७० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै नेपाल इन्जिनियरिङ कलेज
काठमाडौं– चागुँनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजले ७० जना विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कलेजले ७० जनालाई छात्रवृत्ति प्रदान गर्ने जनाएको हो ।
विश्वविद्यालयको १० प्रतिशत छात्रवृत्तिसँगै वडा, नगरपालिका, प्रदेश छात्रवृत्ति, कलेज टपर छात्रवृत्ति, सेमेस्टर टपर छात्रवृत्ति समेत प्रदान गर्दै आएको कलेजले जनाएको छ । यसका लागि कलेजले वार्षिक १५ करोड रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गर्दै आएको कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारीले जानकारी दिए ।
नेपाल इन्जिनियरिङ कलेजका सञ्चालन समितिको अध्यक्ष एवं चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले नेपालमै सर्वशुलभ शुल्कमा गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गर्ने संस्था रहेको भन्दै युवाहरु बाहिरिन नपर्ने बताए । साथै, सबै विद्यार्थीहरुलाई विदेश नगई देशमै बस्न आग्रह गरेका छन् ।
उनले भने, ‘नेपाल इन्जिनियरिङ कलेज विशुद्ध सर्वशुलभ शुल्कमा गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गर्न प्रतिबद्ध रहेको शैक्षिक संस्था हो । कलेज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा गठित सञ्चालक समितिमार्फत सञ्चालनमा रहेको छ । यसले राम्रो शिक्षा प्रदान गरेको छ र समय अनुसार अन्य विषयहरु पनि सुरुवात गर्ने भएको हुनाले यो बारे सबैलाई जानकारी गराउन अनुरोध गर्न चाहन्छु ।’ उनले पछिल्लो समय कक्षा १२ पास गर्ने वित्तिकै सीप र क्षमता विना विद्यार्थीहरु उच्च शिक्षाको नाममा बिदेश जाने प्रवृत्ति बढेको पनि बताए ।
विद्यार्थीहरु आफैं काम गरेर कमाएर पढ्नुपर्ने, विदेश आएको लाखौ ऋणको दायित्व पनि वहन गर्नुपर्ने परिस्थिति सृजना हुँदा शारीरिक र मानसिक रुपमा विछिप्त बन्दै गलत बाटोमा हिड्न सक्ने सम्भावना पनि रहेको उनको भनाई छ ।
उनले नेपालको शिक्षा अन्तर्राष्ट्रियस्तरको रहेको भन्दै नेपालमै इन्जिनियरिङ गरेका विद्यार्थीहरु विश्वका धेरै देशहरुमा प्रतिष्ठित कम्पनी र क्षेत्रमा सफलतापूर्वक अगाडि बढिरहेको भन्दै प्रश्न उठाउने ठाउँ नरहेको बताए ।
कलेजका सहायक प्राध्यापक यमकृष्ण पौडेलले पोखरा विश्वविद्यालयले केही समय अगाडिमात्रै पाठ्यक्रमहरू समय सापेक्ष संशोधन गरिसकेको बताए । नेपाल इन्जिनियरिङ कलेजले पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको छ ।
‘इन्जिनियरिङ विधाका सबै पाठ्यक्रमहरू विश्वव्यापी एकरूपता हुन्छ,’ उनले भने, ‘नेपालमै इन्जिनियरिङ गरेका विद्यार्थीहरू विश्वका धेरै देशहरुमा प्रतिष्ठित कम्पनी र क्षेत्रमा सफलतापूर्वक अगाडि बढिरहेको प्रशस्त उदाहरण छन् ।’
मुनाफारहित सामाजिक शैक्षिक संस्थासमेत रहेको कलेजले आफ्नै करिब २०० रोपनी जग्गामा पूर्वाधार बनाएको छ । १२३ जना पूर्णकालीन शिक्षक÷कर्मचारी रहेको उक्त कलेजमा इन्जिनियरिङ विधाका सबै पाठ्यक्रम र रिसोर्सयुक्त आधुनिक पुस्तकालयसमेत छन् ।
अत्याधुनिक ल्याब, आइटी सेन्टरको व्यवस्था, सहरी कोलाहलदेखि मुक्त शान्त तथा हरियाली वातावरण अत्याधुनिक प्रविधि, प्रयोगात्मक शिक्षण विधि र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रिसर्चका लागि पहुँचसमेत रहेको कलेजले जानकारी दिएको छ ।
कलेजले युरोप, जापान, भारत लगायत देशका विभिन्न कलेज र विश्वविद्यालयहरूसँग शिक्षक विद्यार्थी एक्सचेञ्जको अवसर दिने बताएको छ । कलेजले स्नातक तहतर्फ ६ वटा विषय र स्नातकोत्तर तहतर्फ ४ वटा विषय अध्यापन गराउँदै आएको छ । स्नातक तहमा बीई सिभिल इन्जिनियरिङ (१४४ सिट), बी आर्किटेक्ट (४८ सिट), बीई सिभिल एण्ड रुलर इन्जिनियरिङ (४८ सिट), बीई कम्प्युटर इन्जिनियरिङ (९६ सिट), इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ (४८सिट), इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशनमा (४८ सिट), बीई सिभिल फर डिप्लोमा होल्डर्स (४८ सिट) सम्बन्धी अध्यापन हुँदै आएको छ ।
त्यस्तै स्नातकोत्तर तहतर्फ कन्स्ट्रक्सन म्यानेजमेन्ट, इन्टरडिस्प्लीनरी वाटर रिसोर्स म्यानेजमेन्ट, नेचुरल रिसोर्स म्यानेजमेन्ट र ट्रान्सपोर्टेशन इन्जिनियरिङ म्यानेजमेन्ट सम्बन्धी अध्यापन हुँदै आएको छ । सो इन्जिनियरिङ कलेजमा हरेक वर्ष स्नातक तहमा ४८० जना विद्यार्थी र स्नातकोत्तर तहमा १५० विद्यार्थीहरू भर्ना हुने गरेका छन् ।
ताजा अपडेट
- त्रिविमा एकैचोटि सबै शीर्ष पदाधिकारीको राजीनामा
- कक्षा १२ को परीक्षा सुरु, आज अनिवार्य अंग्रेजी
- कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा, सोमबारदेखि परीक्षा सुरु हुँदै
- बोर्डमा मन्त्रीको एक्सन: ४५ दिनभित्र कक्षा १२ नतिजा निकाल्न निर्देशन, नसके मार्गप्रशस्त गर्न चेतावनी
- व्यवसायी गोल्छा पक्राउ, पुल्चोक क्याम्पसको जग्गामा रहेको इम्बार्क कलेजको विवाद फेरि सतहमा
- के शिक्षकले पनि पाउँछन् अब १५ दिनमै तलब ?
- प्रधानमन्त्री बालेन शाहद्वारा उपकुलपतिहरूसँग उच्च शिक्षा सुधारबारे छलफल
- तलबका लागि महिना कुर्नु नपर्ने, सरकारी कर्मचारीलाई अब १५ दिनमै भुक्तानी
धेरैले पढेको
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय
- पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउपछि अब के हुन्छ ? कसरी अघि बढ्छ अनुसन्धान ?








तपाईको प्रतिक्रिया