चाँगुनारायण नगर उप–प्रमुख बुढाथोकीले आफ्नो तलब विद्यार्थीलाई दिने

काठमाडौं । चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आफुले पाउने तलब भत्ताको रकम विद्यार्थीहरुका लागि खर्च गर्ने घोषणा गरेका छन् ।
नगरपालिकामा पत्रकारहरु माझ आफ्नो दुई वर्षको कार्यकालको अनुभव सुनाउदैं उपप्रमुख बुढाथोकी दुई वर्षको करिब १० लाख रुपैयाँ विद्यार्थीहरुकै लागि खर्च गरेको जानकारी दिए ।
सरकारी नियम अनुसार कर कट्टा गरेर आफुले मासिक पाउने ३० हजार, प्रत्येक बैठकमा पाउने १ हजार ४ सय रुपैँया भत्ता आउने सबै सामाजिक कार्यमा खर्च गरेको उनको भनाई छ ।
‘मैंले पार्टीमा टिकट लिने बेलामा नै भनेको थिए । कुनैपनि सेवा सुविधा आफ्नो लागि खर्च गर्दिन । अहिले नगरभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययन गर्ने सानाबाबु नानीहरुलाई सानो सहयोग गर्ने गरेको छु,’ उनले भने ।
कहिलेकाहीं आउने पैसाले नपुगे आफ्नो खल्तीको समेत हालेर विद्यार्थीहरुलाई झोला, पोशाक र जुत्ता किनिदिने गरेको उपप्रमुख बुढाथोकीले बताए ।
नगरपालिकाले उपलब्ध गराएको गाडी पनि नगर अस्पतालमा बिरामी, सुत्केरी बोक्नको लागि दिएको उनको भनाई छ । एकजना चालक भने आफुने सुविधा लिएको बुढाथोकीले जानकारी दिए ।
उपमेयर बुढाथोकीले नगरपालिकामा डोजर आतंक रहेको बताए । नगरपालिकामा वडा नं. १ देखि ९ सम्मका डाँडाडाँडामा अन्धाधुन्ध तवरले डोजर चलिरहेको छ, उनले भने ।
उपमेयर बुढाथोकीले पाँच रोपनी जग्गा सम्याउने भनेर नगरपालिकाबाट सिफारिस लाने तर जग्गा व्यवसायी र प्लटिङ व्यवसायीहरूले नगरपालिकाको आँखा छलेर १० रोपनीमा डोजर चलाउने गरेको बताए ।
उनले अवैध रूपमा डोजर चलाएका व्यवसायीबाट कर उठाएको, डोजरको साँचो नियन्त्रणमा लिएपनि डोजर चल्न नरोकिएको जानकारी दिए । त्यसबारे जनप्रतिनिधिसमेत मौन रहेको उनको दुःखेसो छ ।
नगरपालिकाको अनुमती बेगर कित्ताकाट गरेका जग्गाको घरबाटो सिफारिस दिंदा जरिवाना स्वरुप एक पटकको लागि प्रतिआना रु १५ हजारको दर लिने गरेको र जस अनुसार चार करोड रुपैया राजश्व संकनल गरेको छ ।
ताजा अपडेट
- प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर नयाँ नयाँ चुनौतीको सामना गर्न विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रह
- राजर्षि जनक विश्वविद्यालयको प्रथम दीक्षान्त, नेपाली विद्यार्थीको ‘जेनेटिक पावर’ सशक्त छ : प्रधानमन्त्री
- लाहुरेको रेलिमाईलाई दुई लाख रुपैयाँको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता नगरी ‘ओए’ कार्यक्रम नै बन्द गर्ने निर्णयमा तिलगंगा
- इञ्जिनियर न्यौपानेलाई वेष्टक्लिफ विद्यालयको उत्कृष्ट अवार्ड
- कार्डियोथोरासिक भास्कुलर नर्सेस समाजद्वारा पहिलो नर्सिङ सम्मेलन सम्पन्न
- बजेटमा शिक्षाः २ खर्ब ११ अर्ब १७ करोड बजेट, यस्ता छन् शिक्षाका कार्यक्रम (पूर्णपाठसहित)
- शिक्षा मन्त्रालयको बजेट २ खर्ब ११ अर्ब १७ करोड
धेरैले पढेको
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
- कक्षा १२ को परीक्षाको नयाँ समय तालिका सार्वजनिक
- “Exciting Rivals and Unmatched Action at The Aradhya Pickleball Championship 2025”
- कार्डियोथोरासिक भास्कुलर नर्सेस समाजद्वारा पहिलो नर्सिङ सम्मेलन सम्पन्न
- शुभश्री कलेज अफ म्यानेजमेन्ट र मर्क्युर होटलबीच सम्झौता
तपाईको प्रतिक्रिया