विश्वविद्यालयपिच्छे उपकुलपति नियुक्तिको मापदण्ड फरक भएको भन्दै प्राध्यापक संघद्वारा उजुरी
काठमाडौं । सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालय उपकुलपति नियुक्तिको मापदण्ड फरक–फरक भएको भन्दै उजुरी दर्ता भएको छ । विभिन्न वश्वविद्यालयको भिसी नियुक्तिका लागि मापदण्ड फरक फरक भएको भन्दै सुदूरपश्चिम विश्वविद्यालय प्राध्यापक संघले प्रधानमन्त्री कार्यालयदेखि संसद्को शिक्षा समिति सम्ममा उजुरी दर्ता गरिएको हो ।
संघले विश्वविद्यालयका उपकुलपति छनोट गर्ने प्रक्रिया विभिन्न विश्वविद्यालयका ऐनले व्यवस्था गरेको सिफारिस समितिको प्रावधानको विपरीत दाबी गरेको छ । यति बेला त्रिभुवन विश्वविद्यालयसहित विभिन्न ४ वटा विश्वविद्यालयको उपकुलपति नियुक्तिको प्रक्रिया अघि बढेको छ । त्रिविको नियुक्ति तथा सिफारिस अन्तिम चरणमा पुगेको छ भने पूर्वाञ्चल, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको दरखास्त आह्वान गरिएको छ ।
सुदुरपश्चिम विश्वविद्यालय ऐन, २०६७ को परिच्छेद ९ को दफा २४ को उपदफा २ र ३ को विपरीत रहेर मापदण्ड बनाइएको सङ्घको दाबी छ । ऐनको प्रावधानविरुद्ध काम गरिरहेका छनौट समितिले विभिन्न विश्वविद्यालयको उपकुलपतिको छनौटका लागि तोकिएको मापदण्डले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति पदका लागि निवेदन दिने व्यक्तिहरूको लेखन,अध्ययन,अनुसन्धानको भार अन्य विश्वविद्यालयको भन्दा कम राखिएको छ भने पूर्वाञ्चल विश्वविद्यालयमा निवेदन दिन त्रिभुवन विश्वविद्यालयभन्दा दुई गुना र मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयमा सात गुना बढी लेख र रचना SCImago Journal Ranking मा Q1 देखि Q4 सम्म Rating भएको अन्तर्राष्ट्रिय स्तरको अनुसन्धान परियोजना सम्पन्न गरेको हुनुपर्ने प्रावधान राखिएको छ ।
जसले गर्दा केहि संकायका प्राध्यापकहरू छनोट हुनै नसक्ने प्रावधानहरू रहेको सङ्घको दाबी छ । मातृभाषा नेपालीमा गरिने अनुसन्धानप्रति आफ्नै मुलुकभित्र पनि स्पष्ट बेवास्ता गरेको देखिएको सङ्घले दिएको उजुरीमा उल्लेख गरिएको छ ।
ताजा अपडेट
- विश्वविद्यालयमा अब १० प्रतिशत छात्रवृत्ति अनिवार्य
- रिलायन्स कलेजद्वारा ‘रिलायन्स करिअर टक–२०८३’ सम्पन्न, विद्यार्थीलाई करिअर छनोटमा मार्गदर्शन
- सेन्ट लरेन्सद्वारा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई विदाई
- कक्षा १२ पुनर्योग (Retotaling) को नतिजा सार्वजनिक : १८ हजारमध्ये १२७ विद्यार्थी मात्रै उत्तीर्ण
- आविष्कार ‘२६’ मा इनोभेक्स एमआईटीको दोहोरो सफलता, दुई विधामा च्याम्पियन
- ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति : कसको पृष्ठभूमि के ?
- विदेशी सम्बन्धनका कलेजमा सरकारको निगरानी: मापदण्ड नपुगे नवीकरणदेखि भर्नासम्म रोक
- बुढानीलकण्ठ नगर प्रमुखसँग रिलायन्स पब्लिक स्कुलका विद्यार्थीको अन्तरक्रिया
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय











तपाईको प्रतिक्रिया