त्रिविले पायो ८ डीन र ३ निर्देशक, को–को भए नियुक्त ?
काठमाडौं– त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले ८ जना डीन र ३ जना निर्देशक नियुक्त गरेको छ । हिजो शनिबार परिषद्को बैठकले डीन र निर्देशकको नियुक्त गरेको हो ।
डीन र निर्देशक छनोटका लागि लामो समयदेखि त्रिविमा रस्साकस्सी चलिरहेको थियो । हाल आएर सर्वसम्मतीले नै डीन नियुक्त गरिएको त्रिवि परिषद्का एक सदस्यले जानकारी दिए । उनका अनुसार कार्यविधिकै आधारमा डीन नियुक्त गरिएको हो ।
छनोट समितिले सिफारिस गरेका तीन जनामध्ये पहिलो नम्बरमा रहेकालाई गर्ने कि अर्को छान्ने भन्नेमा विवाद थियो । वर्णानुक्रम अनुसार नाम भएकाले तीन जनामध्ये एक जना छान्ने नीति परिषद्ले लिएको ती सदस्यले जानकारी दिए , ।
परिषद्ले मानविकी तथा सामाजिकशास्त्रको डीनमा प्रा.डा. द्विविनन्द ढकाललाई नियुक्त गरेको छ । त्यस्तै, शिक्षाशास्त्र संकायमा प्रा.डा. बेदराज आचार्य, वन विज्ञान अध्ययन संस्थामा सहप्राध्यापक ठाकुर सिलवाल, चिकित्साशास्त्र अध्ययन संस्थानमा प्रा.डा. मोहोनराज शर्मा, व्यवस्थापन संकायमा प्रा.डा. महानन्द चालिसे, विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा प्रा.डा. शंकर खनाल, कृषि र पशुविज्ञान अध्ययन संस्थानमा सहप्राध्यापक डा.किशोरचन्द्र दाहाल र इन्जिनियरिङ अध्ययन संस्थानमा प्रा.डा. सुशीलबहादुर बज्राचार्यलाई डीनमा नियुक्त गरेको छ ।
त्यस्तै, त्रिविको कार्यकारी परिषद्ले तीन निर्देशक पनि नियुक्त गरेको छ । शिक्षा विकास तथा अनुसन्धान केन्द्रको निर्देशकमा डा. सहप्राध्यापक राजेन्द्र कुँवर, व्यवहारिक तथा प्रविधि अनुसन्धान केन्द्रको निर्देशकमा प्रा.डा. मिनराज भण्डारी र योजना निर्देशनालयका निर्देशकमा सहप्राध्यापक डा. लक्ष्मीकान्त शर्मा नियुक्त भएका छन् ।
ताजा अपडेट
- विदेशी सम्बन्धनका कलेजमा सरकारको निगरानी: मापदण्ड नपुगे नवीकरणदेखि भर्नासम्म रोक
- बुढानीलकण्ठ नगर प्रमुखसँग रिलायन्स पब्लिक स्कुलका विद्यार्थीको अन्तरक्रिया
- चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा. देवेन्द्र खत्री नियुक्त
- प्रधानाध्यापक नियुक्तिदेखि हटाउनेसम्मको अधिकार अब स्थानीय तहलाई
- एसईई ग्रेड वृद्धी परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार ५२३ विद्यार्थी उत्तीर्ण
- भोलि मंगलबार एसईई ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी
- सशस्त्र प्रहरीको स्कुलमै करोडौं हिनामिना !
- सात विश्वविद्यालयले पाए नयाँ उपकुलपति, खुला प्रतिस्पर्धाबाट प्रधानमन्त्री शाहद्वारा नियुक्ति
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय










तपाईको प्रतिक्रिया