त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. बराल नियुक्त, यस्तो छ उनको पृष्ठभूमी
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा प्रा. डा. केशरजंग बराल नियुक्त भएका छन् । बिहिबार त्रिविका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बराललाई उपकुलपति नियुक्त गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले उपकुलपति सिफारिसका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई नेतृत्वमा समिति गठन गरेका थिए । समितिले चित्रबहादुर बुढाथोकी, बराल र टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो ।
पहिलो नम्बरका बुढाथोकीलाई छोडेर प्रधानमन्त्री दाहालले बराललाई नियुक्त गरेका हुन् ।
को हुन् नवनियुक्त उपकुलपति प्रा. डा. बराल ?
बराल २०१४ सालमा पाल्पामा जन्मिएका हुन् । २०३९ देखि महेन्द्र मोरङ क्याम्पसबाट अध्यापन सुरु गरेका बरालसँग पोखरा विश्वविद्यालयको उपकुलपति रहेर काम गरेको अनुभव छ ।
त्यसपछि उनी २०४१ सालमा पोखराको पृथ्वीनारायण क्याम्पसमा सरुवा भएर आएका उनी २०६४ सालमा पोखरा विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएका थिए ।
२०५५ सालमा भारतको दिल्ली युनिभर्सिटीबाट विद्यावारिधी (पीएचडी) गरेका उनले विश्व बैंकको हायर एजुकेसन नामक प्रोजेक्टमा कन्सल्टेन्टका रुपमा का गर्ने मौका पाएका थिए । यसैगरी, एसियन डेभलपमेन्ट बैंकको प्रोजेक्टमा फाइनान्स एडभाइजर भएरसमेत काम गरेको अनुभव उनीसँग छ ।
२०६४ देखि २०६८ सालमा विश्वविद्यालय अनुदान आयोगको बोर्ड सदस्यसमेत रहेका बरालसँग त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायको अनुसन्धान समितिको सदस्य भएर काम गरेको अनुभव छ । केही समय अमेरिका र चीनमा समेत अध्यापन पेसामा सक्रिय रहेका प्रा.डा. बराल २०७७ सालमा त्रिविबाट सेवानिवृत्त भएका थिए । तर, त्रिविको व्यवस्थापन संकायको पीएचडीका विद्यार्थीलाई अध्यापन गर्दै आइरहेका छन् ।
ताजा अपडेट
- शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो वार्षिक कार्यतालिका, यस्तो छ परीक्षा र पदपूर्तिको समय
- शिक्षक सेवा आयोगको परीक्षा र नतिजा प्रणाली सुधारमा मन्त्री पोखरेलको जोड
- बदलिँदै पाठ्यक्रम: कस्ता–कस्ता सुझाव आए ?
- ग्रामीण विद्यार्थीको शिक्षामा सहयोग र बाढी प्रभावित समुदायका लागि ‘प्रेसिडेन्सियल रन फर कज’ सम्पन्न
- भोटेकोशी बाढीको असर : १८ विद्यालय क्षतिग्रस्त, झन्डै १० हजार विद्यार्थीको पढाइ प्रभावित
- अर्वाना स्कुल अफ साइन्सद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न
- शिक्षा सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल नियुक्त
- गोकर्णेश्वर लाइट एकेडेमीलाई ISO 21001:2018 प्रमाणपत्र
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया