त्रिवि गर्यो कलेजमै मार्कसीट प्रिन्ट हुने व्यवस्था
काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्नातक तहको मार्कसीट सम्बन्धित कलेजबाटै प्रिन्ट गर्ने व्यवस्था मिलाएको छ । कार्यालयले सोमबार एक सूचना जारी गर्दै सम्पूर्ण २०८० सालमा सञ्चालित स्नातक तह चौथो वर्षका वार्षिक परीक्षा प्रणाली अन्तर्गतका विद्यार्थीको मार्कसीट कलेजमै प्रिन्ट हुने व्यवस्था मिलाएको हो ।
परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट प्रवाह हुने सेवालाई क्रमशः डिजिटाइजेसन गर्ने अवधारणाअनुरुप परीक्षार्थीहरुको प्रकाशित नतिजाको मार्कसीट डिजिटल हस्ताक्षरसहित सम्बन्धित क्याम्पसबाट प्रिन्ट गर्ने व्यवस्था मिलाइएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । ‘मंसिर १९ गतेदेखि सम्बन्धित क्याम्पसले आफ्नो क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको मार्कसीट क्याम्पसलाई उपलब्ध गराइएको पोर्टलमा गएर प्रिन्ट गर्न सक्नुहुनेछ,’ उनले भने ।
जसका लागि कलेजलाई उपलब्ध गराइएको पोर्टलको Result Menu Select गरी मार्कसीट अप्सन छनोट गरेर प्रिन्ट गर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
ताजा अपडेट
- एसइईपछि नतिजा पर्खिरहेका विद्यार्थीका लागि ‘इन्स्पायर सिरिज’ सुरु गर्दै मन्त्रालय
- शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा डा. ओजश्वी शेरचन
- रिलायन्सद्वारा छैटौँ राष्ट्रव्यापी निबन्ध प्रतियोगिता घोषणा, नगदसहित छात्रवृत्तिको अवसर
- जहाँ शिक्षकको अभाव छ, त्यहीँ आशा बनेर पुग्छन् ‘साथी शिक्षक’ !
- २ दिने सार्वजनिक बिदा निर्णयप्रति नेसनल प्याब्सनको चिन्ता , शैक्षिक क्यालेण्डर प्रभावित हुने चेतावनी
- निजी विद्यालयले जथाभावी शुल्क लिन नपाउनेः के-के शिर्षकमा लिन पाउँछन् ?
- शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय
- आगामी शैक्षिक सत्र वैशाख १५ देखि सुरु गर्ने सरकारको निर्णय
धेरैले पढेको
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय
- पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउपछि अब के हुन्छ ? कसरी अघि बढ्छ अनुसन्धान ?








तपाईको प्रतिक्रिया