आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी
काठमाडौं । आन्दोलनमा घुसपैठ गरेको भन्दै शिक्षकहरुहरुको आक्रमणमा परेका व्यक्ति विद्यालयको कार्यालय सहयोगी भएको पुष्टि भएको छ । आइतबार विजुलीबजारमा शिक्षकहरुको आन्दोलनलाई घुसपैठ गरेको भन्दै शिक्षकहरुले आक्रमण परेका व्यक्ति सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ गुम्बास्थित बोल्दे आधारभूति विद्यालयका कार्यालय सहयोगी पेम्बा नुर्बु तामाङ रहेको पाइएको हो ।
नुर्बु केही दिन अघि मात्र शिक्षकहरुको आन्दोलनमा सहभागी हुन सिन्धुपाल्चोकबाट काठमाडौं आएका थिए । आइतबार शिक्षकहरुको आन्दोलनमा सहभागी भइरहेका बेला उनीमाथि शिक्षकहरु जाइलागेका हुन् ।
आन्दोलनमा घुसपैठ गरेको भन्दै शरीरका कपडासमेत च्यातेर उनीमाथि शिक्षकहरुले कुटपिट गरेका थिए । तामाङ नेपाल विद्यालय कर्मचारी परिषद् सिन्धुपाल्चोकको कार्यसमिति सदस्य समेत रहेको पाइएको छ । उनीमाथि शिक्षकहरुले हल्लाको भरमा आक्रमण गरेको भन्दै नेपाल शिक्षक कर्मचारी परिषद् बागमती प्रदेशले आपत्ति जनाएको छ ।
परिषद् बागमती प्रदेशका उपाध्यक्ष दीपक खतिवडाले लहैलहैमा आन्दोलनकारीले आन्दोलनमै सामेल भएका कर्मचारीलाई कुटपिट गर्नु आपत्तिजनक कुरा रहेको बताए । ‘पेम्बा नुर्बुमाथि घुसपैठको आरोप लगाउँदै जसरी कुटपिट गरिएको छ यो निन्दनीय छ,’ उनले भने, ‘यो दादागिरी शैली र अमानवताको पराकाष्ठा हो ।’
तामाङलाई जोगाउन खोज्दा शिक्षकहरुले आफूमाथि पनि प्रहार गरेको उनको भनाइ छ ।
ताजा अपडेट
- उद्घाटन र शिलान्यासजस्ता औपचारिक कार्यक्रममा नबोलाउन शिक्षामन्त्रीको आग्रह
- शिक्षामन्त्री पुनको निर्देशनः ३ महिनामै नतिजा, हरेक स्कुलमा कम्प्युटर शिक्षक, त्रिविकाे सफाइ
- नवनियुक्त शिक्षामन्त्री मन्त्रालयमै सुत्ने, सेक्युरिटी पनि नलिने
- कक्षा १२ को मौका परीक्षा आज र भोलि
- शिक्षामन्त्रीमा महावीर पुन
- कक्षा १२ को मौका परीक्षा ७ र ८ असोजमा गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय
- असोज १ गते शोक विदा दिने मन्त्रीपरिषद्को निर्णय
- शिक्षकलाई कार्यालय समयमा टिकटक भिडियो नबनाउन शिक्षा मन्त्रालयको निर्देशन
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी










तपाईको प्रतिक्रिया