काठमाडौं महानगरद्वारा छात्रवृत्ति परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)
काठमाडौं– काठमाडौं महानगरपालिकाले कक्षा ११ मा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि लिएको छात्रवृत्ति परीक्षाको नतिजा सार्वजनिक गरेको छ । गत साउन ४ गते लिइएको परीक्षाको नतिजा महानगरले सोमबार सार्वजनिक गरेको हो ।
गत वर्षबाट महानगरले परीक्षामार्फत विद्यार्थीलाई कक्षा ११ मा छात्रवृत्ति दिन थालेको थियो । त्यसैलाई यसपाली पनि निरन्तरता दिइएको महानगर प्रमुख बालेन साह बताउँछन् ।
महानगरले नतिजा प्रकाशनका क्रममा विभिन्न मापदण्डसमेत बनाएको छ । परीक्षामा उच्च्तम अंक ल्याउनेलाई सबैभन्दा पहिलो योग्यताक्रमअनुसार र बराबर अंक ल्याउनेलाई एसईईको जीपीएको आधारमा छात्रवृत्ति उपलब्ध गराइएको महानगर प्रमुख साहले जानकारी दिए । यसैगरी, विषयगत रुपमा गणित, विज्ञान, अंग्रेजी र सामान्य ज्ञानमा प्राप्त गरेको अंक र सो पनि बराबर भएमा उमेरका आधारमा कनिष्टलाई योग्यताक्रममा अघि राख्ने निर्णय गरिएको उनले बताए ।
प्रकाशित भएको छात्रवृत्ति नतिजा अनुसार कायम योग्यता सूचीमा नाम समावेश नभएको वा नाम समावेश भएको तर योग्यता सूची उपर चित्त नबुझेका परीक्षार्थीले अनुसूची ३ बमोजिमको फाराम भरी महानगरपालिकामा पुनर्योग वा दाबीविरोधका लागि आवश्यक प्रमाणसहित अनलाइन मार्फत निवेदन दिन सक्ने साहले बताए । ‘आजको मितिबाट पुनर्योग एवं दाबीविरोधका लागि ३ दिन, अर्थात् २०८१ साल साउन १० गते बिहिवारसम्म तोकिएको छ,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
छात्रवृत्ति वितरण परीक्षा र परीक्षार्थीहरूले अनलाइनमार्फत छानेका शिक्षण संस्थाहरूका योग्यता एवं प्राथमिकताका आधारमा भर्ना हुनका लागि परीक्षार्थीलाई २०८१ साल साउन १३ गते शिक्षण संस्थाहरू सिफारिस गरिनेसमेत उनले बताए ।
‘योग्यता एवं प्राथमिकताका आधारमा छात्रवृत्ति प्राप्त गर्न प्रतिक्षामा रहेका विद्यार्थीहरूलाई छात्रवृत्ति कोटा खाली रहेका विद्यालयहरूमा पुनः म्याचिङ गर्ने अवसर दिइनेछ,’ उनले भने, ‘यस्तो पुनः म्याचिङ गर्दा एउटा विषय समूहमा आवेदन दिएको परीक्षार्थीले अर्को विषय समुहमा पनि शिक्षण संस्था रोज्न पाउनेछ ।’
पुनः म्याचिङ गर्ने समय पछि प्रकाशन गरिने महानगरले जनाएको छ ।
हेर्नुहाेस् नतिजा
ताजा अपडेट
- के शिक्षकले पनि पाउँछन् अब १५ दिनमै तलब ?
- प्रधानमन्त्री बालेन शाहद्वारा उपकुलपतिहरूसँग उच्च शिक्षा सुधारबारे छलफल
- तलबका लागि महिना कुर्नु नपर्ने, सरकारी कर्मचारीलाई अब १५ दिनमै भुक्तानी
- नर्भिक इन्टरनेशनल हस्पिटलद्वारा आमाको मुख हेर्ने दिनमा स्वास्थ्य सेवामा विशेष छुट
- एसइईपछि नतिजा पर्खिरहेका विद्यार्थीका लागि ‘इन्स्पायर सिरिज’ सुरु गर्दै मन्त्रालय
- शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा डा. ओजश्वी शेरचन
- रिलायन्सद्वारा छैटौँ राष्ट्रव्यापी निबन्ध प्रतियोगिता घोषणा, नगदसहित छात्रवृत्तिको अवसर
- स्वावलम्बन लघुवित्तद्वारा आरुवारीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
धेरैले पढेको
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय
- पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउपछि अब के हुन्छ ? कसरी अघि बढ्छ अनुसन्धान ?








तपाईको प्रतिक्रिया