यी हुन् एसईईमा ४ जीपीए ल्याउने काठमाडौंका विद्यालय
काठमाडौं । काठमाडौं जिल्लाभरबाट ३२ जना विद्यार्थीले एसईई परीक्षामा ४ जीपीए ल्याएका छन् । काठमाडौंमा सामुदायिक, संस्थागत र वैकल्पिक गरी १ हजार २१ वटा विद्यालयमध्ये २४ वटा विद्यालयका ३२ जना विद्यार्थीले ४ जीपीए ल्याएका हुन् ।
काठमाडौंका १६४ सामुदायिक विद्यालय, ८२९ संस्थागत विद्यालय, खुला, बैकल्पिक तथा महिला विद्यालय २८ विद्यालयबाट ३६६९७ विद्यार्थी गत वर्षको एसईईमा सहभागि भएका थिए ।
जसमध्ये सामुदायिक विद्यालयबाट २ जना, संस्थागत विद्यालयबाट ३० जना गरी जम्म ३२ जना विद्यार्थीहरू ४ जिपिए ल्याउन सफल भएका हुन् ।
कुन विद्यालयबाट कति जना ?
काठमाडौं महानगरपालिका वडा नम्बर १३ स्थित ज्ञानोदय मावि बाफल, कोटेश्वरस्थित नवज्योति इङ्लिस सेकेण्डरी स्कुल, टोखाको फ्लोरेसेन्ट सेकेण्डरी स्कुल, मनमैजुको हिमरश्मी हाइस्कुल, चावहिलको रिभेरा इन्टरनेशनल स्कुल, कपनस्थित पुष्पलाल मेमोरियल सेकेण्डरी स्कुल, ऐराहिटीस्थित विभूती विद्यामन्दिर र लाजिम्पाटको मिल्सबेरी स्कुलबाट २/२ जना विद्यार्थीले ४ जीपिए ल्याएको बोर्डले जनाएको छ ।
त्यस्तै, जोरपाटीस्थित सेन्टिनियल बोर्डिङ स्कुल, अरुणिमा सेकेण्डरी स्कुल, कपनको रिलायन्स इन्टरनेशनल स्कुल, गोंगबुको नर्थ प्वाइन्ट एकेडेमीबाट १/१ जना विद्यार्थीले ४ जीपीए ल्याएका हुन् ।
त्यसैगरी, कीतिपुरस्थित राराहिल मेमोरियल स्कुल, बानेश्वरस्थित भ्याली भ्यू इङ्लिस स्कुल, मनमैजुको एन्जल्सहार्ट सेकेण्डरी स्कुल, बसुन्धरास्थित नेपाल मोडल स्कुल, शंखमुलस्थित केएमसी स्कुल, बालुवाटारस्थित ह्वीच किड्स इन्टरनेशनल स्कुल, बानेश्वरस्थित काब्या स्कुलबाट पनि १/१ जना विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् ।
त्यस्तै, कीर्तिपुरस्थित नेपाल एपीएफ स्कुल, गोकेर्णेश्वरस्थित लिबर्टी एकेडेमी, नक्सालस्थित मल्पी सिटी स्कुल, लाजिम्पाटपस्थित मिल्सबेरी स्कुलका १/१ जना विद्यार्थीले ४ जीपीए ल्याएका हुन् ।
ताजा अपडेट
- पाँचाैं रिलायन्स विज्ञान प्रदर्शनी सुरू
- विभिन्न माध्यममा फैलाइएको अफवाहबारे ब्रिटिस कलेजले सार्वजनिक गर्यो आफ्नो धारणा
- ‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न
- द ब्रिटिस कलेज : नेपालमै ‘बेलायती’ डिग्री दिइरहेको प्रतिष्ठित कलेज
- बोर्डका ४ जना सहसचिवको पदस्थापन, प्रशासन प्रमुखमा सत्याल, परीक्षा नियन्त्रकमा शर्मा
- एसईई परीक्षा चैत १९ देखि सुरु हुने (तालिकासहित)
- शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री महावीर पुनले दिए राजीनामा
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
धेरैले पढेको
- द ब्रिटिस कलेज : नेपालमै ‘बेलायती’ डिग्री दिइरहेको प्रतिष्ठित कलेज
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
- पाँचाैं रिलायन्स विज्ञान प्रदर्शनी सुरू
- एसईई परीक्षा चैत १९ देखि सुरु हुने (तालिकासहित)
- बोर्डका ४ जना सहसचिवको पदस्थापन, प्रशासन प्रमुखमा सत्याल, परीक्षा नियन्त्रकमा शर्मा
- द ब्रिटिश कलेजमा आन्दोलनको नाममा ठूलो रकम मागेको आरोपमा विवेक ढकाल पक्राउ
- शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री महावीर पुनले दिए राजीनामा
- विभिन्न माध्यममा फैलाइएको अफवाहबारे ब्रिटिस कलेजले सार्वजनिक गर्यो आफ्नो धारणा

तपाईको प्रतिक्रिया