विद्यालय शिक्षा विधेयकको विरोधमा उत्रिए शिक्षकहरू, माइतीघरमा प्रदर्शन
काठमाडौं । विद्यालय शिक्षा सम्बन्धि विधेयकका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरु आन्दोलित भएका छन् । सरकारले केही दिन अघि ल्याएको विधेयकका प्रावधानको विरोध गर्दै नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षकहरु आन्दोलित भएका हुन् ।
आन्दोलनरत शिक्षकहरुले ‘विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर’, ‘शिक्षामा कूल बजेटको २० प्रतिशत लगानी गर’ लगायतका नारा लगाउँदै विरोध गरिरहेका छन् ।
विगतको सहमति अनुसार विधेयक नआएको भन्दै महासंघले विधेयकका दफा ७१ देखि ८८ सम्म राखिएका विभिन्न प्रावधानमा संशोधन गर्नुपर्ने माग गरेको छ ।
संसदमा दर्ता भएको विधेयक अनुसार शिक्षकले प्रधानाध्यापक र व्यवस्थापन समितिले दिएको जिम्मेवारीलाई इमान्दारीपूर्वक पूरा गर्नुपर्ने व्यवस्था संशोधन गर्नुपर्ने माग महासंघले गरेको छ ।
दान, उपहार, चन्दा प्राप्त गर्न र सहयोग लिन नहुने, कम्पनी स्थापना, सञ्चालन वा व्यापार व्यवसाय गर्न नहुने, अन्यत्र नोकरी गर्न वा सेवा गर्न नहुने, प्रदर्शन र हड्ताल गर्न नहुने लगायतका प्रावधानहरुमा पनि शिक्षक महासंघको असन्तुष्टि छ ।
त्यस्तै, सम्पत्ति विवरण पेस गर्नुपर्ने, जिम्मेवारीपूर्वक अध्यापन कार्य नगरेमा वा कुनै पनि खालका नियम तथा आचारसंहिता भंग गरेमा शिक्षकलाई बढीमा पाँच वर्ष तलब वृद्धि रोक्का गर्ने वा पाँच वर्षसम्म बढुवा रोक्का हुने, स्थानीय तहले शिक्षकहरुलाई बर्खास्त गर्नसक्ने व्यवस्थामा पनि महासंघले संशोधनको माग गरेको छ ।
विद्यालय नै बन्द गरेर आन्दोलित भएका शिक्षकलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार वार्ताका लागि बोलाएको थियो । यद्यपि, शिक्षकहरु वार्तामा भने बसेका छैनन् ।
विगतका सहमतिअनुसार विद्यालय शिक्षा विधेयक नआएकाले दबाबमूलक आन्दोलन थालिएको शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले बताइन् । ‘हिजो हामीसँग भएको सहमतिअनुसार विधेयक नआएसम्म हामी आन्दोलन जारी राख्छौँ,’ उनले भनिन्, ‘यसअघि २०७५ सालमा ३० बुँदे र २०७८ सालमा भएको ५१ बुँदे सहमतिको पूर्ण कार्यान्वयन भएपछिमात्र हामी आन्दोलन स्थगित गर्छौँ ।’
ताजा अपडेट
- खुला विश्वविद्यालयको कुलपति र कुलसचिवका लागि निवेदन माग
- Exam Hall मा जाने बेलामा के गर्ने?
- पढ्ने बेला विद्यार्थीले गर्ने ७ गल्ती
- Exam नजिकिँदा कसरी पढ्ने ?
- ब्रिटिस कलेजका सिईओ भन्छन्, ‘केहीले सामाजिक सञ्जालबाट बेइज्जत गरिदिन्छौं भन्दै बार्गेनिङ गरिरहेका छन्’ (भिडियोसहित)
- हिसानको अध्यक्षमा शर्मा, महासचिवमा सिलवाल निर्वाचित
- हिसानको अध्यक्षसहित पदाधिकारीको लागि मतदान जारी, केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित
- राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्माको कार्यकाल पूरा, नयाँ अध्यक्षका लागि दरखास्त आह्वान








तपाईको प्रतिक्रिया