेको र ‘शिक्षामा सिप’ कार्यक्रम अन्तर्गत सौन्दर्य कला र कपाल शैली (हेयर स्टाइल) सम्बन्धी तालिममा शितला मा.वि. छात्रछात्रा दुवै सहभागी रहेको उल्लेख गरे ।
कोड क्लबका विद्यार्थीहरूले खेल मैदानमा फुटबल, बास्केटबल खेले जसरी रमाउँदै कप्युटरबाट नयाँ कार्यक्रम बनाउन सक्छन् । यसको आधार स्क्याच कोडिङ् हो । यसरी निर्माण गरिएका कार्यक्रमहरू १६० देशका विद्यार्थीको नेटवर्कमा पुग्छ । यही प्लेटफर्मबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धा समेत गर्न सकिन्छ ।
चौध वटा विद्यालयबाट सुरु गर्न लागिएको यो कोड क्लब महानगरको सबै सार्वजनिक विद्यालयमा स्थापना गर्ने तयारी रहेको छ । उक्त क्लब मार्फत विद्यार्थीहरूले कोडिङ, एनिमेसन, सिम्पल प्रोग्रमिङहरुका साथै वेबसाईट तथा विभिन्न एप्लिकेशन बनाउने क्रियाकलापहरू सिक्नेछन् ।
सगुन ढुंगानाको भनाई अनुसार कक्षा ४ देखि कक्षा ९ सम्मका विद्यार्थीलाई लक्षित उमेर समूहमा राखेर कोडिङसम्बन्धी कार्यक्रम सञ्चालन गरिएको यस कार्यक्रमले विद्यार्थीको सिप , विद्यार्थीहरूको शैक्षिक तथा शोच विकास र आलोचनात्मक बिचारको विकासमा सहायता पुग्ने विश्वास रहेको छ ।
शितला मा.वि. र महानगरको सहकार्यमा सो विद्यालयको आफ्नै वेबसाइट निर्माण सम्पन्न भई कन्टेन्ट म्यानेजमेन्टको कार्य भइरहेको छ। जसले गर्दा सामुदायिक विद्यालयहरूको आफ्नो पहिचान अब विश्व सामु पुग्न मद्दत पुग्ने छ ।

का.म.न.पा. शिक्षा विज्ञ रेसु अर्यालले शिक्षकहरूको डिजिटल लिट्रेसी सिपमा स्तर उन्नति गर्ने उद्देश्य सहित, सबै सामुदायिक विद्यालयलाई गुगल वर्कसप फर एजुकेशन प्रयोगमा ल्याउने काम सुरु गरिएको बताइन् ।
परिवर्तन सम्भव छ, अनि यसका लागि हामी आफै अपनत्व लिने र वाधा छिचल्दै अगाडि वढ्नुको विकल्प नरहेको शिक्षा अधिकारी सिताराम कोइरालाले बताए । साथै उनले राम्रो काम र राम्रो अनुकरणीय योजना ल्याएमा शितला मा.वि.लाई सदैव साथ दिने पनि बताए ।
महानगरपालिका उपमेयर सुनिता डंगोलले शितला मा.वि.ले पछिल्लो समयमा गरको प्रगतिबाट आफु खुसी रहेको र विद्यालयको लागि हरेक प्रकारको सहयोगगर्न तत्पर रहेको बताइन् । उनले शिक्षा र स्वास्थ्यको आमूल परिवर्तनमा महानगरपालिका महत्वाकाक्र्षी कार्यक्रमका साथ लागि परेको हुनाले सवैको साथ र सहयोगका खाँचो रहको बताइन् ।
ताजा अपडेट
- कक्षा ११ को पढाइ असार १ गतेदेखि सुरु गर्न निर्देशन
- सेन्ट लरेन्सको ३० वर्षे विरासत : सिर्जनशील शिक्षादेखि नेतृत्व विकाससम्म
- विनायक सिद्ध कलेज: जहाँ ब्राण्ड होइन, भविष्य रोजिन्छ
- शैक्षिक परामर्श क्षेत्रमाथि ‘ब्ल्याङ्केट क्रिमिनलाइजेसन’ नगर्न इक्यानको चेतावनी
- ललितपुरको दोस्रो उत्कृष्ट कलेजका रूपमा स्थापित पिनाकल एकेडेमी
- नेपालकै तेस्रो स्थानमा काठमाडौं मोडल: किन बनिरहेको छ विद्यार्थीको पहिलो रोजाइ ?
- त्रिविको शिक्षाध्यक्षमा खनाल र रजिस्ट्रारमा चालिसे नियुक्त
- एसइइमा ४ जीपीए ल्याउने ७५ जनालाई गोकर्णेश्वर नगरपालिकाले कक्षा ११ र १२ नि:शुल्क पढाउने
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय









तपाईको प्रतिक्रिया