सुनकोशीका विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरिने
सुनकोशी गाउँपालिकाले आगामी शैक्षिक सत्रदेखि पालिकाभित्रका सम्पूर्ण विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । गाउँपालिकाले बाधभैरव माध्यमिक विद्यालयका प्रधानध्यापक विष्णुप्रसाद न्यौपानेको संयोजकत्वमा ६ सदस्यीय स्थानीय पाठ्यक्रम निर्माण कार्यदल गठन गरेको थियो ।
कार्यदलले दुई महिना लगाएर सरोकारवाला र सम्बन्धित विज्ञहरुसँग छलफल र राय सुझाव समेटी ‘हाम्रो सुनकोशी’ नाममा पाठ्यक्रम तयार पारेको छ । गाउँपालिकाका सामुदायिक र निजी विद्यालयमा कक्षा १ देखि ८ सम्म उक्त पाठ्यक्रम लागू गरिने गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
सुनकोशी गाउँपालिकामा एक निजीसहित ३३ विद्यालय सञ्चालनमा छन् । समितिले तयार पारेको पाठ्यक्रम गाउँपालिका अध्यक्ष एवम् शिक्षा समितिका संयोजक टपिन्द्रप्रसाद तिमिल्सिनालाई हस्तान्तरण गरेको छ ।
पाठ्यक्रममा सुनकोशी गाउँपालिकाको परिचय, पालिकाभित्रका संस्कृति संस्कार, प्राकृतिक सम्पदा, मानव निर्मित सम्पदा, घरेलु उद्योग, पशुपन्क्षी, माछापालन, हाम्रा पेसा व्यवसाय लगायतका नौ विषयवस्तु समावेश गरिएको पाठ्यक्रम निर्माण समितिका संयोजक विष्णुप्रसाद न्यौपानेले जानकारी दिए ।
पाठ्यक्रममा कक्षागत सिकाइ उपलब्धि, विषय क्षेत्रगत कार्यघण्टा, विषयवस्तुको विस्तृतिकरण सिकाइ सहजीकरण प्रक्रिया, सम्भाव्य शिक्षण सिकाइ विधि, विद्यार्थी मूल्याङ्कन लगायतका विषयवस्तु समेटिएका छन् ।
ताजा अपडेट
- जेठ १४ गते सार्वजनिक बिदा
- नामअघि ‘Dr.’ लेखेर सर्वसाधारण झुक्याउनेलाई अब कडा कारबाही
- कक्षा ११ को पढाइ असार १ गतेदेखि सुरु गर्न निर्देशन
- सेन्ट लरेन्सको ३० वर्षे विरासत : सिर्जनशील शिक्षादेखि नेतृत्व विकाससम्म
- विनायक सिद्ध कलेज: जहाँ ब्राण्ड होइन, भविष्य रोजिन्छ
- शैक्षिक परामर्श क्षेत्रमाथि ‘ब्ल्याङ्केट क्रिमिनलाइजेसन’ नगर्न इक्यानको चेतावनी
- ललितपुरको दोस्रो उत्कृष्ट कलेजका रूपमा स्थापित पिनाकल एकेडेमी
- नेपालकै तेस्रो स्थानमा काठमाडौं मोडल: किन बनिरहेको छ विद्यार्थीको पहिलो रोजाइ ?
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय









तपाईको प्रतिक्रिया