तेस्रो रिलायन्स विज्ञान प्रदर्शनी सम्पन्न, आगामी वर्ष प्रदेशस्तरीय प्रदर्शनी गर्ने प्रतिवद्धता

काठमाडौं । चावहिलस्थित रिलायन्स कलेजमा तेस्रो काठमाडौं उपत्यकाव्यापी विज्ञान तथा सूचना प्रविधि प्रदर्शनी भव्य रुपमा सम्पन्न भएको छ । काठमाडौं उपत्यकाका झण्डै दुई दर्जन स्कूल कलेजहरुको सहभागिता रहेको सो प्रदर्शनीलाई आज शनिबार समापन गरिएको हो ।
उक्त समापन समारोहमा त्रिभुवन विश्वविद्ययालय विज्ञान तथा प्रविधि संस्थानका डिन प्रा.डा विनिल अर्यालको प्रमुख आतिथ्यता रहेको थियो । रिलायन्स एजुकेसन नेटवर्कका अध्यक्ष तथा कलेज प्रिन्सिपल रविन्द्रजङ्ग थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलेजका विज्ञान संकायका संयोजक यादव पाण्डेको स्वागत मन्तव्यबाट शुरु भएको थियो । प्रदर्शनीमा करिब ४५ वटा विद्यालयका चार हजार जना विद्यार्थीले ४२ ओटा स्टलको अवलोकन गरेको कलेजका सह–प्रधानाध्यापक नन्दुप्रसाद कुशुवाहाले जानकारी दिए ।
प्रमुख अतिथि प्रा. डा. अर्यालले रिलायन्स कलेज शिक्षा क्षेत्रमा आफैं सधैँ केही न केही सृजनशील र विद्यार्थी केन्द्रित गतिविधी गर्नमा अब्बल रहेको बताए । समापन समारोहको अध्यक्षता गरेका रिलायन्स एजुकेशन नेटवर्कका अध्यक्ष तथा कलेजका प्रिन्सिपल रविन्द्रजङ्ग थापाले आगामी वर्षको विज्ञान प्रदर्शनी वागमती प्रदेशस्तरीय गरिने बताए ।
यसैगरी, कलेजका सञ्चालक एवं सिनियर चार्टड एकाउन्टेट राजु कुमार शिवाकोटीले यो प्रदर्शनीले विद्यार्थीमा खोज अनुसन्धानमा जाग्रित गराउने बताए ।समापन समारोहमा होटेल म्यानेजमेण्ट विभागका अध्यक्ष बिबि क्षेत्रीले समेत आफ्नो धारणा राखेका थिए ।
यसै समारोहमा रिलायन्स सिंगिङ आइडल चौंथो शृङ्खलाको ग्राण्ड फिनालेसमेत सम्पन्न गरिएको छ । जसमा कक्षा १२ का प्रशान्त खातीले प्रथम स्थान हात पारृका छन् । त्यस्तै, कक्षा १२ कै सुवेश तामाङ्गले द्वितीय स्थान हासिल गर्दा कक्षा ११ की दृष्टि कुलुङ्ग तृतीय भएकी थिइन् ।
कलेजको साइन्स एण्ड आइटी क्लबको सक्रियतामा विज्ञान प्रदर्शनी भव्य रुपमा सम्पन्न भएको कलेजका इसीए÷सीसीए संयोजक गोविन्द ढकालले बताए । कार्यक्रममा क्लबकी सचिव छिरिङ्ग पाल्देन शेर्पाले सबैलाई धन्यवाद व्यक्त गरेकी थिइन् ।
समापन समारोहमा सक्रिय रुपमा भुमिका खेल्ने सबै विद्यार्थी तथा शिक्षक कर्मचारी वर्गलाई प्रशंशा पत्र पदान गरिएको थियो ।
त्यस्तै, विज्ञान प्रदर्शनीमा स्कुल प्रोजेक्ट कम्पिटिसन अन्तर्गत रिलायन्स इन्टरनेशनल एकेडेमी (स्कुल विङ्ग्स)ले प्रथम स्थान हासिल गरेको छ । भने, रिपुमर्दिनी सैनिक महाविद्यालय दोस्रो र रिलायन्स पब्लिक स्कुल तेस्रो भएको थियो ।
प्रदर्शनीमा रिलायन्स एजुकेशन नेटवर्ककका सञ्चालक एवं रिलायन्स इन्टरनेशनल एकेडेमी प्रधानाध्यापक खेमलाल भुषाल, नेटवर्कका सञ्चालक भुवनेस्वरी पराजुली, नेटवर्ककका सञ्चालक तथा संस्कृति विभागका प्रमुख दामोदर निरौला, सञ्चालक एवम् रिलायन्स पब्लिक स्कुलका प्रधानाध्यापक वसन्तलाल लामिछाने, रिलायन्स को एडका प्रधानाध्यापक दशरथ ज्ञवाली लगायत नेटवर्कका विभिन्न विद्यालय तथा कलेजका संयोजकहरुको उपस्थिति रहेको थियो । समापन समाराहको सञ्चालन कक्षा १२ का विद्यार्थी अभिषेक श्रेष्ठले गरेका थिए ।
ताजा अपडेट
- प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर नयाँ नयाँ चुनौतीको सामना गर्न विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रह
- राजर्षि जनक विश्वविद्यालयको प्रथम दीक्षान्त, नेपाली विद्यार्थीको ‘जेनेटिक पावर’ सशक्त छ : प्रधानमन्त्री
- लाहुरेको रेलिमाईलाई दुई लाख रुपैयाँको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता नगरी ‘ओए’ कार्यक्रम नै बन्द गर्ने निर्णयमा तिलगंगा
- इञ्जिनियर न्यौपानेलाई वेष्टक्लिफ विद्यालयको उत्कृष्ट अवार्ड
- कार्डियोथोरासिक भास्कुलर नर्सेस समाजद्वारा पहिलो नर्सिङ सम्मेलन सम्पन्न
- बजेटमा शिक्षाः २ खर्ब ११ अर्ब १७ करोड बजेट, यस्ता छन् शिक्षाका कार्यक्रम (पूर्णपाठसहित)
- शिक्षा मन्त्रालयको बजेट २ खर्ब ११ अर्ब १७ करोड
धेरैले पढेको
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
- कक्षा १२ को परीक्षाको नयाँ समय तालिका सार्वजनिक
- “Exciting Rivals and Unmatched Action at The Aradhya Pickleball Championship 2025”
- कार्डियोथोरासिक भास्कुलर नर्सेस समाजद्वारा पहिलो नर्सिङ सम्मेलन सम्पन्न
- शुभश्री कलेज अफ म्यानेजमेन्ट र मर्क्युर होटलबीच सम्झौता
तपाईको प्रतिक्रिया