एसईई नतिजामा पहिलो बनेको रिलायन्स इन्टरनेशनल एकेडेमी बागमती सरकारबाट पुरस्कृत

काठमाडौं । बागमती प्रदेशमा संस्थागत विद्यालयतर्फबाट माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजामा पहिलो बनेको रिलायन्स इन्टरनेशनल एकेडेमी बागमती प्रदेश सरकारबाट सम्मानित भएको छ । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले राष्ट्रिय शिक्षा दिवसको अवसरमा एकेडेमीलाई पुरस्कृत गरेको हो ।
गत वर्ष रिलायन्सबाट १ सय १६ जना विद्यार्थीले एसईई दिएका थिए । जसमा ३.७६३४ औसत जीपिए प्राप्त गर्दै रिलायन्स बागमती प्रदेशभरमै प्रथम बनेको हो । मन्त्रालयले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) मा कम्तिमा ३५ जना परीक्षार्थी सहभागि गराएको हुनुपर्ने प्रमुख मापदण्ड बनाएर नतिजा निकालेको थियो । त्यस्तै, विद्यालयले प्राप्त गरेको औसत जीपीएलाई सुत्रबाट गणना गरी नतिजा निकालेको मन्त्रालयले जनाएको छ ।
बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० स्थित कपनमा रहेको एकेडेमीले एसएलसीदेखि एसईईसम्म आइपुग्दा उत्कृष्ट नतिजा हात पार्दै आएको छ । २०५० सालदेखि सञ्चालनमा रहेको उक्त एकेडेमीले २०७० सालको एसएलसी र २०७५ सालको एसईई परीक्षामा समेत उत्कृष्ट नतिजा हासिल गरेको थियो ।
आधुनिक शिक्षण सिकाई, अनुभवी शिक्षक शिक्षिक, कुशल व्यवस्थापक, अनुशासित शैक्षिक वातावरण, आकर्षक भौतिक पूर्वाधार जस्ता कुराले वर्षेनी रिलायन्स एकेडेमीले उत्कृष्ट नतिजा हात पार्ने गरेको रिलायन्स एजुकेशन नेटवर्कका अध्यक्ष रवीन्द्रजंग थापा बताउँछन् । ‘हामीले यो जुन सफलता पाएका छौँ त्यसको श्रेयको भागिदार शिक्षक, विद्यार्थी, कर्मचारी, अभिभावक सबै हुनुहुन्छ,’ उनले भने, ‘यो अवसरमा हाम्रो विद्यालय परिवार, शिक्षक, विद्यार्थी, अभिभावक तथा शुभचिन्तकहरुमा हार्दिक बधाई ज्ञापन गर्दछौँ ।’
संस्थागत विद्यालयअन्तर्गत दोस्रो स्थानमा बालुवाटारस्थित विज् किड्स इन्टरनेशनल स्कुल र तेस्रो स्थानमा गोंगबुस्थित फ्लुरेसेन्ट सेकेण्डरी स्कुल रहेका छन् । त्यस्तै, सार्वजनिक विद्यालयअन्तर्गत भने भक्तपुर तेखापुखुस्थित मेघा माध्यमिक विद्यालय पुरस्कृत भएको छ ।
ताजा अपडेट
- रिलायन्स पब्लिक स्कुलद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान
- त्रिविको उपकुलपतिमा प्रा.डा. दीपक अर्याल
- काठमाडौं महानगरले कक्षा ११ र १२ को छात्रवृत्तिका लागि आवेदन खुलायो, क–कसले दिन पाउँछन् आवेदन ?
- मनास्लु वर्ल्ड नेपालकै २० औं उत्कृष्ट कलेज
- सुभ स्कुलका रुपेश खत्रीले ल्याए एसईईमा ४ जीपीए
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- एसईईको मौका परीक्षा साउन २९ गतेदेखि
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
- आज साँझसम्म एसईईको नतिजा प्रकाशित गर्ने बोर्डको निर्णय
तपाईको प्रतिक्रिया