छात्रवृत्ति पाउने विद्यार्थीको सूचीमा चित्त नबुझे निवेदन दिन महानगरकाे आग्रह

काठमाडौं महानगरपालिकाले कक्षा ११ को छात्रवृत्ति पाउने विद्यार्थीको अन्तिम सूचीमा चित्त नबुझे निवेदन दिन आह्वान गरेको छ । महानगरपालिकाले एक सूचना जारी गर्दै पहिलो भर्ना सूचीमा चित्त नबुझे निवेदन दिन आग्रह गरेको हो ।
पहिलो चरणमा सूचीमा नाम उल्लेख भएका विद्यार्थीले १ भदौभित्र तोकिएको विद्यालयमा गएर भर्ना भइसक्नु पर्नेछ भने ३ भदौमा दोस्रो चरणको नतिजा प्रकाशन गर्ने महानगर शिक्षा विभागको तयारी छ । त्यसअघि नै महानगरले निवेदन मागेको हो ।
महानगरको शिक्षा विभागले गरेको सिफारिसविरुद्ध चित्त नबुझेका विद्यार्थीले म्याचिङको नतिजामाथि कारबाहीको माग गर्दै निवेदन दिएको जनाएको छ । त्यस्ता निवेदनमाथि छानबिन भइरहेको जनाउँदै महानगरले अन्यलाई पनि मंगलबार साँझ ५ बजेसम्म निवेदन दिने समय दिएको हो ।
कक्षा ११ को छात्रवृत्तिका लागि २० साउनमा महानगरले लिएको परीक्षाको म्याचिङ नतिजा र प्रथम भर्नाको योग्यता क्रमको अन्तिम सूची सोमबार प्रकाशन गरेको छ । जसमा विज्ञान विषयमा १४ सय ५२ जना, व्यवस्थापन विषयमा ७ सय ४५ जना, कानुनमा ४३ जना, मानविकीमा ४ जना, शिक्षामा ५ जना, सिभिल इञ्जिनियरिङमा ४४ जना, कम्प्युटरमा १८ जना, इलेक्ट्रिकलमा ११ जना परीक्षार्थीले भर्ना गर्न पाउनेछन् ।
उक्त कोटामा सहभागी हुने विद्यार्थीलाई विभिन्न क्याटागोरीअन्तर्गत आरक्षण सम्बन्धी विवरण समावेश गरिएको महानगरले जनाएको छ । त्यसमा सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थी, संस्थागत विद्यालयमा अध्ययन गरेका विद्यार्थी, काठमाडौं महानगरपालिका भित्र स्थायी बसोवास भएका सबै विद्यार्थी, ल्याण्डफिल्ड साइड प्रभावित क्षेत्रमा बसोवास भई सोही क्षेत्रमा अध्ययन गरेका विद्यार्थी परेका छन् ।
आर्थिक अभावका कारण कोही पनि विद्यार्थीले माध्यमिक तहसम्मको शैक्षिक अवसरबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्य महानगरको रहेको महानगरद्वारा सार्वजनिक गरेको सूचनामा भनिएको छ ।
ताजा अपडेट
- काठमाडौं महानगरले कक्षा ११ र १२ को छात्रवृत्तिका लागि आवेदन खुलायो, क–कसले दिन पाउँछन् आवेदन ?
- मनास्लु वर्ल्ड नेपालकै २० औं उत्कृष्ट कलेज
- सुभ स्कुलका रुपेश खत्रीले ल्याए एसईईमा ४ जीपीए
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- एसईईको मौका परीक्षा साउन २९ गतेदेखि
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- नेपालका २५ अब्बल माविहरू
- आज साँझसम्म एसईईको नतिजा प्रकाशित गर्ने बोर्डको निर्णय
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
- आज साँझसम्म एसईईको नतिजा प्रकाशित गर्ने बोर्डको निर्णय
तपाईको प्रतिक्रिया