रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघ (आरपीमुन)को नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न

काठमाडौं– रिलायन्स एजुकेशन नेटवर्कमा सञ्चालित रिलायन्स पब्लिक नमुना संयुक्त राष्ट्रसंघ (आरपीमुन) को नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । साउन ३१ गतेबाट सुरु भएको आरपीमुन भदौ १ गते एक समारोहकाबीच समापन भएको हो ।
आरपीमुनमा काठमाडौं उपत्यका लगायतका रुपन्देही, चितवन, धनुषा, नवलपुर लगायतका २५ शैक्षिक संस्थाका २२८ जना विद्यार्थीले सहभागिता जनाएका थिए । रिलायन्स एजुकेशन नेटवर्कका अध्यक्ष श्री रविन्द्रजंग थापाले अध्यक्षता गरेको समापन कार्यक्रममा संयुक्त राष्ट्रसंघका पूर्व स्थायी प्रतिनिधि मधुरमण आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै, कार्यक्रममा वरिष्ठ पत्रकार प्राध्यापक पुरुषोत्तम दाहाल विशेष अतिथि रहेका थिए ।
काठमाडौंको कपनस्थित रिलायन्स पब्लिक स्कुलको सभाहलमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले डाइसेक, डब्लूएचओ, युएनओएसए, आइपीसी, युएनएचआरसी, यूनेप, संघीय संसद् नेपाल तथा ऐतिहासिक विपत समिति गरी ८ वटा समितिमा रहेर छलफलमा सहभागिता जनाएका थिए । ‘जहाँ युवा मस्तिष्कहरु वार्ताको लागि भेला हुन्छन्’ भन्ने मुल नाराका साथ ३ दिनसम्म चलेको सम्मेलनमा मानव जगतका जल्दाबल्दा समस्यामा व्यापक छलफल गरी विश्वबन्धुत्वको भावना, मानव अधिकार, जलवायु परिवर्तनलाई के कसरी न्यूनीकरण गर्ने भन्ने विषयमा केन्द्रित भएर व्यापक छलफल गरी घोषणा पत्र जारी गर्दै सम्मेलन समापन भएको छ ।
कार्यक्रमको समापन गर्दै रिलायन्स एजुकेशन नेटवर्कका सञ्चालक एवम् सिनियर चार्टर एकाउन्टेन्ट राजु कुमार शिवाकोटीले सम्मेलनले ८ वटा समितिमा रहेका अध्यक्ष, सह–अध्यक्ष र मध्यस्थकर्तालाई मायाको चिनो हस्तान्तरण गर्दै यस्ता कार्यक्रमले आपसी समझदारी गरी समस्याको निराकरण गर्न थप सहयोग पुग्ने बताए ।
समापन समारोहमा २२८ प्रतिनिधिहरुमध्ये उत्कृष्ट प्रतिनिधि र अतिविशिष्ट प्रतिनिधि सदस्यहरुलाई पुरस्कृत गर्दै रिलायन्स पब्लिक स्कुलका प्रधानाध्यापक वसन्तलाल लामिछानेले विद्यार्थीहरुमा कुटनीतिक क्षमताको अभिवृद्धि एवम् सामुहिक रुपमा बहस गर्ने क्षमताको विकास हुने कुरा बताए । सम्मेलनको सञ्चालन आरपीमुन नवौं संस्करणका कन्फरेन्स डाइरेक्टर दिलिप नेपालले गरेका थिए । आरपीमुन नवौँ संस्करणका महासचिव तृष्णा बजगाईँले अर्को वर्ष दशौँ संस्करण भव्यताका साथ सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्दै कार्यक्रम समापन गरेकी थिइन् ।
ताजा अपडेट
- शिक्षामन्त्री पुनको निर्देशनः ३ महिनामै नतिजा, हरेक स्कुलमा कम्प्युटर शिक्षक, त्रिविकाे सफाइ
- नवनियुक्त शिक्षामन्त्री मन्त्रालयमै सुत्ने, सेक्युरिटी पनि नलिने
- कक्षा १२ को मौका परीक्षा आज र भोलि
- शिक्षामन्त्रीमा महावीर पुन
- कक्षा १२ को मौका परीक्षा ७ र ८ असोजमा गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय
- असोज १ गते शोक विदा दिने मन्त्रीपरिषद्को निर्णय
- शिक्षकलाई कार्यालय समयमा टिकटक भिडियो नबनाउन शिक्षा मन्त्रालयको निर्देशन
- प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
तपाईको प्रतिक्रिया