रिलायन्स एजुकेसन नेटवर्कको पुस्तक समीक्षा स्वर्ण उत्सव सम्पन्न
काठमाडौं । रिलायन्स एजुकेसन नेटवर्कले रिलायन्स एजुकेसन नेटवर्क पुस्तक समीक्षा स्वर्ण उत्सव कार्यक्रम सम्पन्न गरेको छ । गत माघ १६ गते शहिद दिवसको दिन रिलायन्स कलेजको सभा हल स्वर्ण उत्सव कार्यक्रम सम्पन्न भएको हो ।

रिलायन्स एजुकेसन नेटवर्क पुस्तक समीक्षा समितिद्वारा आयोजित सो कार्यक्रममा रिलायन्स एजुकेसन नेटवर्कका कार्यकारी अध्यक्ष तथा कलेज प्राचार्य रविन्द्रजङ्ग थापाको अध्यक्षतामा सञ्चालित भएको थियो । त्यस्तै, सिकाइ समूह नेपालका अध्यक्ष सुदर्सन घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो ।

वक्ताका रुपमा रिलायन्स एजुकेसन नेटवर्कका सञ्चालक तथा सिनियर चार्टड एकाउन्टेन्ट राजुकुमार सिवकोटी रहेका थिए । पुस्तक समीक्षा स्वर्ण उत्सव कार्यक्रममा रिलायन्स को एड स्कूलका प्रधानाध्यापक दशरथ ज्ञवाली र प्रि प्राइमरी संयोजक सुमन केसीले Why Nations Fail ? भन्ने पुस्तकमा क्रमशः समीक्षा र टिप्पणी गरेका थिए ।

हालसम्मका पुस्तक समिक्षक र टिप्पणीकर्ता सबै ८० जना शिक्षक/कर्मचारीलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । प्रमुख अतिथिको रुपमा रहेका घिमिरेले रिलायन्सको पठन संस्कृतिको अभियान र गतिविधि नेपालको संस्थागत शिक्षा क्षेत्रकै नमुनाको रुपमा रहेको बताए । स्वर्ण उत्सव कार्यक्रमको अध्यक्षता गरेका कलेज प्राचार्य थापाका अनुसार रिलायन्सका शिक्षक कर्मचारीहरुमा पठन संस्कृतिको अभ्यासलाई निरन्रता दिन यस्ता कार्यक्रम कोशेढुङ्गाको रुपमा रहने बताए । शिक्षक कर्मचारीमा सर्वपक्षीय ज्ञानको लागि अध्ययन अपरिहार्य रहेको समेत बताए ।

त्यस्तै, रिलायन्स एजुकेसन नेटवर्कका सञ्चालक तथा सिनियर चार्टड एकाउन्टेन्ट राजुकुमार सिवकोटीले रिलायन्समा रहेका सबै शिक्षक कर्मचारीले अध्ययनको बानी बसाल्नै पर्ने जिकीर गरे । ज्ञात अज्ञात शहिदप्रति श्रद्दास्वरुप दुइ मिनेटको मौन धारण गरी प्रारम्भ गरिएको उक्त कार्यक्रममा रिलायन्स एजुकेसन नेटवर्कको सञ्चालक तथा संस्कृति विभागको प्रमुख दामोदर निरौलाले २ मिनेटको ध्यान र माघ महिनाको अवधारणा धीरता माथि प्रकाश पारेका थिए ।

औपचारिक स्वागत मन्तव्य पुस्तक समिक्षा समितिका सदस्य सचिव वेदनीधि खनालले गरेका थिए । पुस्तक समिक्षाको फर्म्याट बारेमा सिनियर फ्याकल्टी गणेश खनियाले विषेश प्रस्तुति राखेका थिए । कार्यक्रममा रिलायन्स एजुकेसन नेटवर्कका सञ्चालक तथा कलेज सहायक प्राचार्य नन्दप्रसाद कुशवाहा, संयोजकहरु, शिक्षक कर्मचारी, अभिभावक, विभिन्न विद्यार्थी क्लबहरुको समेत सक्रिय सहभागिता रहेको थियो ।

रिलायन्स एजुकेसन नेटवर्क पुस्तक समीक्षा समितिका संयोजक गोविन्द ढकालको सशक्त शैलीमा सञ्चालित कार्यक्रम रहेको थियो । कोभिडको दुःखद आगमनसङ्गै जुम अनलाइन मार्फत विगत ५ वर्षदेखि यो कार्यक्रम पाक्षिक रुपमा सञ्चालित हुदै आएको छ । रिलायन्स एजुकेसन नेटवर्क अन्तर्गतका शैक्षिक संस्थाहरुले पालैपालो नियमित सहभागिता जनाउदै आएका छन् । रिलायन्स एजुकेसन नेटवर्क अन्तर्गत सञ्चालित ४ ओटा विद्यालय र २ वटा कलेजका २२१ जना शिक्षक कर्मचारीको सहभागिता रहेको सो स्वर्ण उत्सव भौतिक रुपमा भने पहिलो रहेको थियो भने यो भन्दा अगाडिका सबै कार्यक्रम पाक्षिक रुपमा शनिबार बिहान ८ बजे सञ्चालित हुँदै आएको पुस्तक समीक्षा समितिका संयोजक गोविन्द ढकालले बताए ।

ताजा अपडेट
- डा. गोविन्द केसीले तोडे अनसन
- एमबीएस प्रश्नपत्र काण्ड : परीक्षा सुरु भएको मिनेटमै प्रश्न बाहिरियो, सिआइबीले गर्यो पक्राउ
- अष्ट्रेलियाको वेस्टर्न सिड्नी विश्वविद्यालयकी स्नातकोत्तर प्रतिमा खड्का मिस नेपाल २०२६ को प्रतिस्पर्धामा
- डा. गोविन्द केसीसँग वार्ताका लागि शिक्षा मन्त्रालयका सचिव धनगढी पुगे
- जनदबाबपछि सरकार ब्याकः निजी स्वास्थ्य र शिक्षाबाट ३ प्रतिशत समता कर हट्यो
- यति कलेजको होटल एन्ड माइस म्यानेजमेन्ट कार्यक्रमको पहिलो दीक्षान्त समारोह सम्पन्न
- निजी शिक्षा र स्वास्थ्यमा ३% समता कर लागू नहुने, चौतर्फी विरोधपछि पछि हट्यो सरकार!
- कोरियन भाषा परीक्षाका लागि आवेदन खुला: कुन क्षेत्रमा कति कोटा, कस्ता प्रश्न सोधिन्छन् ?
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया