शिक्षकले विद्यार्थी कुटेकाे भन्दै अभिभावक बेल्चा लिएर कक्षामा पसेपछि…
एजेन्सी । उत्तर प्रदेशको संगम सहर प्रयागराजमा एक विद्यालय शिक्षकलाई कुटपिट गरेको सनसनीपूर्ण घटना सार्वजनिक भएको छ । कक्षामा हल्ला गरिरहेको विद्यार्थीलाई कुटपिट गरेपछि आक्रोशित एक अभिभावक कक्षाभित्र पसेर शिक्षकलाई बेल्चाले हानेर घाइते बनाएका छन् ।
उक्त घटना कक्षामा जडान गरिएको सिसिटिभी क्यामेरामा कैद भएको थियो । जुन भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
घटना कर्छाना क्षेत्रको भुन्डाचौकीको जीएस एकेडेमी स्कुलमा भएको हो । शिक्षक अर्पित तिवारीले कक्षामा बालबालिकालाई पढाइरहेका थिए । यस क्रममा केही बालबालिका लगातार आवाज निकालिरहेका थिए । पटक–पटक विद्यार्थीलाई हल्ला नगर्न अनुरोध गर्दा नमानेपछि उनले विद्यार्थीलाई लठ्ठीले कुटेका थिए ।
कक्षा भित्र पसेर शिक्षकलाई कुटपिट
त्यसपछि विद्यार्थी घर पुगेपछि अभिभावकलाई बताए । त्यसबाट रिसाएर उनका भाइ अनिकेत सिंह उर्फ गुडलक बेल्चा लिएर विद्यालय पुगेका थिए । कक्षा भित्र पसेर शिक्षक अर्पितलाई बेल्चाले हिर्काउन थाले । केही शिक्षकहरूले रोक्ने प्रयास गर्दा पनि उनले शिक्षकमाथि हमला गरिरहे ।
झडपमा शिक्षक घाइते भएका छन् । त्यसपछि त्यहाँ उपस्थित शिक्षकहरूले घाइते शिक्षकलाई उपचारका लागि नजिकैको अस्पतालमा लगेका थिए । पीडित शिक्षकको उजुरीको आधारमा प्रहरीले एफआईआर दर्ता गरेको छ ।
ताजा अपडेट
- एन्थोनी लन्च मेमोरियल छात्रवृत्ति र साथी अलुम्नी छात्रवृत्ति कोषबाट चार जनालाई छात्रवृत्ति प्रदान
- ग्लोबल स्कुल अफ साइन्सका विद्यार्थीहरूद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख ३० हजार ९९५ रुपैयाँ सहयोग
- कुटपिटबाट शिक्षकको मृत्यु, ११ जना पक्राउ
- ग्लोबल कलेज ग्रुपद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख रुपैयाँ सहयोग
- वीर अस्पतालमा २५ वर्ष बिताएका न्यूरोसर्जन डा. राजिव झाको अनुभव
- कसरी जोगाए १६ सयभन्दा बढी विद्यार्थीको जीवन ? प्रधानाध्यापक दवाडीको विश्वभर चर्चा
- बाढीले खण्डहर बनाएको त्रिभुवन त्रिशूली माविको पुनःस्थापनाका लागि चौधरी फाउन्डेसनले सहयोग गर्ने
- भोटेकोशी बाढीपछि निलकण्ठ माध्यमिक विद्यालयका २ सय विद्यार्थी सम्पर्कविहीन
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया