सेन्ट लरेन्सः २६ वर्षदेखि उत्कृष्ट लयमा रहेको मावि

शिक्षामा उत्कृष्ट संस्था बनाउने हुटहुटी भएका युवा केशव दंगाल र उनका साथीहरु मिलेर वि.सं. २०६३ सालबाट सेन्ट लरेन्स कलेजको व्यवस्थापन लिएका हुन् । २६ वर्षदेखि शैक्षिक उन्नयमा क्रियाशील रहेको सेन्ट लरेन्सको अध्यक्षमा दंगाल, प्रबन्ध निर्देशकमा ताराप्रसाद सुवेदी, प्रिन्सिपल पुरुषोत्तम महर्जन, फाइनान्स र अप्रेशन निर्देशकमा अजय खनाल, स्नातक कार्यक्रमको निर्देशकमा विष्णुहरि न्यौपाने छन् । पाँच जना साथीहरुको यो व्यवस्थापन टिम अहिले अधवैंशे उमेरमा छ । यही टिम गज्जबको कम्बिनेसनले सेन्ट लरेन्स ‘सेन्टर फर एक्सीलेन्स’का रुपमा युवालयमा छ र प्रगतिको उकालोमा दौडिरहेको छ ।
निरन्तर अब्बल नतिजा । कर्पोरेट सेक्टर र उद्यममा ‘सेन्ट लरेन्सीयन’हरुको जबरजस्त उपस्थिती । विश्वका प्रतिष्ठित विश्वविद्यालय र नेपालकै प्रतिष्ठित संस्थानहरुमा छात्रवृत्तिमा पकड । चिकित्सा शिक्षा आयोग र इन्जिनियरिङ अध्ययन संस्थानका प्रवेश परीक्षाहरुमा उत्कृष्ट नतिजा । सेन्ट लरेन्सको प्रगतिका काफी प्रमाण हुन् ।
राष्ट्रिय परीक्षा वोर्डको गत वर्षको कक्षा १२ को नतिजामा पनि सेन्ट लरेन्सको पास प्रतिशत उच्च छ । हुनत सेन्ट लरेन्सको सधैंको बाटो यही हो —अब्ब्ल नतिजाको बाटो । त्यसका पछाडिका केही प्रमुख कारणहरु छन् । अध्यक्ष दंगालकाअनुसार पढाइलाई घोकेन्तेभन्दा यसका वृहत्तर पक्षमा ध्यान दिनाले यो सफलता प्राप्त भएको हो । कडा अनुशासन, उत्कृष्ट शैक्षिक वातावरण, प्रविधिमैत्री शिक्षा र योग्य फ्याकल्टीहरुको संयोजनले नै सेन्ट लरेन्सको नतिजा सधैं उत्कृष्ट हुने गर्छ ।
यसबाहेक परिवारिक वातावरण, सिकाइमा बढी जोडजस्ता कारण सेन्ट लरेन्स विद्यार्थीहरुको आकर्षणको केन्द्र बन्ने गर्छ । कक्षा ११ र १२ मा कलेजले विज्ञान, व्यवस्थापन, मानविकी र कानुन विषय अध्यापन गराउँदै आएको छ । विद्यार्थीको सफलतामा सधैं प्रतिवद्ध सेन्ट लरेन्सको मूल नारा नै हो— ‘तपाईंको सफलतामा हाम्रो प्रतिवद्धता’ । सेन्ट लरेन्सले उत्पादन गरेका सयौं विद्यार्थीले चिकित्सा, इन्जिनियरिङ, बैकिङ, चार्टर एकाउण्टिङ, कानुनका क्षेत्रमा अब्बल प्रमाणित गरिरहेका छन् ।
यसबाहेक विश्वका प्रतिष्ठित विश्वविद्यालयहरुमा अनुसन्धानका साथै स्वदेशमा उद्यममा पनि उत्तिकै क्रियाशील रहेको दंगाल बताउँछन् । ‘हाम्रो उत्पादनहरु विश्वका प्रतिष्ठित विश्वविद्यालय अनुसन्धान गरिरहेका छन्,’ उनी भन्छन्, ‘स्वदेशमा पनि कोही आफ्नै उद्यम हाँकिरहेका छन् भने कोही विभिन्न संघसंस्थामा कार्यकारी भूमिका पनि छन् ।’ उनी सेन्ट लरेन्स विद्यार्थीको पढाइसँगै उसको करिअर निर्माणका लागि तयार पार्ने बताउँछन् । ‘त्यही कारण हामीले करिअर काउन्सिलिङलाई पनि अध्यापनको एक पाटोका रुपमा अगाडि बढाउँदछौं,’ उनी थप्छन् ।
पढाइ, करिअर र उत्कृष्टतासँगै कलेजले विद्यार्थीको सर्वाङ्गीण विकासमा पनि जोड दिँदैं आएको छ । त्यसका लागि कलेजमा विभिन्न क्लब तथा अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई सक्रिय बनाइन्छ । सेन्ट लरेन्समा स्पोर्टस् क्लव, साइन्स एण्ड आइटी क्लव, कल्चरल क्लव, वातावरणीय क्लव, सोसियल क्लव, ग्रीन आर्मीलगायतका क्लवमार्फत विद्यार्थीहरु सामाजिक र शारीरिक कामहरुहरुमा रुचिअनुसार सक्रिय हुन सक्छन् । यसले नेतृत्व विकास, शारीरिक तन्दुरुस्ती, मानसिक अब्बलतासँगै सामाजिक उत्तरदायित्व बहनलाई पनि विद्यार्थीको गुणका रुपमा विकास गर्न सकिने व्यवस्थापनको ठम्याइ छ ।
सेन्ट लरेन्सको आकार पनि फैलिदो छ । प्रबन्ध निर्देशक सुवेदीकाअनुसार अहिले सेन्ट लरेन्सले स्कुल र त्रिविका उच्च शिक्षाका कार्यक्रमहरु पनि संचालन गरिरहेको छ । ‘हामीले उत्कृष्ट स्कुल र त्रिविका कार्यक्रमहरुमा पनि उत्कृष्टता हासिल गरिरहेका छौं,’ सुवेदी भन्छन्, ‘अब सेन्टर लरेन्स स्कुलदेखि उच्च शिक्षासम्मको हब बनेको छ ।’
जेहेन्दारलाई छात्रवृत्तिको अवसर
जब २६ वर्ष लामो यात्रालाई केशव नियाल्छन्, उनलाई केही सन्तुष्टि र केही रोमाञ्चकता अनुभव हुन्छ । लाग्छ, ‘ओहो केही गर्न सकियो, अझ धेरै गर्न बाँकी नै छ ।’ शिक्षाको उज्यालोबाट कोही पनि वन्चित नहुन भन्नेमा सेन्ट लरेन्स व्यवस्थापन चनाखो रहन्छ । त्यही भएर सेन्ट लरेन्समा पढ्नका लागि अब्बल विद्यार्थीहरुले चिन्ता बोकिरहनु पर्दैन्, व्यवस्थापन टिमको हमेसा आर्शिवाद रहन्छ ।
सेन्ट लरेन्सले विभिन्न विधामा विद्याहरुलाई छात्रवृत्ति प्रदान गर्ने गर्छ । एसईईमा ल्याएको उत्कृष्ट अंक, इन्ट्रान्सको पफर्मेन्स, कलेजका आन्तरिक परीक्षा टपका साथै बोर्ड परीक्षामा पनि उत्कृष्ट रिजल्ट दिनेहरुलाई छात्रवृत्तिका अवसरहरु कलेजमा उपलब्ध छन् । सामुदायिक तथा सरकारी विद्यालयबाट आउने विद्यार्थीहरुका लागि छात्रवृत्ति कोटा कलेजले छुटाएको छ ।
