रिलायन्स कलेजकी शेर्पाले जितिन् ‘नेपाल स्पेल बी’को पाँचौँ संस्करण
काठमाडौं । मलिन मिडियाद्वारा आयोजित पाँचौं संस्करणको ‘नेपाल स्पेल बी’ (इङ्गलिस स्पेलिङ कन्टेस्ट) को उपाधि रिलायन्स इन्टरनेशनल कलेजकी छिरिङ्ग केसाङ्गले जितेकी छन् । कान्तिपुर टेलिभिजनबाट विगत ७ महिनादेखि प्रसारण हुँदै आएको उक्त प्रतियोगिताको उपाधि केसाङ्गले हात पारेकी हुन् ।
यो सँगै शेर्पाले तीन लाख रुपैयाँ नगद पुरस्कार जितेकी छन् । पत्रकार भुषण दाहालले सञ्चालन गरेको उक्त कार्यक्रममा देशभरका नौ सय कलेजका विद्यार्थीले सहभागिता जनाएका थिए । रियालिटी शो को झल्को दिने गरि शुरु भएको उक्त कार्यक्रममा मलिन मिडियाले देशभरि रहेका कलेजमै पुगेर प्रतियोगी छनोट गरेको थियो ।
शेर्पाले यो प्रतियोगितामा उपाधि हात पार्नुमा कलेजले नियमित आयोजना गर्ने अतिरिक्त क्रियाकलापको महत्वपूर्ण भूमिका रहेको कलेजका प्रिन्सिपल रविन्द्रजंग थापा बताउँछन् । ‘रिलायन्सले विद्यार्थीलाई पढाईमा मात्र नभएर अतिरिक्त क्रियाकलापमा पनि जोड दिन्छ भन्ने गतिलो प्रमाण हो यो,’ उनले भने, ‘हामीले यस्ता थुप्रै प्रतियोगिता जित्दै आएका छौँ ।’
मानविकी संकायमा अध्ययनरत शेर्पा पढाईमा पनि अब्बल रहेको उनले बताए । ‘शेर्पाको यो ऐतिहासिक जितले हाम्रो प्रतिष्ठामा अर्को इट्टा थपिएको छ,’ उनी भन्दै थिए ।
त्यस्तै, कलेजका अतिरिक्त क्रियाकलाप प्रमुख गोविन्द ढकाल पनि नियमित हुने आन्तरिक तथा बाह्य प्रतियोगितामा विद्यार्थीलाई सहभागी गराएको परिणाम प्राप्त भएको बताउँछन् । ‘कलेजले वर्षभरी गर्ने अतिरिक्त क्रियाकलापको तालिका नै बनाएर नियमित र निरन्तर यस्ता खाले कार्यक्रम गर्दै आएकाले ठूला–ठूला प्रतियोगितामा जित हात पार्न सफल भएका छौँ ।’
ताजा अपडेट
- कक्षा ११ को पढाइ असार १ गतेदेखि सुरु गर्न निर्देशन
- सेन्ट लरेन्सको ३० वर्षे विरासत : सिर्जनशील शिक्षादेखि नेतृत्व विकाससम्म
- विनायक सिद्ध कलेज: जहाँ ब्राण्ड होइन, भविष्य रोजिन्छ
- शैक्षिक परामर्श क्षेत्रमाथि ‘ब्ल्याङ्केट क्रिमिनलाइजेसन’ नगर्न इक्यानको चेतावनी
- ललितपुरको दोस्रो उत्कृष्ट कलेजका रूपमा स्थापित पिनाकल एकेडेमी
- नेपालकै तेस्रो स्थानमा काठमाडौं मोडल: किन बनिरहेको छ विद्यार्थीको पहिलो रोजाइ ?
- त्रिविको शिक्षाध्यक्षमा खनाल र रजिस्ट्रारमा चालिसे नियुक्त
- एसइइमा ४ जीपीए ल्याउने ७५ जनालाई गोकर्णेश्वर नगरपालिकाले कक्षा ११ र १२ नि:शुल्क पढाउने
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय









तपाईको प्रतिक्रिया