Techie IT
  • बुधबार, असार २५, २०८२ / Wednesday, July 9, 2025
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

Kathmandu Bernhardt
गृहपृष्ठसमाचारशिक्षकले विद्यार्थी कुटेकाे भन्दै अभिभावक बेल्चा लिएर कक्षामा पसेपछि…

शिक्षकले विद्यार्थी कुटेकाे भन्दै अभिभावक बेल्चा लिएर कक्षामा पसेपछि…


एजेन्सी । उत्तर प्रदेशको संगम सहर प्रयागराजमा एक विद्यालय शिक्षकलाई कुटपिट गरेको सनसनीपूर्ण घटना सार्वजनिक भएको छ । कक्षामा हल्ला गरिरहेको विद्यार्थीलाई कुटपिट गरेपछि आक्रोशित एक अभिभावक कक्षाभित्र पसेर शिक्षकलाई बेल्चाले हानेर घाइते बनाएका छन् ।

उक्त घटना कक्षामा जडान गरिएको सिसिटिभी क्यामेरामा कैद भएको थियो । जुन भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
घटना कर्छाना क्षेत्रको भुन्डाचौकीको जीएस एकेडेमी स्कुलमा भएको हो । शिक्षक अर्पित तिवारीले कक्षामा बालबालिकालाई पढाइरहेका थिए । यस क्रममा केही बालबालिका लगातार आवाज निकालिरहेका थिए । पटक–पटक विद्यार्थीलाई हल्ला नगर्न अनुरोध गर्दा नमानेपछि उनले विद्यार्थीलाई लठ्ठीले कुटेका थिए ।

कक्षा भित्र पसेर शिक्षकलाई कुटपिट

त्यसपछि विद्यार्थी घर पुगेपछि अभिभावकलाई बताए । त्यसबाट रिसाएर उनका भाइ अनिकेत सिंह उर्फ गुडलक बेल्चा लिएर विद्यालय पुगेका थिए । कक्षा भित्र पसेर शिक्षक अर्पितलाई बेल्चाले हिर्काउन थाले । केही शिक्षकहरूले रोक्ने प्रयास गर्दा पनि उनले शिक्षकमाथि हमला गरिरहे ।

झडपमा शिक्षक घाइते भएका छन् । त्यसपछि त्यहाँ उपस्थित शिक्षकहरूले घाइते शिक्षकलाई उपचारका लागि नजिकैको अस्पतालमा लगेका थिए । पीडित शिक्षकको उजुरीको आधारमा प्रहरीले एफआईआर दर्ता गरेको छ ।



तपाईको प्रतिक्रिया

धेरैले पढेको