सिटिइभीटीका निर्देशक केसी र प्रशिक्षक पौडेलको शव भेटिँदा, निर्देशक भुर्तेल अझै बेपत्ता
काठमाडाैं । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ लौकुनस्थित सुनकोशी नदीमा खसेर बेपत्ता सिटिइभिटीका कर्मचारी चढेकोे गाडी र दुई जनाको शव सशस्त्र प्रहरी बल नेपालको गोताखोर टोलीले आज फेला पारेको छ ।
एक जना भने अझै बेपत्ता रहेका छन् र उनको खोजी कार्य जारी रहेको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए ।
उनका अनुसार सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक सुवास थापाको कमाण्डमा खटिएको गोताखोर टोलीले गाडी भेट्टाएर नदीबाट बाहिर निकालेका हुन् ।
उक्त शव तनहुँ जिल्लाको भानु नगरपालिका–९ बस्ने सिटिइभिटीका प्रशासन शाखाका निर्देशक ५७ वर्षीय कृष्ण केसी र इलाम जिल्लाको सूर्योदय नगरपालिका ५ बस्ने ३२ वर्षीय विद्युत् प्रशिक्षक भानु पौडेलको रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
पूर्वी नवलपरासी जिल्लाको प्रगतिनगर नगरपालिका–७ बस्ने योजना महाशाखाका निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल अझै बेपत्ता रहेका छन् । सो दुर्घटनाबारे जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर २० विपद् उद्धार गण सिनामङ्गल काठमाडौँ र उक्त तालिम शिक्षालयबाट गोताखोर टोली खोजीकार्यको लागि खटिएको थियो ।
प्रदेश नम्बर ३–०१–००२ झ ४९८५ (इम्बोस्ड नम्बर बीएबी ७४६७) को स्कर्पियो गाडी जेठ १९ गते शुक्रबार भक्तपुरबाट खोटाङ जाने क्रममा घुर्मी–खुर्कोट सडकखण्डअन्तर्गत सो ठाउँबाट सुनकोशी नदीमा खसेको थियो । दुर्घटनापश्चात् गाडीका चालक कृष्ण चौधरी घाइते अवस्थामा आफैँ पौडिएर नदीबाट बाहिर निस्कन सफल भएका थिए ।
ताजा अपडेट
- शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो वार्षिक कार्यतालिका, यस्तो छ परीक्षा र पदपूर्तिको समय
- शिक्षक सेवा आयोगको परीक्षा र नतिजा प्रणाली सुधारमा मन्त्री पोखरेलको जोड
- बदलिँदै पाठ्यक्रम: कस्ता–कस्ता सुझाव आए ?
- ग्रामीण विद्यार्थीको शिक्षामा सहयोग र बाढी प्रभावित समुदायका लागि ‘प्रेसिडेन्सियल रन फर कज’ सम्पन्न
- भोटेकोशी बाढीको असर : १८ विद्यालय क्षतिग्रस्त, झन्डै १० हजार विद्यार्थीको पढाइ प्रभावित
- अर्वाना स्कुल अफ साइन्सद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न
- शिक्षा सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल नियुक्त
- गोकर्णेश्वर लाइट एकेडेमीलाई ISO 21001:2018 प्रमाणपत्र
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया