बंगलादेशबाट १७ जना विद्यार्थी नेपाल आइपुगे, अरुको अवस्था के छ ?
काठमाडौं- बंगलादेशमा प्रर्दशन हिंसात्मक बन्दै गएपछि अध्ययनमा गएका थप १७ जना नेपाली विद्यार्थी आइतबार नेपाल फर्किएका छन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार १७ जना विद्यार्थी बिहान ११ः३० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् ।
ढाकामा रहेका ती विद्यार्थीहरु बिमान बंगलादेशको जहाजमार्फत नेपाल आइपुगेको प्रवक्ता राईले जानकारी दिए । राईका अनुसार हालसम्म ८ सयजना भन्दा बढी विद्यार्थी नेपाल आइपुगेका छन् । ‘अहिले ढाकामा रहनुभएका सम्पूर्ण नेपाली विद्यार्थीहरु सुरक्षित हुनुहुन्छ,’ उनले भने, ‘यदि कसैलाई समस्या परेको छ भने दुतावासमा सम्पर्क गरेर सहयोग लिन आग्रह गर्दछौँ ।’
बंगलादेशमा एक सातायता सरकारी सेवामा विशेष आरक्षणको विरोधमा हिंसात्मक आन्दोलन चर्किरहेको छ । उसो त हवाईमार्ग र स्थलमार्ग हुँदै नेपाली विद्यार्थीहरु नेपाल फर्किरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘भातर हुँदै आउन चाहने विद्यार्थीका लागि सहजिकरण गरिदिन भारत सरकारलाई समेत आग्रह गरिसकेका छौँ,’ उनले भने, ‘बंगलादेशमा रहेका विद्यार्थी भारतको मेघालयलगायत सीमावर्ती राज्य हुँदै फर्किरहनुभएको छ ।’
राईका अनुसार नेपालबाट तीन हजारभन्दा बढी विद्यार्थीहरु अध्ययनका लागि बंगलादेशमा गएका छन् ।
ताजा अपडेट
- विश्वविद्यालयमा अब १० प्रतिशत छात्रवृत्ति अनिवार्य
- रिलायन्स कलेजद्वारा ‘रिलायन्स करिअर टक–२०८३’ सम्पन्न, विद्यार्थीलाई करिअर छनोटमा मार्गदर्शन
- सेन्ट लरेन्सद्वारा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई विदाई
- कक्षा १२ पुनर्योग (Retotaling) को नतिजा सार्वजनिक : १८ हजारमध्ये १२७ विद्यार्थी मात्रै उत्तीर्ण
- आविष्कार ‘२६’ मा इनोभेक्स एमआईटीको दोहोरो सफलता, दुई विधामा च्याम्पियन
- ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति : कसको पृष्ठभूमि के ?
- विदेशी सम्बन्धनका कलेजमा सरकारको निगरानी: मापदण्ड नपुगे नवीकरणदेखि भर्नासम्म रोक
- बुढानीलकण्ठ नगर प्रमुखसँग रिलायन्स पब्लिक स्कुलका विद्यार्थीको अन्तरक्रिया
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय











तपाईको प्रतिक्रिया