समाचार
राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड

काठमाडौं-राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाफल प्रकाशित गरेको छ । शुक्रबार साँझ अबेर बोर्डले एसईईको परीक्षाफल प्रकाशित गरेको हो ।
जसमा ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । ३८.१९ प्रतिशत विद्यार्थी भने नन ग्रेडेड भएको बोर्डले जनाएको छ । २ लाख ७१ हजार २९९ विद्यार्थी ग्रेडेड हुँदा १ लाख ६७ हजार ५९७ विद्यार्थी नन ग्रेडेड भएका छन् ।
परीक्षाफलअनुसार ४८ हजार १७७ जना परीक्षार्थीले ३.६ देखि ४ जीपीए ल्याएका छन् । ८१ हजार ३८५ जना परीक्षार्थीले ३.२ देखि ३.६ जीपीए ८९ हजार १२४ जना परीक्षार्थीले २.८ देखि ३.२ जीपीए ल्याएका छन् ।
यस्तै, ४८ हजार ४७९ जना परीक्षार्थीले २.४ देखि २.८ जिपिए, ४ हजार १२६ जना विद्यार्थीले २ देखि २.४ जीपीए पाएका छन् भने ८ जना परीक्षार्थीले १.६० देखि २ जीपीएसम्म ल्याएका छन् । त्यस्तै, १२६ जनाको परीक्षा रद्ध गरिएको छ ।
यसवर्षको एसइईमा ५ लाख १४ हजार ७१ परीक्षार्थी सामेल थिए । गत वर्षको तुलनामा यस वर्षको परीक्षामा ४९ हजार २८६ जना बढी परीक्षार्थी सहभागी भएका हुन् । गतवर्षको एसइईमा चार लाख ६४ हजार ७८५ परीक्षार्थी सहभागी थिए ।
ताजा अपडेट
- करारका शिक्षक कटौती नहुने
- ६५२ उत्तररपुस्तिका जेनजी आन्दोलनमा नष्ट भएपछि पुनः परीक्षा गर्ने त्रिविको निर्णय
- सीटीईभीटीका १४ हजारभन्दा बढी उत्तरपुस्तिका जले, पुनः परीक्षा मंसिर ४ देखि
- एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक
- शिक्षामन्त्री पुनको निर्देशनः ३ महिनामै नतिजा, हरेक स्कुलमा कम्प्युटर शिक्षक, त्रिविकाे सफाइ
- नवनियुक्त शिक्षामन्त्री मन्त्रालयमै सुत्ने, सेक्युरिटी पनि नलिने
- कक्षा १२ को मौका परीक्षा आज र भोलि
- शिक्षामन्त्रीमा महावीर पुन
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
तपाईको प्रतिक्रिया