सेन्ट लरेन्स कलेजको ‘एसईई कप फुटसल’मा ३० टीम सहभागि हुँदै, ३ सय खेलाडीलाई छात्रवृत्ति
काठमाडौं । चाबहिलस्थित सेन्ट लरेन्स कलेजले आयोजना गर्न लागेको ‘एसईई कप फुटसल’ प्रतियोगितामा तीस टीम दर्ता भएका छन् । चुच्चेपाटीमा रहेको भाटभटेनी फुटसलमा भोलि (शनिबार)बाट सुरु हुने फुटसल प्रतियोगितामा ३० वटा टीम सहभागि हुन लागेको कलेजले जनाएको हो ।

कलेजले आज (शुक्रबार) दर्ता भएका टीम घोषणा गर्दै खेल तालिकासमेत सार्वजनिक गरेको हो । एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको यो प्रतियोगिताले विद्यार्थीहरुमा शिक्षाका साथै खेल क्षेत्रमा समेत अघि बढ्न मद्धत मिलोस् भन्ने उद्धेश्यले फुटसल कपको आयोजना गरिएको कलेजका प्रबन्ध निर्देशक ताराप्रसाद सुवेदीले बताए । ‘नियममा रहेर खेलिने खेलले विद्यार्थीलाई अनुशासनमा राख्न मद्धत गर्छ,’ उनले भने, ‘खेल क्षेत्रमा रुचि भएका विद्यार्थीले शिक्षा लिने कुरा पनि अनुशासित हुन्छन् भन्ने मेरो विश्वास छ ।’
२७ वसन्तको उकालोमा लागेको यस कलेजले फुटसल कपमा प्रथम हुने टीमलाई ट्रफी, मेडल, प्रमाणपत्र र २५ हजार नगद पुरस्कारको व्यवस्था गरेको छ । त्यस्तै, प्रथम हुने टीमका खेलाडीलाई कक्षा ११ र १२ अध्ययनमा कलेजले पूर्ण छात्रवृत्तिसमेत उपलब्ध गराउने प्रबन्ध निर्देशक सुवेदीले जानकारी दिए । ‘प्रथम हुने टीमले मासिक शुल्क, भर्ना शुल्क, ल्याब शुल्क केही पनि तिर्नुपर्दैन,’ उनले भने ।

त्यस्तै, द्धितीय हुने टीमलाई ट्रफी, मेडल, प्रमाणपत्रसहित १५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको कलेजले जनाएको छ । यसैगरी, टीममा सहभागि खेलाडीलाई कक्षा ११ र १२ अध्ययनमा मासिक शुल्क र ल्याब शुल्क तिर्नु नपर्ने व्यवस्था गरिएको छ ।
यसैगरी, बेष्ट प्लेयर, उच्च अंक प्राप्त गर्ने खेलाडी र बेष्ट किपरलाई पनि पूर्ण छात्रवृत्तिको व्यवस्था गरिएको कलेजले जनाएको छ । त्यस्तै, खेलमा सहभागि ३० वटै टीमका खेलाडीलाई पूर्ण शुल्कमा ५० प्रतिशत छात्रवृत्ति प्रदान गरिने प्रबन्ध निर्देशक सुवेदीले बताए । ‘हामीले यसवर्ष तीन समय विद्यार्थीलाई तीन करोड रुपैयाँभन्दा बढी छात्रवृत्ति प्रदान गर्दैछौँ,’ उनले भने ।
खेल तालिका सार्वजनिक कार्यक्रमको सभापतित्वको भूमिकामा रहेका सुवेदीसहित कलेजका एकेडेमिक इञ्चार्ज नवराज भण्डारी, साइन्स को–अर्डिनेटर तेज तिमिल्सिना लगायत शिक्षकहरुको सहभागिता रहेको थियो ।

ताजा अपडेट
- यस्तो छ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको सर्टलिष्ट
- कक्षा १२ को उत्तरपुस्तिका नमुना पुनः परीक्षणका लागि समिति गठन
- कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थीको प्रदर्शन, उत्तरपुस्तिका पुनः परीक्षणको माग
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- त्रिविअन्तर्गत बीआईटी कार्यक्रमको प्रवेश परीक्षा तालिका सार्वजनिक, आवेदन खुला
- निःशुल्क ‘मक टेस्ट’ सञ्चालन गर्दै नेपाल इन्जिनियरिङ कलेज, उत्कृष्टलाई नगद पुरस्कार
- कक्षा १२ मा कस्ता विद्यार्थीले प्राप्त गरेका हुन् ३.९७ जीपीए ?
- कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत ग्रेडेड
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय








तपाईको प्रतिक्रिया