काठमाडौं महानगरले सार्वजनिक गर्यो छात्रवृत्तिको नतिजा, यसरी हेर्नुहोस् नतिजा
काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा भर्ना हुने विद्यार्थीका लागि प्रदान गर्ने छात्रवृत्तिको नतिजा सार्वजनिक गरेको छ । महानगरले कक्षा ११ का लागि प्रदान गर्ने छात्रवृत्तिका लागि साउन २० गते लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
महानगरको शिक्षा विभागले लिएको प्रवेश परीक्षामा ५ हजार १७२ विद्यार्थी सहभागि थिए । आवेदकमध्ये ३ हजार ४ सय छात्र र १ हजार ७७२ जना छात्रा गरी ५ हजार १७२ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।
आवेदकमध्ये ४ हजार १५५ जना विज्ञान विषयका थिए । जसमा ३ हजार ७१३ जनाले परीक्षा दिएका ह’न् । १ हजार ४८४ जना व्यवस्थापन विषय आवेदकमध्ये १ हजार १८० जनाले परीक्षा दिएका थिए ।
छात्रवृत्ति वितरण गर्दा सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई ४० प्रतिशत, संस्थागत विद्यालयबाट छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीलाई ५ प्रतिशत, काठमाडौँ महानगरपालिका भित्र स्थायी बसोबास भएका सबै विद्यार्थीका लागि ९ प्रतिशत, ल्याण्डफिल्ड साइड प्रभावित क्षेत्रमा बसोबास भई सोही क्षेत्रको विद्यालयमा अध्ययन गरेका विद्यार्थीका लागि १ प्रतिशतका आधारमा प्रदान गरिएको महानगरले जनाएको छ ।
त्यस्तै, बाँकी रहेको ४५ प्रतिशत सिटलाई शतप्रतिशत मानी सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीको हकमा लागू हुने गरी छात्रालाई ३३ प्रतिशत, आदिबासी र जनजातिलाई १५ प्रतिशत, मधेसीलाई १२ प्रतिशत, खसआर्यलाई १७ प्रतिशत आरक्षण छात्रवृत्ति सिट उपलब्ध गराइएको छ ।
त्यस्तै, दलितलाई ९ प्रतिशत, मुस्लिमलाई २ प्रतिशत, थारुलाई ४ प्रतिशत, अपाङ्गता भएको व्यक्तिलाई २ प्रतिशत, पिछडिएको क्षेत्रका व्यक्तिलाई ४ प्रतिशत, सहिद र वेपत्ता पारिएका नागरिकका परिवार र द्वन्द्व पीडित नागरिकका परिवारलाई २ प्रतिशत छात्रवृत्ति दिइएको छ ।
यसैगरी, पिछडिएको क्षेत्रका व्यक्तिका रुपमा अछाम, कालीकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला जिल्लामा स्थायी बसोबास गरिरहेका विद्यार्थीलाई मानिएको महानगरले जनाएको छ ।
महानगरले योग्यताक्रमको सूचिका आधारमा परीक्षार्थीलाई आफूले अध्ययन गर्न चाहेको शिक्षण संस्थाको प्राथमिकता निर्धारण गर्न साउन २७ गतेसम्मको समय दिएको थियो । सोही आधारमा शिक्षण संस्था सिफारिस गरिएको महानगरले जनाएको छ ।
प्रथम चरणको भर्ना सूचिमा नाम परेका विद्यार्थीले भदौ १ गते साँझ ५ बजेसम्म भर्ना गरिसक्नुपर्ने महानगरले जनाएको छ । त्यस्तै, महानगरले दोस्रो चरणको भर्ना सूचि भदौ ३ गते सार्वजनिक गर्ने तयारी गरेको छ । जसको भर्ना मिति भदौ ७ गतेसम्म रहेको छ ।
हेर्नुहाेस् नतिजा
ताजा अपडेट
- टाइमलाइन स्कुलको कक्षा १० मा अध्ययनरत विद्यार्थी मुमेन श्रेष्ठ सम्पर्कविहीन
- शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो वार्षिक कार्यतालिका, यस्तो छ परीक्षा र पदपूर्तिको समय
- शिक्षक सेवा आयोगको परीक्षा र नतिजा प्रणाली सुधारमा मन्त्री पोखरेलको जोड
- बदलिँदै पाठ्यक्रम: कस्ता–कस्ता सुझाव आए ?
- ग्रामीण विद्यार्थीको शिक्षामा सहयोग र बाढी प्रभावित समुदायका लागि ‘प्रेसिडेन्सियल रन फर कज’ सम्पन्न
- भोटेकोशी बाढीको असर : १८ विद्यालय क्षतिग्रस्त, झन्डै १० हजार विद्यार्थीको पढाइ प्रभावित
- अर्वाना स्कुल अफ साइन्सद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न
- शिक्षा सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल नियुक्त
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया