त्रिविको स्वर्ण दीक्षान्त समारोहमा यी विद्यार्थीले पाउँदैछन् स्वर्णपदक
काठमाडौं – त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले पुष १३ गते ५० औँ दिक्षान्त समारोहमा आयोजना गर्दैछ । दशरथ रंगशालामा हुने समारोहको लगभग तयारी सकिसकेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले एजुकेशन समाचारलाई जानकारी दिए । उनका अनुसार यसपटक १४ हजार तीन सय सात विद्यार्थी दीक्षित हुँदैछन् ।
त्रिविले केही दिन अघि दीक्षान्त समारोहमा स्वर्णपदक पाउने विद्यार्थीहरुको नामावलीसमेत सार्वजनिक गरिसकेको छ । यसवर्ष व्यवस्थापन संकायतर्फको स्वर्णपदक एमफील तहका हिरा श्रेष्ठले पाउने भएका छन् । ३.९५ सीजीपीए प्राप्त गरेका उनी त्रिवि प्राध्यापक संघ शहीद हरिराजज अधिकारी स्वर्णपदकबाट सम्मानित हुँदैछन् ।
त्यस्तै, श्री इन्द्र भक्त श्रेष्ठ स्वर्ण पदक स्कुल अफ म्यानेजमेन्टको एमबीएकी सुधा काफ्ले पाउने भएकी छिन् । उनले ३.९४ सीजीपीए ल्याएकी छिन् ।
अमृत पदक एमएस्सी रसायनशास्त्रका सुशील पोखरेलले पाउने भएका छन् । उनले ३.९५ सीजीपीए ल्याएका छन् । मदन विद्या वातावरण विज्ञान पुरस्कार एमएस्सी वातावरण विज्ञान विषयमा रिकिता भण्डारीले पाउने भएकी छिन् । उनले ३.९४ सीजीपीए ल्याएकी छिन् ।
सरदार गुञ्जमान सिं स्वर्ण पदक एमबीएसबाट रेबिका भण्डारीले पाउने भएकी छिन् । उनले ३.९० सीजीपीए ल्याएकी छिन् । नरेन्द्रमणि आचार्य दीक्षित पदक एमए अंग्रेजी साहित्यमा सुदीक्षा घिमिरेले पाउने भएकी छिन् । रात्नराज्य लक्ष्मी क्याम्पसमा पढेकी उनले ३.८८ सीजीपीए ल्याएकी छिन् । बल्खुले सार्वजनिक गरेको सूचनामा डा।मोहनप्रसाद लाखे स्वर्ण पदक पनि उनले नै पाउने भएकी छिन् ।
शान्ति नारायण मिश्र पदक एमए पुस्तकालय विज्ञान विषयका संजिव कुमार सिंहले पाउने भएका छन् । उनले ३.८२ सीजीपीए ल्याएका छन् । डा. दुबसु क्षेत्री स्वर्ण पदक एमए अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा प्रतिकराज जोशीले पाउने भएका छन् । उनले ३.८१ सीजीपीए ल्याएका छन् ।
इमिरेट्स प्रा.डा. रामप्रसाद चौधरी स्वर्ण पदक एमएस्सी वनस्पति शास्त्रमा श्रीणा क्षेत्रीले पाउने भएकी छिन् । उनले ३.८० सीजीपीए ल्याएकी छिन् । नारायण शान्ति मिश्र पदक एमए पत्रकारिता तथा आमसञ्चार विषयमा चेतना कुँवरले पाउने भएकी छिन् । उनले ३.६८ सीजीपीए ल्याएकी छिन् ।
तारपद चौधरी पदक एमए अर्थशास्त्र विषयमा श्रीज्या काफ्लेले पाउने भएकी छिन् । उनले ३.६७ सीजीपीए ल्याएकी छिन् । खगेन्द्रमान सिं प्रधान पदक एमए अर्थशास्त्र विषयमा पनि उनले नै पाउने परीक्षा नियन्त्रण कार्यालयको सूचनामा उल्लेख छ । चन्द्रराज ढुंगेल स्मृति पुरस्कार पनि श्रीज्याले नै पाउने भएकी छिन् । तीन पदक पाउने भएकी उनले अर्थशास्त्र केन्द्रीय विभागमा अध्ययन गरेकी हुन् ।
सिल्पा विष्ट प्राज्ञिक उत्कृष्टता पुरस्कार एमएड तहमा महिलाहरूमध्येबाट सिता कुमारी श्रेष्ठले पाउने भएकी छिन् । उनले ३.४५ सीजीपीए ल्याएकी छिन् । भाइस चान्सलर पदक स्नातक तहका आकृति झाले पाएका छन् । उनले ३.९९ सीजीपीए ल्याएका छन् ।
सत्य माँ स्मृति स्वर्ण पदक बीबीएका आकृति झाले नै पाएका छन् । लोकराज ज्ञवाली पदक एलएलबीका सिजन बोहरलाले पाउने भएका छन् । ल क्याम्पसमा पढेका उनले ३.७१ सीजीपीए ल्याएका छन् ।
शिवराज पन्त स्मृति पुरस्कार सिभिल इन्जिनियरिङका स्नातक तह बीइ सिभिलका शाशिष थापाले पाउने भएका छन् । उनले ८४.२१ प्रतिशत ल्याएका छन् । छत्र बहादुर पदक बीबीएसका समिता डंगोलले पाएकी छिन् । उनले ८०.७० प्रतिशत ल्याएकी छिन् । सुशीलादेवी शर्मा पुरस्कार बीएडकी छात्रामध्येबाट संगिता प्रजापतिले पाउने भएकी छिन् । उनले ७५.१५ प्रतिशत ल्याएकी छिन् ।

ताजा अपडेट
- त्रिविमा एकैचोटि सबै शीर्ष पदाधिकारीको राजीनामा
- कक्षा १२ को परीक्षा सुरु, आज अनिवार्य अंग्रेजी
- कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा, सोमबारदेखि परीक्षा सुरु हुँदै
- बोर्डमा मन्त्रीको एक्सन: ४५ दिनभित्र कक्षा १२ नतिजा निकाल्न निर्देशन, नसके मार्गप्रशस्त गर्न चेतावनी
- व्यवसायी गोल्छा पक्राउ, पुल्चोक क्याम्पसको जग्गामा रहेको इम्बार्क कलेजको विवाद फेरि सतहमा
- के शिक्षकले पनि पाउँछन् अब १५ दिनमै तलब ?
- प्रधानमन्त्री बालेन शाहद्वारा उपकुलपतिहरूसँग उच्च शिक्षा सुधारबारे छलफल
- तलबका लागि महिना कुर्नु नपर्ने, सरकारी कर्मचारीलाई अब १५ दिनमै भुक्तानी
धेरैले पढेको
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’
- चौतर्फी विरोधपछि ब्याक भए शिक्षामन्त्री, विद्यालय तहका मात्रै इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्स बन्द गर्ने निर्णय
- पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखक पक्राउपछि अब के हुन्छ ? कसरी अघि बढ्छ अनुसन्धान ?








तपाईको प्रतिक्रिया