विद्यालय शिक्षा विधेयकको विरोधमा उत्रिए शिक्षकहरू, माइतीघरमा प्रदर्शन
काठमाडौं । विद्यालय शिक्षा सम्बन्धि विधेयकका केही प्रावधानप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरु आन्दोलित भएका छन् । सरकारले केही दिन अघि ल्याएको विधेयकका प्रावधानको विरोध गर्दै नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षकहरु आन्दोलित भएका हुन् ।
आन्दोलनरत शिक्षकहरुले ‘विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर’, ‘शिक्षामा कूल बजेटको २० प्रतिशत लगानी गर’ लगायतका नारा लगाउँदै विरोध गरिरहेका छन् ।
विगतको सहमति अनुसार विधेयक नआएको भन्दै महासंघले विधेयकका दफा ७१ देखि ८८ सम्म राखिएका विभिन्न प्रावधानमा संशोधन गर्नुपर्ने माग गरेको छ ।
संसदमा दर्ता भएको विधेयक अनुसार शिक्षकले प्रधानाध्यापक र व्यवस्थापन समितिले दिएको जिम्मेवारीलाई इमान्दारीपूर्वक पूरा गर्नुपर्ने व्यवस्था संशोधन गर्नुपर्ने माग महासंघले गरेको छ ।
दान, उपहार, चन्दा प्राप्त गर्न र सहयोग लिन नहुने, कम्पनी स्थापना, सञ्चालन वा व्यापार व्यवसाय गर्न नहुने, अन्यत्र नोकरी गर्न वा सेवा गर्न नहुने, प्रदर्शन र हड्ताल गर्न नहुने लगायतका प्रावधानहरुमा पनि शिक्षक महासंघको असन्तुष्टि छ ।
त्यस्तै, सम्पत्ति विवरण पेस गर्नुपर्ने, जिम्मेवारीपूर्वक अध्यापन कार्य नगरेमा वा कुनै पनि खालका नियम तथा आचारसंहिता भंग गरेमा शिक्षकलाई बढीमा पाँच वर्ष तलब वृद्धि रोक्का गर्ने वा पाँच वर्षसम्म बढुवा रोक्का हुने, स्थानीय तहले शिक्षकहरुलाई बर्खास्त गर्नसक्ने व्यवस्थामा पनि महासंघले संशोधनको माग गरेको छ ।
विद्यालय नै बन्द गरेर आन्दोलित भएका शिक्षकलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार वार्ताका लागि बोलाएको थियो । यद्यपि, शिक्षकहरु वार्तामा भने बसेका छैनन् ।
विगतका सहमतिअनुसार विद्यालय शिक्षा विधेयक नआएकाले दबाबमूलक आन्दोलन थालिएको शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले बताइन् । ‘हिजो हामीसँग भएको सहमतिअनुसार विधेयक नआएसम्म हामी आन्दोलन जारी राख्छौँ,’ उनले भनिन्, ‘यसअघि २०७५ सालमा ३० बुँदे र २०७८ सालमा भएको ५१ बुँदे सहमतिको पूर्ण कार्यान्वयन भएपछिमात्र हामी आन्दोलन स्थगित गर्छौँ ।’
ताजा अपडेट
- मधेशका ११ वटा परीक्षा केन्द्रमा एमबीएसको परीक्षा स्थगित
- डा. गोविन्द केसीले तोडे अनसन
- एमबीएस प्रश्नपत्र काण्ड : परीक्षा सुरु भएको मिनेटमै प्रश्न बाहिरियो, सिआइबीले गर्यो पक्राउ
- अष्ट्रेलियाको वेस्टर्न सिड्नी विश्वविद्यालयकी स्नातकोत्तर प्रतिमा खड्का मिस नेपाल २०२६ को प्रतिस्पर्धामा
- डा. गोविन्द केसीसँग वार्ताका लागि शिक्षा मन्त्रालयका सचिव धनगढी पुगे
- जनदबाबपछि सरकार ब्याकः निजी स्वास्थ्य र शिक्षाबाट ३ प्रतिशत समता कर हट्यो
- यति कलेजको होटल एन्ड माइस म्यानेजमेन्ट कार्यक्रमको पहिलो दीक्षान्त समारोह सम्पन्न
- निजी शिक्षा र स्वास्थ्यमा ३% समता कर लागू नहुने, चौतर्फी विरोधपछि पछि हट्यो सरकार!
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया