थेसिस बुझाउन बाँकी रहेका विद्यार्थीलाई त्रिविले दियो मौका, क–कसले पाउँछन् ?
काठमाडौं । त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद्को कार्यालयले थेसिस बुझाउन बाँकी रहेका विद्यार्थीलाई फेरि एकपटक मौका दिएको छ । त्रिविमा स्नातकोत्तर तह र एम.फिल तहको सैद्धान्तिक परीक्षा पास गरिसकेको तर थेसिस, टर्मपेपर, प्रोजेक्ट रिपोर्ट इन्टर्नसीप, प्रयोगात्मक परीक्षा तथा शिक्षण अभ्यास पूरा नगरेकाहरुलाई त्रिविले मौका दिएको हो ।
यी विद्यार्थीको हकमा २०५८ सालमा प्रथम पटक भर्ना भई २०५९ सालमा प्रथम वर्षको परीक्षामा सम्मिलित भएका र सो पछि भर्ना भइ सीमा काटेकाहरुले यो मौकाको सदुपयोग गर्न सक्नेछन् । त्यसैगरी, सेमेष्टर प्रणाली अन्तर्गत २०६८ सालमा भर्ना भइ समयसीमा कटेका परीक्षार्थीहरुका लागि २०८१ असार मसान्तभित्र बुझाएर भाइवासमेत गरिसक्नुपर्ने त्रिविले जनाएको छ ।
साथै, एमफील तहका परीक्षार्थीका हकमा २०६८ सालमा भर्ना भई समयसीमा काटेकाहरुका लागि पनि एकपटकलाई मौका दिएको त्रिविको सूचनामा उल्लेख छ ।

ताजा अपडेट
- शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो वार्षिक कार्यतालिका, यस्तो छ परीक्षा र पदपूर्तिको समय
- शिक्षक सेवा आयोगको परीक्षा र नतिजा प्रणाली सुधारमा मन्त्री पोखरेलको जोड
- बदलिँदै पाठ्यक्रम: कस्ता–कस्ता सुझाव आए ?
- ग्रामीण विद्यार्थीको शिक्षामा सहयोग र बाढी प्रभावित समुदायका लागि ‘प्रेसिडेन्सियल रन फर कज’ सम्पन्न
- भोटेकोशी बाढीको असर : १८ विद्यालय क्षतिग्रस्त, झन्डै १० हजार विद्यार्थीको पढाइ प्रभावित
- अर्वाना स्कुल अफ साइन्सद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न
- शिक्षा सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल नियुक्त
- गोकर्णेश्वर लाइट एकेडेमीलाई ISO 21001:2018 प्रमाणपत्र
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया