काठमाडौं महानगरले सार्वजनिक गर्यो छात्रवृत्तिको नतिजा, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा भर्ना हुने विद्यार्थीका लागि प्रदान गर्ने छात्रवृत्तिको नतिजा सार्वजनिक गरेको छ । महानगरले कक्षा ११ का लागि प्रदान गर्ने छात्रवृत्तिका लागि साउन २० गते लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
महानगरको शिक्षा विभागले लिएको प्रवेश परीक्षामा ५ हजार १७२ विद्यार्थी सहभागि थिए । आवेदकमध्ये ३ हजार ४ सय छात्र र १ हजार ७७२ जना छात्रा गरी ५ हजार १७२ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।
आवेदकमध्ये ४ हजार १५५ जना विज्ञान विषयका थिए । जसमा ३ हजार ७१३ जनाले परीक्षा दिएका ह’न् । १ हजार ४८४ जना व्यवस्थापन विषय आवेदकमध्ये १ हजार १८० जनाले परीक्षा दिएका थिए ।
छात्रवृत्ति वितरण गर्दा सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई ४० प्रतिशत, संस्थागत विद्यालयबाट छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीलाई ५ प्रतिशत, काठमाडौँ महानगरपालिका भित्र स्थायी बसोबास भएका सबै विद्यार्थीका लागि ९ प्रतिशत, ल्याण्डफिल्ड साइड प्रभावित क्षेत्रमा बसोबास भई सोही क्षेत्रको विद्यालयमा अध्ययन गरेका विद्यार्थीका लागि १ प्रतिशतका आधारमा प्रदान गरिएको महानगरले जनाएको छ ।
त्यस्तै, बाँकी रहेको ४५ प्रतिशत सिटलाई शतप्रतिशत मानी सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीको हकमा लागू हुने गरी छात्रालाई ३३ प्रतिशत, आदिबासी र जनजातिलाई १५ प्रतिशत, मधेसीलाई १२ प्रतिशत, खसआर्यलाई १७ प्रतिशत आरक्षण छात्रवृत्ति सिट उपलब्ध गराइएको छ ।
त्यस्तै, दलितलाई ९ प्रतिशत, मुस्लिमलाई २ प्रतिशत, थारुलाई ४ प्रतिशत, अपाङ्गता भएको व्यक्तिलाई २ प्रतिशत, पिछडिएको क्षेत्रका व्यक्तिलाई ४ प्रतिशत, सहिद र वेपत्ता पारिएका नागरिकका परिवार र द्वन्द्व पीडित नागरिकका परिवारलाई २ प्रतिशत छात्रवृत्ति दिइएको छ ।
यसैगरी, पिछडिएको क्षेत्रका व्यक्तिका रुपमा अछाम, कालीकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला जिल्लामा स्थायी बसोबास गरिरहेका विद्यार्थीलाई मानिएको महानगरले जनाएको छ ।
महानगरले योग्यताक्रमको सूचिका आधारमा परीक्षार्थीलाई आफूले अध्ययन गर्न चाहेको शिक्षण संस्थाको प्राथमिकता निर्धारण गर्न साउन २७ गतेसम्मको समय दिएको थियो । सोही आधारमा शिक्षण संस्था सिफारिस गरिएको महानगरले जनाएको छ ।
प्रथम चरणको भर्ना सूचिमा नाम परेका विद्यार्थीले भदौ १ गते साँझ ५ बजेसम्म भर्ना गरिसक्नुपर्ने महानगरले जनाएको छ । त्यस्तै, महानगरले दोस्रो चरणको भर्ना सूचि भदौ ३ गते सार्वजनिक गर्ने तयारी गरेको छ । जसको भर्ना मिति भदौ ७ गतेसम्म रहेको छ ।
हेर्नुहाेस् नतिजा
ताजा अपडेट
- इतिहास रच्दै रिलायन्स कलेजले जित्यो राष्ट्रव्यापी वक्तृत्वकलामा प्रथम, द्वितिय र तृतिय पुरस्कार
- निमावि तह शिक्षक लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?
- त्रिविको ४९ औँ दीक्षान्त समारोह : कहाँ र कहिले ?
- किन अझै रिहा भएनन् विपिन जोशी ?
- जब विव्यस अध्यक्ष आफैं कक्षाकोठामा गएर पढाउन थाले
- नेपालमा ४ हजार २२५ शिक्षक पद रिक्त रहेको विवरण सार्वजनिक
- स्नातकोत्तर शिक्षाशास्त्र संकायका लागि त्रिविले खुलायो भर्ना
- इजरायलबाट बेपत्ता भएका विपिन जोशी गाजा क्षेत्रमा सकुशल रहेको पुष्टि
धेरैले पढेको
- नेपालका २० अब्बल माविहरू
- त्रिविद्धारा स्नातक तह दोस्रो वर्षको रिजल्ट प्रकाशित
- त्रिविको लापरवाही : परीक्षा त्रिविको प्रश्नपत्र दिल्लीको !
- त्रिविले दीक्षान्त समारोह गर्दै, अनलाइनबाटै आवेदन दिन मिल्ने
- सार्वजनिक बिदाको दिन पठनपाठन गर्ने विद्यालयलाई महानगरले कारवाही गर्ने
- पिसिएल नर्सिङ, एचए र डिप्लोमा इन फार्मेसीको शुल्क वृद्धि रद्ध
- बालेनले सुधारे काठमाडौं महानगरभित्रका सामुदायिक विद्यालयमा एसईईको नतिजा
- सीटीइभीटीअन्तर्गतका प्राविधिक विषय : कुन विषयमा के छ सम्भावना, कति लाग्छ खर्च ?
तपाईको प्रतिक्रिया