प्याब्सनको स्थापना दिवस विविध कार्यक्रममा साथ सम्पन्न
काठमाडौं—राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) विविध कार्यक्रमका साथ आफ्नो २५ औँ स्थापना दिवस तथा रजत महोत्सव मनाएको छ। स्थापनाको २५औँ वर्ष पुरा गरेको गौरवपूर्ण अवसरमा बुधबार राष्ट्रिय सभागृहमा औपचारिक कार्यक्रमसहित नेशनल प्याब्सन राष्ट्रिय लोक नृत्य प्रतियोगिता र नेशनल प्याब्सन राष्ट्रिय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो।
नेसनल प्याब्सनका राष्ट्रिय अध्यक्ष पाण्डव हमाल ठकुरीको सभापतित्वमा सम्पन्न राष्ट्रिय सभागृहको कार्यक्रममा नेपाल सरकारका मन्त्री अब्दुल खानको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रमका अन्य अतिथिहरूमा संघीय सांसद ठाकुर गैरे, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्द बहादुर सिंह, नेशनल प्याब्सनका संस्थापक संयोजक वसन्तबहादुर श्रेष्ठ, पूर्व अध्यक्ष टिका प्रसाद उप्रेती, निवर्तमान अध्यक्ष ऋतुराज सापकोटा, शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता दिपक शर्मा, हिसानका अध्यक्ष रमेश सिलवाल, प्याब्सन अध्यक्ष डि. के. ढुंगाना, अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीलगायत रहेका थिए।
कार्यक्रममा देशभरका प्रतिनिधि शिक्षक, शिक्षिका, कर्मचारी, विधार्थी तथा संस्थाका शुभचिन्तकहरुको कार्यक्रममा उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गरेका अधिकांश अतिथिहरूले नेशनल प्याब्सनले प्राप्त गरेको सफलताका लागि बधाई दिँदै निजी विद्यालयको समस्या, चुनौती र सम्भावनाका बारेमा व्याख्या गरेका थिए भने निजी विद्यालयहरूको समस्या समाधानका लागि नेपाल सरकारको ध्यानाकर्षण समेत गराएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि मन्त्री अब्दुल खानले वर्तमान सरकार निजी विद्यालयको स्थायीत्वका लागि मिलेर काम तयार रहेको बताउँदै मुलुकको शिक्षा क्षेत्र तथा निजी विद्यालयको उन्नतिका लागि धारणा पत्र माग गरे। उनले प्राप्त धारणा पत्र अनुसार नै शिक्षा नीति अवलम्बन गरिने आश्वासन दिए।
कार्यक्रममा नेशनल प्याब्सनले आफ्ना संस्थापक संयोजक वसन्तबहादुर श्रेष्ठ, पूर्व अध्यक्षहरू गीता राणा, टिका प्रसाद उप्रेती, कर्णबहादुर शाही तथा निवर्तमान अध्यक्ष ऋतुराज सापकोटालाई अभिनन्दन गरेको थियो ।
त्यस्तै केन्द्रीय समितिको विभिन्न कार्यक्रमहरूमा सहयोग पुर्याउने जिल्ला समितिहरू क्रमशः बाँके, कपिलवस्तु र तनहुँ जिल्ला समितिहरूलाई सम्मान गरिएको थियो । नेशनल प्याब्सनको विभिन्न समितिहरूमा रही संस्थालाई अघि बढाउन योगदान गर्ने पूर्व वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र मोहन भट्टराई, सप्तरी जिल्ला पूर्व अध्यक्ष इन्जिनियर बौकु शाह तथा रुपन्देही जिल्ला पूर्व अध्यक्ष देउ प्रकाश राईलाई उक्त अवसरमा प्रशंसा पत्र प्रदान गरिएको थियो।
बुधवार साँझ नै नेसनल प्याब्सनको स्थापना देखिका विविध गतिविधि समेटिएको डकुमेन्ट्री प्रदर्शन तथा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको थियो।
‘निजी लगानीका विद्यालयहरूमा अभिभावक र विद्यार्थीहरूको आकर्षण’ शीर्षकमा भएको प्रतियोगितात्मक वक्तृत्वकलामा लुम्बिनी प्रदेशबाट श्रद्धा बस्नेत प्रथम, प्रदेश १ का सन्देश राई द्वितीय, बागमती प्रदेशकी प्रशंसा कार्कीले तृतीय स्थान हासिल गरे भने अन्य प्रदेशहरूबाट प्रतिनिधित्व गर्ने विद्यार्थीहरू सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भए ।
उक्त प्रतियोगिताको निर्णायकका रूपमा नवराज लम्साल, हरिहर तिमिल्सिना र योगेन्द्र पौडेल रहेका थिए। विजयी प्रतियोगी विद्यार्थीले क्रमसः प्रथमले १५ हजार रुपैयाँ, द्वितीयले १० हजार रुपैयाँ, तृतीयले ७ हजार ५०० सय रुपैयाँ र सान्त्वनाले ५ हजार रुपैयाँ नगदका साथै ट्रफी, मेडल र प्रमाण पत्र पाएका थिए ।
मिथिला शर्मा, कमल राई र महेश गोदार निर्णायक रहेको नेशनल प्याब्सन राष्ट्रिय लोक नृत्य प्रतियोगितामा लुम्बिनी प्रदेश प्रथम, गण्डकी प्रदेश द्वितीय, र बागमती प्रदेशले तृतीय स्थान हासिल गर्दा अन्य प्रदेशहरू सान्त्वना पुरस्कारबाट सम्मानित भएका थिए। यो विधामा क्रमसः प्रथमले ५१ हजार रुपैयाँ, द्वितीयले ३१ हजार रुपैयाँ, तृतीयले २१ हजार रुपैयाँ र सान्त्वनाले ११ हजार रुपैयाँ नगदका साथै ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए।
स्थापना दिवसको अवसरमा केन्द्रसँगै नेशनल प्याब्सनका मुलुकभरका सदस्य विद्यालय, पालिका समिति, जिल्ला समिति, प्रदेश समिति तथा केन्द्रीय समितिले पनि विविध कार्यक्रमहरूको आयोजना गरी एकैसाथ उत्सव मनाएका थिए।
ताजा अपडेट
- कक्षा ११ को पढाइ असार १ गतेदेखि सुरु गर्न निर्देशन
- सेन्ट लरेन्सको ३० वर्षे विरासत : सिर्जनशील शिक्षादेखि नेतृत्व विकाससम्म
- विनायक सिद्ध कलेज: जहाँ ब्राण्ड होइन, भविष्य रोजिन्छ
- शैक्षिक परामर्श क्षेत्रमाथि ‘ब्ल्याङ्केट क्रिमिनलाइजेसन’ नगर्न इक्यानको चेतावनी
- ललितपुरको दोस्रो उत्कृष्ट कलेजका रूपमा स्थापित पिनाकल एकेडेमी
- नेपालकै तेस्रो स्थानमा काठमाडौं मोडल: किन बनिरहेको छ विद्यार्थीको पहिलो रोजाइ ?
- त्रिविको शिक्षाध्यक्षमा खनाल र रजिस्ट्रारमा चालिसे नियुक्त
- एसइइमा ४ जीपीए ल्याउने ७५ जनालाई गोकर्णेश्वर नगरपालिकाले कक्षा ११ र १२ नि:शुल्क पढाउने
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय









तपाईको प्रतिक्रिया