कहिले आउला एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा ? यस्तो छ बोर्डको तयारी

काठमाडौं । यतिबेला २ लाख ९ हजार ८ सय ४ जना विद्यार्थी एसईई ग्रेडवृद्धि परीक्षाको नतिजाको प्रतिक्षामा छन् । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले गत साउन २३ देखि ३१ गते एसईई ग्रेडवृद्धि परीक्षा सञ्चालन गरेको थियो ।
नतिजा तयारीका विषयमा के गर्दैछ त बोर्ड ? बोर्ड (कक्षा १०)का परीक्षा नियन्त्रण नन्दलाल पौडेल यतिबेला उत्तरपुस्तिका परीक्षणको काम भइरहेको बताउँछन् । ‘हामी दसैँ अघि नै ग्रेडवृद्धिको नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिरहेका छौँ,’ उनले भने, ‘कक्षा ११ को रजिष्ट्रेसन फारम भर्नका लागि कुनै अप्ठ्यारो नपर्ने गरी नतिजा निकाल्छौँ ।’
बोर्ड यसअघि सार्वजनिक गरेको एसईईको नतिजामा २ लाख ३४ हजार विद्यार्थीले नन् ग्रेड पाएका थिए ।
एसईईको परीक्षा प्रदेशले सञ्चालन गर्ने प्रावधान भएपनि प्रदेशले त्यो जिम्मेवारी पाउन सकिरहेको थिएन । यद्यपि, ग्रेडवृद्धि परीक्षाको जिम्मेवारी भने बोर्डले प्रदेशलाई जिम्मा दिएको थियो । ग्रेडवृद्धि परीक्षाको प्रश्नपत्र छपाई, उत्तरपुस्तिका पुर्याउनेदेखि संकलन, परीक्षा केन्द्र तोक्ने र उत्तरपुस्तिका परीक्षण लगायतका सबै काम प्रदेशलाई जिम्मा दिएको पौडेलले बताए । ‘अब हामीले त नतिजा निकाल्ने मात्र हो,’ उनले भने, ‘प्रदेशलाई नै जिम्मा दिँदा अझै छिटो हुने हाम्रो आशा छ ।’
यतिबेला उत्तरपुस्तिका परीक्षण भइरहेको र परीक्षण सकिएकाहरुको नम्बर बोर्डमा पठाउनेसमेत काम भइरहेको पौडेलले जानकारी दिए ।
ताजा अपडेट
- प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर नयाँ नयाँ चुनौतीको सामना गर्न विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रह
- राजर्षि जनक विश्वविद्यालयको प्रथम दीक्षान्त, नेपाली विद्यार्थीको ‘जेनेटिक पावर’ सशक्त छ : प्रधानमन्त्री
- लाहुरेको रेलिमाईलाई दुई लाख रुपैयाँको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता नगरी ‘ओए’ कार्यक्रम नै बन्द गर्ने निर्णयमा तिलगंगा
- इञ्जिनियर न्यौपानेलाई वेष्टक्लिफ विद्यालयको उत्कृष्ट अवार्ड
- कार्डियोथोरासिक भास्कुलर नर्सेस समाजद्वारा पहिलो नर्सिङ सम्मेलन सम्पन्न
- बजेटमा शिक्षाः २ खर्ब ११ अर्ब १७ करोड बजेट, यस्ता छन् शिक्षाका कार्यक्रम (पूर्णपाठसहित)
- शिक्षा मन्त्रालयको बजेट २ खर्ब ११ अर्ब १७ करोड
धेरैले पढेको
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
- कक्षा १२ को परीक्षाको नयाँ समय तालिका सार्वजनिक
- “Exciting Rivals and Unmatched Action at The Aradhya Pickleball Championship 2025”
- कार्डियोथोरासिक भास्कुलर नर्सेस समाजद्वारा पहिलो नर्सिङ सम्मेलन सम्पन्न
- शुभश्री कलेज अफ म्यानेजमेन्ट र मर्क्युर होटलबीच सम्झौता
तपाईको प्रतिक्रिया