अब शिक्षकले मासिक रुपमा तलब पाउने, केन्द्रले सबै स्थानीय तहलाई दियो यस्तो निर्देशन !
काठमाडौं– शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकलाई मासिक रुपमा तलबभत्ता उपलब्ध गराउन सबै स्थानीय तहलाई अनुरोध गरेको छ । केन्द्रको बुधबार बसेको बैठकले चालु आर्थिक वर्ष २०८१/०२ को स्वीकृत कार्यक्रम कार्यान्वयन कार्यविधिको खण्ड २ को बुँदा ५ मा उल्लेख भएको प्राबधानलाई कार्यान्वयनमा लैजाने निर्णय गर्दै स्थानीय तहलाई अनुरोध गरेको केन्द्रकी शाखा अधिकृत मुक्तादेवी पोखरेलले जानकारी दिइन् ।
आ.व. २०८१/०८२ को स्वीकृत कार्यक्रम कार्यान्वयन कार्यविधिको खण्ड २ स्थानीय तहबाट सम्पादन हुने सशर्त अनुदानका सबै बजेट उपशिर्षकहरुको कार्यक्रम कार्यान्वयन प्रक्रिया एवम् मापदण्डको शिक्षकको तलबभत्ता अन्तर्गत बुँदा नम्बर ५ मा विद्यालयले शिक्षक र कर्मचारीको तलब भत्ता बैंकिङमार्फत भुक्तानी हुने व्यवस्था मिलाउनुपर्ने उल्लेख छ । त्यस्तै, उक्त बुँदामा विद्यालयले त्रैमासिकको पहिलो महिनामा तीन महिनाका लागि नियमानुसार आवश्यक तलब भत्ता स्थानीय तहमा माग गर्ने र सोका आधारमा स्थानीय तहले विद्यालयलाई निकासा दिई विद्यालयले शिक्षकलाई नियमानुसार मासिकरुपमा तलबभत्ता भुक्तानी हुने व्यवस्था मिलाउने उल्लेख छ ।
उक्त प्रावधानलाई प्रभावकारी कार्यान्वयन गर्न सबैलाई अनुरोध गरिएको पोखरेलले जानकारी दिइन् । त्यस्तै, यस कार्यमा आवश्यक समन्वय सहजीकरणका साथै सो कार्यको नियमित अनुगमन गरी केन्द्रमा प्रतिवेदन पेश गर्न सबै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई केन्द्रले निर्देशनसमेत दिएको छ ।

ताजा अपडेट
- राजनीतिक गतिविधिमा शिक्षकको संलग्नता : यी हुन् कारवाहीमा परेका सिन्धुलीका ४ शिक्षक !
- टाइमलाइन स्कुलको कक्षा १० मा अध्ययनरत विद्यार्थी मुमेन श्रेष्ठ सम्पर्कविहीन
- शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो वार्षिक कार्यतालिका, यस्तो छ परीक्षा र पदपूर्तिको समय
- शिक्षक सेवा आयोगको परीक्षा र नतिजा प्रणाली सुधारमा मन्त्री पोखरेलको जोड
- बदलिँदै पाठ्यक्रम: कस्ता–कस्ता सुझाव आए ?
- ग्रामीण विद्यार्थीको शिक्षामा सहयोग र बाढी प्रभावित समुदायका लागि ‘प्रेसिडेन्सियल रन फर कज’ सम्पन्न
- भोटेकोशी बाढीको असर : १८ विद्यालय क्षतिग्रस्त, झन्डै १० हजार विद्यार्थीको पढाइ प्रभावित
- अर्वाना स्कुल अफ साइन्सद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया