उत्तरपुस्तिका हराएको प्रकरणमा के गर्दैछ त्रिवि ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तर पुस्तिका हराएको विषयमा छानबिन समितिले बुझाएको प्रतिवेदन अध्ययन पुरा गरी कारबाही अघि बढाउने भएको छ । त्रिविले केही दिन भित्र उक्त प्रतिवेदनका आधारमा कारबाहीको निर्णय गर्न लागेको हो ।
त्रिविले २०८० सालको वैशाख मैहिनामा सञ्चालन गरेको स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गत जनसङ्ख्या तथा स्वास्थ्य विषय (४२२) र शिक्षा शास्त्र सङ्काय तर्फको शिक्षाको आधार विषय (४१२) का उत्तर पुस्तिका हराएको थियो । यसरी उत्तरपुस्तिका हराएपछि त्रिविले समयमै नतिजासमेत सार्वजनिक गर्न नसक्दा आलोचना भएको थियो ।
त्यसपछि त्रिविले १५ चैतमा राष्ट्रिय परीक्षा बोर्डका पूर्व अध्यक्ष तथा त्रिविका पूर्व रजिष्ट्रार प्रा.डा चन्द्रमणि पौडेलको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय समिति गठन गरेको थियो । उक्त समितिले त्रिवि परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक पुष्पराज जोशीसहित विभिन्न व्यक्तिलाई कारबाहीका लागि सिफारिस गरको थियो ।
ताजा अपडेट
- प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर नयाँ नयाँ चुनौतीको सामना गर्न विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रह
- राजर्षि जनक विश्वविद्यालयको प्रथम दीक्षान्त, नेपाली विद्यार्थीको ‘जेनेटिक पावर’ सशक्त छ : प्रधानमन्त्री
- लाहुरेको रेलिमाईलाई दुई लाख रुपैयाँको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता नगरी ‘ओए’ कार्यक्रम नै बन्द गर्ने निर्णयमा तिलगंगा
- इञ्जिनियर न्यौपानेलाई वेष्टक्लिफ विद्यालयको उत्कृष्ट अवार्ड
- कार्डियोथोरासिक भास्कुलर नर्सेस समाजद्वारा पहिलो नर्सिङ सम्मेलन सम्पन्न
- बजेटमा शिक्षाः २ खर्ब ११ अर्ब १७ करोड बजेट, यस्ता छन् शिक्षाका कार्यक्रम (पूर्णपाठसहित)
- शिक्षा मन्त्रालयको बजेट २ खर्ब ११ अर्ब १७ करोड
धेरैले पढेको
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
- कक्षा १२ को परीक्षाको नयाँ समय तालिका सार्वजनिक
- “Exciting Rivals and Unmatched Action at The Aradhya Pickleball Championship 2025”
- कार्डियोथोरासिक भास्कुलर नर्सेस समाजद्वारा पहिलो नर्सिङ सम्मेलन सम्पन्न
- शुभश्री कलेज अफ म्यानेजमेन्ट र मर्क्युर होटलबीच सम्झौता
तपाईको प्रतिक्रिया