आर्थिक रुपमा विपन्न, न्यून तथा मध्यम वर्गीय परिवारबाट आएका विद्यार्थी, पिछडिएका क्षेत्र र वर्ग विद्यार्थीलाई पनि सेन्ट लरेन्सले छात्रवृत्ति उपलब्ध गराउँदैं आएको छ । यसबाहेक अतिरिक्त क्रियाकलापमा राम्रो गर्नेहरु पनि सेन्ट लरेन्स छात्रवृत्तिमा हकदार हुन्छन् ।
प्रयोगात्मक शिक्षामा जोड
कलेजले सैद्धान्तिकका साथै प्रयोगात्मक शिक्षामासमेत जोड दिँदै आएको कलेजका प्रिन्सिपल पुरुषोत्तम महर्जन बताउँछन् । ‘किताबी ज्ञानले मात्र अब विद्यार्थीको भविष्य राम्रो बन्दैन भन्ने हामीले राम्रोसँग बुझेका छौं,’ महर्जन भन्छन्, ‘त्यसैलाई मध्यनजर गर्दै हामीले विषयगत भ्रमण तथा तालिमहरु सञ्चालन गरिरहेका हुन्छौँ ।’
जसमा व्यवस्थापन संकायका विद्यार्थीले अकाउन्टिङ सफ्टवेयरका तालिम लिने अवसर पाउँछन् । त्यस्तै, ट्राभल एण्ड टुरिज्मका विद्यार्थीले टिकेटिङको तालिम, होटल म्यानेजमेन्टका विद्यार्थीले होटलमा तालिम र होटल भिजिटिङलगायतका कार्य गराइन्छ ।
विज्ञानका विद्यार्थीहरुको नियमित प्रयोगात्मक कक्षाबाहेक विभिन्न फिल्ड भिजिट, इन्डष्ट्रीयल भिजिट, बोटानिकल गार्डेन भिजिटका लागि लगिन्छ । त्यसैगरी, मानविकी र कानूनका विद्यार्थीहरुका विषयअनुसारका तालिम तथा भ्रमण गराइने महर्जनले जानकारी दिए ।
ताजा अपडेट
- इतिहास रच्दै रिलायन्स कलेजले जित्यो राष्ट्रव्यापी वक्तृत्वकलामा प्रथम, द्वितिय र तृतिय पुरस्कार
- निमावि तह शिक्षक लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?
- त्रिविको ४९ औँ दीक्षान्त समारोह : कहाँ र कहिले ?
- किन अझै रिहा भएनन् विपिन जोशी ?
- जब विव्यस अध्यक्ष आफैं कक्षाकोठामा गएर पढाउन थाले
- नेपालमा ४ हजार २२५ शिक्षक पद रिक्त रहेको विवरण सार्वजनिक
- स्नातकोत्तर शिक्षाशास्त्र संकायका लागि त्रिविले खुलायो भर्ना
- इजरायलबाट बेपत्ता भएका विपिन जोशी गाजा क्षेत्रमा सकुशल रहेको पुष्टि
धेरैले पढेको
- नेपालका २० अब्बल माविहरू
- त्रिविद्धारा स्नातक तह दोस्रो वर्षको रिजल्ट प्रकाशित
- त्रिविको लापरवाही : परीक्षा त्रिविको प्रश्नपत्र दिल्लीको !
- त्रिविले दीक्षान्त समारोह गर्दै, अनलाइनबाटै आवेदन दिन मिल्ने
- सार्वजनिक बिदाको दिन पठनपाठन गर्ने विद्यालयलाई महानगरले कारवाही गर्ने
- पिसिएल नर्सिङ, एचए र डिप्लोमा इन फार्मेसीको शुल्क वृद्धि रद्ध
- बालेनले सुधारे काठमाडौं महानगरभित्रका सामुदायिक विद्यालयमा एसईईको नतिजा
- सीटीइभीटीअन्तर्गतका प्राविधिक विषय : कुन विषयमा के छ सम्भावना, कति लाग्छ खर्च ?
तपाईको प्रतिक्रिया