विश्वविद्यालयपिच्छे उपकुलपति नियुक्तिको मापदण्ड फरक भएको भन्दै प्राध्यापक संघद्वारा उजुरी
काठमाडौं । सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालय उपकुलपति नियुक्तिको मापदण्ड फरक–फरक भएको भन्दै उजुरी दर्ता भएको छ । विभिन्न वश्वविद्यालयको भिसी नियुक्तिका लागि मापदण्ड फरक फरक भएको भन्दै सुदूरपश्चिम विश्वविद्यालय प्राध्यापक संघले प्रधानमन्त्री कार्यालयदेखि संसद्को शिक्षा समिति सम्ममा उजुरी दर्ता गरिएको हो ।
संघले विश्वविद्यालयका उपकुलपति छनोट गर्ने प्रक्रिया विभिन्न विश्वविद्यालयका ऐनले व्यवस्था गरेको सिफारिस समितिको प्रावधानको विपरीत दाबी गरेको छ । यति बेला त्रिभुवन विश्वविद्यालयसहित विभिन्न ४ वटा विश्वविद्यालयको उपकुलपति नियुक्तिको प्रक्रिया अघि बढेको छ । त्रिविको नियुक्ति तथा सिफारिस अन्तिम चरणमा पुगेको छ भने पूर्वाञ्चल, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयको दरखास्त आह्वान गरिएको छ ।
सुदुरपश्चिम विश्वविद्यालय ऐन, २०६७ को परिच्छेद ९ को दफा २४ को उपदफा २ र ३ को विपरीत रहेर मापदण्ड बनाइएको सङ्घको दाबी छ । ऐनको प्रावधानविरुद्ध काम गरिरहेका छनौट समितिले विभिन्न विश्वविद्यालयको उपकुलपतिको छनौटका लागि तोकिएको मापदण्डले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति पदका लागि निवेदन दिने व्यक्तिहरूको लेखन,अध्ययन,अनुसन्धानको भार अन्य विश्वविद्यालयको भन्दा कम राखिएको छ भने पूर्वाञ्चल विश्वविद्यालयमा निवेदन दिन त्रिभुवन विश्वविद्यालयभन्दा दुई गुना र मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयमा सात गुना बढी लेख र रचना SCImago Journal Ranking मा Q1 देखि Q4 सम्म Rating भएको अन्तर्राष्ट्रिय स्तरको अनुसन्धान परियोजना सम्पन्न गरेको हुनुपर्ने प्रावधान राखिएको छ ।
जसले गर्दा केहि संकायका प्राध्यापकहरू छनोट हुनै नसक्ने प्रावधानहरू रहेको सङ्घको दाबी छ । मातृभाषा नेपालीमा गरिने अनुसन्धानप्रति आफ्नै मुलुकभित्र पनि स्पष्ट बेवास्ता गरेको देखिएको सङ्घले दिएको उजुरीमा उल्लेख गरिएको छ ।
ताजा अपडेट
- साथी शिक्षक कार्यक्रमको आठौँ समूह (कोहोर्ट)का लागि आवेदन खुला
- नेपाली कम्पनी इन्साइट टेक्नोलोजीलाई अन्तर्राष्ट्रिय सम्मान, ‘AI in Cybersecurity’ अवार्ड प्राप्त
- बाल उद्धार माविका प्रधानाध्यापकमाथि आक्रमण, के हो घटनाको वास्तविकता ?
- शिक्षकलाई गाडी किन्न सरकारले ब्याज तिरिदिने प्रस्ताव, कसले कति सुविधा पाउँछन्?
- विश्वविद्यालयको नतिजा प्रकाशनमा शिक्षामन्त्रीको कडाइ, एक महिनाभित्रै गर्न निर्देशन
- राष्ट्रिय लिटल च्याम्प्स सिजन–४ मा नेपाल विद्या सदनकी आन्या घलान बनिन् फर्स्ट रनरअप
- विदेशी विश्वविद्यालयसम्बद्ध शैक्षिक कार्यक्रमबारे आइप्यानको आग्रह : ‘तथ्य र कानुन हेरेर बहस गरौँ’
- नक्कली शैक्षिक प्रमाणपत्रबारे सर्वोच्चको नयाँ नजिर
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया