Techie IT
  • मंगलबार, कात्तिक ४, २०८३ / Wednesday, October 21, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठ ∕ शिक्षा समाचार ∕ १४ किलो सुन तस्करीमा प्रकरणमा समातिए काठमाडौंकै कलेजका संचालक

समाचार

१४ किलो सुन तस्करीमा प्रकरणमा समातिए काठमाडौंकै कलेजका संचालक


काठमाडौं—सुन तस्करी प्रकरणमा राजधानीकै एक कलेजका संचालक पक्राउ परेका छन् । सोमबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले डिल्लीबजारस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङलाई सामाखुसीबाट पक्राउ गरेको हो ।

पर्वत फूलवारीका गुरुङ दुबईबाट ल्याइएको १४ किलो सुन तस्करी प्रकरणमा मुछिएपछि पक्राउ परेका हुन् । सिआईबी स्रोतकाअनुसार अनुसन्धानका क्रममा कलेज संचालक गुरुङ उक्त सुन तस्करी प्रकरणको योजनाकार रहेको पत्ता लागेपछि पक्राउ गरिएको हो ।

यसअघि प्रहरीले १४ किलो सुन तस्करीमा उनी विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएपछि उनी फरार रहेका थिए ।

तर, प्रहरीले उनलाई खोजिरहेको थियो । विशेष सूचनाका आधारमा सिआईबीको टोलीले पक्राउ गरेपछि उनलाई भन्सार कार्यलयको जिम्मा दिने तयारी भइरहेको छ ।

पोखरा युनिभर्सिटीको सम्बन्धनमा प्लाटिनम कलेजले बीबीए, बीएचएमलगायतका कार्यक्रम अध्यापन गराउँदैं आएको छ ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको