को हुन् शिक्षामन्त्री विद्या भट्टराई ? यस्तो छ उनको पृष्ठभूमी
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीमा कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद विद्या भट्टराई नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई शिक्षामन्त्रीमा नियुक्त गरेका हुन् ।
नेकपा एमालेको भागमा परको शिक्षा मन्लायको बागडोर सम्हालेकी भट्टराई एमाले नेता स्वर्गीय रवीन्द्र अधिकारीकी धर्मपत्नी हुन् । तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीको ताप्लेजङमा भएको हेलिकप्टर दुर्घटनामा परि निधन भएको थियो ।
अधिकारीको निधनपछि कास्की–२ मा भएको उपनिर्वाचनमा एमालेबाट विद्या निर्वाचित भएकी थिइन् । त्यस्तै, २०७९ मा भएको निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट निर्वाचित भएकी थिइन् ।
सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका–५ सिन्धुकोटमा २०२९ साल कात्तिक १४ गते जन्मिएकी विद्यालयले शिक्षादिक्षा भने काठमाडौंबाट आर्जन गरिन् । उनको बुबा हेमराज र आमा टोमकुमारी भट्टराई हुन् ।
समाजशास्त्र र मानवशास्त्रमा स्नातकोत्तर गरेकी विद्याले विद्यार्थी जीवनबाटै अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गरेकी थिइन् । २०४७ सालबाट तत्कालीन मालेमा संगठित भएकी विद्या २०५४ सालमा अनेरास्ववियुको केन्द्रीय सचिवमा निर्वाचित भएकी थिइन् ।
त्यस्तै, उनी २०६३ सालमा नेकपा एमाले उपत्यका महिला कमिटिको सचिवको जिम्मेवारीमा रहेर समेत काम गरेकी थिइन् । त्यस्तै, उनीसँग संघिय मामिला विभाग सदस्य र शिक्षा विभागमा रहेर काम गरेको अनुभव छ ।
हाल उनी नेकपा एमालेको केन्द्रीय सदस्यका रुपमा रहेकी छन् । गत निर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित भट्टराई संसदको शिक्षा तथा स्वास्थ्य समिति सदस्य र विकास तथा प्रविधि समिति सदस्यका रुपमा रहेकी छन् ।
विद्या लामो समय प्राध्यापन पेसामा समेत सक्रिय रहेकी थिइन् ।
ताजा अपडेट
- गोसाइँकुण्ड गएका धादिङका ८ शिक्षक सम्पर्कविहीन
- भोटेकोशीको बाढीबाट १६ सय बढी विद्यार्थी कसरी जोगिए ? प्रधानाध्यापक र शिक्षकको त्यो १५ मिनेट
- शिक्षक–कर्मचारीदेखि ईसीडी सहजकर्तासम्मको पारिश्रमिक बढ्यो, कसको कति ?
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
- पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै इम्पेरियल कलेज अफ इन्जिनियरिङ
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया