Techie IT
  • आईतबार, असोज ४, २०८३ / Sunday, September 20, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठशिक्षा समाचार२३ वर्षदेखि पास नभएकालाई त्रिविले मौका परीक्षाको अवसर दिने

२३ वर्षदेखि पास नभएकालाई त्रिविले मौका परीक्षाको अवसर दिने


काठमाडौं— त्रिविले समय सीमा कटेर परीक्षा दिन नपाएका विद्यार्थीहरूका लागि यस पटक परीक्षा दिन पाउने मौका खुलाएको छ। सोमबार त्रिविको परीक्षा सुधार समितिका अध्यक्ष एवं शिक्षाध्यक्षक खड्ग केसीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकको निर्णयपछि मंगलबार त्रिविले एक सुचना प्रकाशित गर्दै त्रिविअन्तर्गतका मानविकी तथा सामाजिकाशास्त्र, शिक्षा, व्यवस्थापन, कानुन संकाय र विज्ञान तथा प्रविधी संस्थानअन्तर्गतका विद्यार्थीहरुको हकमा वार्षिक प्रणालीअन्तर्गत २०५८ देखि र सेमेष्टर प्रणालीअन्तर्गत २०६९ यताका विद्यार्थीहरूले मौका परीक्षा दिन पाउने जनाएको छ ।

यस्तै, बैठकले त्रिविबाट सञ्चालन हुने जुनसुकै परीक्षामा पनि एआई प्रयोग गरेको भेटिए त्यस्ता विद्यार्थीको परीक्षा रद्द गर्ने निर्णय पनि गरेको छ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको