दुई विषयसम्म अनुत्तीर्ण विद्यार्थीले मौका परीक्षा दिन पाउने त्रिभुवन विश्वविद्यालयको निर्णय
काठमाडौं – त्रिवि प्राज्ञिक परिषद्ले स्नातक तह अन्तर्गत अन्तिम वर्षको परीक्षामा दुई विषयसम्म अनुत्तीर्ण हुने विद्यार्थीले मौका परीक्षा दिन पाउने व्यवस्था गरेको छ । एक विषयमात्र अनुत्तीर्ण हुँदा विद्यार्थीको उच्च शिक्षा, रोजगारी तथा वैदेशिक अध्ययनका लागि बाटो बन्द भएको भन्दै परिषद्ले मौका परीक्षा दिन पाउने नीतिगत निर्णय गरेको हो ।
यसअघि कुनै विद्यार्थी एउटा विषयमा अनुत्तीर्ण भएमा उसले उक्त विषयको परीक्षा दिनका लागि एक वर्ष कुर्नुपर्ने बाध्यता थियो । त्यही बाध्यतालाई चिर्ने उद्धेश्यले मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बराल बताउँछन् । ‘अन्तिम वर्षमा पुगेको विद्यार्थी एक वा दुईवटा विषयमा अनुत्तीर्ण भएर एक वर्ष उत्तिकै बस्दा उसले थुप्रै अवसरबाट बञ्चित हुने कुरालाइ मध्यनजर गदै मौका परीक्षाको व्यवस्था गरिएको हो,’ उनले भने ।
उपकुलपति बरालका अनुसार स्नातक तहको अन्तिम वर्षको परीक्षाफल प्रकाशित भएको दुईसाता भित्रै मौका परीक्षा सञ्चालन गरिने छ । ‘त्यसको नतिजा पनि छिट्टै प्रकाशित गर्छौं,’ उनी भन्छन्, ‘मौका परीक्षा दिएका विद्यार्थीलाई स्नातकोत्तरमा भर्ना हुन अप्ठ्यारो नपर्ने गरी समयमै परीक्षाफल प्रकाशित गर्छौं ।’
यो व्यवस्था लागू भएपछि वर्षेनी २० हजारभन्दा बढी विद्यार्थीले मौका परीक्षामा सहभागी हुने उपकुलपति बरालको अनुमान छ ।
ताजा अपडेट
- कक्षा ११ को पढाइ असार १ गतेदेखि सुरु गर्न निर्देशन
- सेन्ट लरेन्सको ३० वर्षे विरासत : सिर्जनशील शिक्षादेखि नेतृत्व विकाससम्म
- विनायक सिद्ध कलेज: जहाँ ब्राण्ड होइन, भविष्य रोजिन्छ
- शैक्षिक परामर्श क्षेत्रमाथि ‘ब्ल्याङ्केट क्रिमिनलाइजेसन’ नगर्न इक्यानको चेतावनी
- ललितपुरको दोस्रो उत्कृष्ट कलेजका रूपमा स्थापित पिनाकल एकेडेमी
- नेपालकै तेस्रो स्थानमा काठमाडौं मोडल: किन बनिरहेको छ विद्यार्थीको पहिलो रोजाइ ?
- त्रिविको शिक्षाध्यक्षमा खनाल र रजिस्ट्रारमा चालिसे नियुक्त
- एसइइमा ४ जीपीए ल्याउने ७५ जनालाई गोकर्णेश्वर नगरपालिकाले कक्षा ११ र १२ नि:शुल्क पढाउने
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय









तपाईको प्रतिक्रिया