इन्टरनेशनल प्रसिडेन्ट फ्याब्रीसियोको उपस्थितिमा लायन्स डिष्ट्रिक्ट ३२५ ई नेपालको पहिलो बैठक सम्पन्न

काठमाडौं । लायन्स डिष्ट्रिक्ट ३२५ ई नेपालको पहिलो क्याबिनेट अफिसर इन्टलेसन एण्ड फस्ट क्याबिनेट बैठक सम्पन्न भएको छ । लायन्सको इन्टरनेशनल प्रेसिडेन्ट फ्याब्रीसियो एलिभेराको प्रमुख आतिथ्यतामा काठमाडौंको चुच्चेपाटीस्थित हायत होटलमा बैठक सम्पन्न भएको हो ।
लायन्सको १०८ वर्षे इतिहासमै पहिलोपटक इन्टरनेशनल प्रेसिडेन्टको उपस्थितिमा उक्त बैठकमा विभिन्न १७ वटा क्लबले संयुक्त रुपमा आयोजना गरेका थिए । बैठकमामा फर्स्ट लेडी अमारीलेस एलिभेरासमेतको उपस्थिति रहेको थियो ।
बैठकमा क्याबिनेट अफिसरहरूलाई इन्टरनेशनल पिन र प्रमाणपत्र वितरण गरिएको थियो । १५ वटा जिल्लाका डिष्ट्रिक्ट गर्भनरसहित झन्डै सात सय भन्दा बढी लायन लिडरको बैठकमा सहभागिता रहेको थियो । लायन्सका यस्ता बैठक वर्षेनी चारवटासम्म हुने गर्दछ ।
बैठकमा इन्टरनेशनल डाइरेक्टर बालकृष्ण बुर्लाकोटी, पास्ट इन्टरनेशनल डाइरेक्टर संजय खेतान लगायत अन्य अतिथिहरूको उपस्थिति रहेको थियो । बैठकको अध्यक्ष एवम् डिष्ट्रिक्ट गभर्नर रामशरण बस्नेतले विश्वमा नै यो वर्ष डिष्ट्रिक्ट हप्ता सबैभन्दा बढी सेवा गतिविधिहरू सफलतापूर्वक सम्पन्न गरी ‘माइ लियोन पोर्टल’मा रिपोर्टिङ गरेर डिष्ट्रिक्ट ३२५ ई पहिलो भएकोमा खुसी व्यक्त गरे ।
त्यस्तै, बैठकमा मल्टिपल को–अर्डिनेटर पास्ट डिष्ट्रिक्ट गभर्नर अनन्तप्रसाद भेटुवालले इन्टरनेशनल प्रेसिडेन्टको परिचय पोर्चुगिज भाषामा गराउँदा हलले प्रशंसा गरेको थियो । उक्त परिचयको इन्टरनेशनल प्रेसिडेन्टलेसमेत प्रशंसा गरेका थिए ।
तपाईको प्रतिक्रिया
ताजा अपडेट
- चिकित्सा शिक्षा आयोगको २० औं बैठक : पिसिएल नर्सिङको कोटा निर्धारण
- नेपाल संस्कृत विश्वविद्यालयको सिनेट : एक अर्ब ३१ करोडको बजेट स्वीकृत
- पूर्वाञ्चल विश्वविद्यालयको एक अर्ब ७० करोड बजेट स्वीकृत
- कृषि तथा वन विज्ञान विश्वविद्यालयको एक अर्ब ६८ करोड बजेट स्वीकृत
- एपेक्स लाइफ स्कुलमा भानु जयन्तीको अवसरमा उपत्यकाव्यापी कविता प्रतियोगिता सम्पन्न
- काठमाडौं महानगरको छात्रवृत्तिका लागि १७ हजारभन्दा बढी विद्यार्थीले दिए आवेदन, कुन विषयमा कति ?
- सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४ करोड रुपैयाँ बजेट स्वीकृत
- राजर्षि विश्वविद्यालयको सिनेट : ३७ करोड ९३ लाख रुपैयाँ बजेट स्वीकृत
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
- आज साँझसम्म एसईईको नतिजा प्रकाशित गर्ने बोर्डको निर्णय