कहिले आउला एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा ? यस्तो छ बोर्डको तयारी
काठमाडौं । यतिबेला २ लाख ९ हजार ८ सय ४ जना विद्यार्थी एसईई ग्रेडवृद्धि परीक्षाको नतिजाको प्रतिक्षामा छन् । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले गत साउन २३ देखि ३१ गते एसईई ग्रेडवृद्धि परीक्षा सञ्चालन गरेको थियो ।
नतिजा तयारीका विषयमा के गर्दैछ त बोर्ड ? बोर्ड (कक्षा १०)का परीक्षा नियन्त्रण नन्दलाल पौडेल यतिबेला उत्तरपुस्तिका परीक्षणको काम भइरहेको बताउँछन् । ‘हामी दसैँ अघि नै ग्रेडवृद्धिको नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिरहेका छौँ,’ उनले भने, ‘कक्षा ११ को रजिष्ट्रेसन फारम भर्नका लागि कुनै अप्ठ्यारो नपर्ने गरी नतिजा निकाल्छौँ ।’
बोर्ड यसअघि सार्वजनिक गरेको एसईईको नतिजामा २ लाख ३४ हजार विद्यार्थीले नन् ग्रेड पाएका थिए ।
एसईईको परीक्षा प्रदेशले सञ्चालन गर्ने प्रावधान भएपनि प्रदेशले त्यो जिम्मेवारी पाउन सकिरहेको थिएन । यद्यपि, ग्रेडवृद्धि परीक्षाको जिम्मेवारी भने बोर्डले प्रदेशलाई जिम्मा दिएको थियो । ग्रेडवृद्धि परीक्षाको प्रश्नपत्र छपाई, उत्तरपुस्तिका पुर्याउनेदेखि संकलन, परीक्षा केन्द्र तोक्ने र उत्तरपुस्तिका परीक्षण लगायतका सबै काम प्रदेशलाई जिम्मा दिएको पौडेलले बताए । ‘अब हामीले त नतिजा निकाल्ने मात्र हो,’ उनले भने, ‘प्रदेशलाई नै जिम्मा दिँदा अझै छिटो हुने हाम्रो आशा छ ।’
यतिबेला उत्तरपुस्तिका परीक्षण भइरहेको र परीक्षण सकिएकाहरुको नम्बर बोर्डमा पठाउनेसमेत काम भइरहेको पौडेलले जानकारी दिए ।
ताजा अपडेट
- विश्वविद्यालयमा अब १० प्रतिशत छात्रवृत्ति अनिवार्य
- रिलायन्स कलेजद्वारा ‘रिलायन्स करिअर टक–२०८३’ सम्पन्न, विद्यार्थीलाई करिअर छनोटमा मार्गदर्शन
- सेन्ट लरेन्सद्वारा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई विदाई
- कक्षा १२ पुनर्योग (Retotaling) को नतिजा सार्वजनिक : १८ हजारमध्ये १२७ विद्यार्थी मात्रै उत्तीर्ण
- आविष्कार ‘२६’ मा इनोभेक्स एमआईटीको दोहोरो सफलता, दुई विधामा च्याम्पियन
- ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति : कसको पृष्ठभूमि के ?
- विदेशी सम्बन्धनका कलेजमा सरकारको निगरानी: मापदण्ड नपुगे नवीकरणदेखि भर्नासम्म रोक
- बुढानीलकण्ठ नगर प्रमुखसँग रिलायन्स पब्लिक स्कुलका विद्यार्थीको अन्तरक्रिया
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय











तपाईको प्रतिक्रिया