वर्षे र हिउँदे विदामा पनि पठनपाठन गराउन विद्यालयलाई मन्त्रालयको अनुरोध
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयहरुलाई वर्षे र हिउँदे बिदाको अवधिमा पनि पठनपाठन गराउन अनुरोध गरेको छ । मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै शिक्षक महासंघको गत चैतमा भएको आन्दोलनका कारण पठनपाठनमा पुगेको क्षतिलाई पूरण गर्न वर्षे र हिउँदे विदामा पनि पठनपाठन नियमित गर्न अनुरोध गरेको हो ।
यसअघि नेपाल शिक्षक महासंघले पनि आन्दोलनका कारणले बिथोलिएको विद्यार्थीको पढाईको क्षतिलाई कम गर्न वर्षे र हिउँदे बिदा कटौती गरेर पठनपाठन गराउन सामुदायिक विद्यालयहरुलाई अनुरोध गरेको थियो । महासंघकै प्रतिवद्धताका आधारमा आवश्यक व्यवस्था मिलाउन मन्त्रालयले अनुरोध गरेको हो ।
‘शिक्षा ऐन २०२८ को दफा १६ (ङ) अन्तर्गत भएको कानूनी व्यवस्था अनुसार नेपाल शिक्षक महासङ्घबाट पेशागत हकहितका खातिर सञ्चालन गरिएको पेशागत आन्दोलनका कार्यक्रममा शिक्षक तथा विद्यालयका कर्मचारीको सहभागिताका कारण विद्यालयमा अनुपस्थिति लगायतका सवालहरूको व्यवस्थापन गर्दै शिक्षकको मनोबल उच्च राख्दै विद्यालयको प्रशासकीय प्रबन्ध मिलाउन वाञ्छनीय हुन्छ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
एकमहिना सम्म शिक्षा ऐनको माग गर्दै सडकमा ओर्लिएका शिक्षक तथा कर्मचारीहरू हाल विद्यालय फर्केर आफ्नो पेशागत दैनिकी सूचारु गरिरहेको छन् । ‘सबैको निरन्तर सक्रियता, उत्प्रेरित कार्य सम्पादन तथा विद्यार्थीको सिकाइ उपलब्धिमा विशेष सुधार ल्याउने शिक्षकको अठोटलाई प्रवर्धन गर्ने उद्देश्यले विशिष्ट प्रकारको समन्वय, सहकार्य र सहजीकरणको भूमिका निर्वाह गरिदिन हुन सबै स्थानीय तह, विद्यालय तथा सरोकारवाला वर्गलाई मन्त्रालय विशेष अनुरोध गर्दछ,’ मन्त्रालयले भनेको छ ।
ताजा अपडेट
- पढ्ने बेला विद्यार्थीले गर्ने ७ गल्ती
- Exam नजिकिँदा कसरी पढ्ने ?
- ब्रिटिस कलेजका सिईओ भन्छन्, ‘केहीले सामाजिक सञ्जालबाट बेइज्जत गरिदिन्छौं भन्दै बार्गेनिङ गरिरहेका छन्’ (भिडियोसहित)
- हिसानको अध्यक्षमा शर्मा, महासचिवमा सिलवाल निर्वाचित
- हिसानको अध्यक्षसहित पदाधिकारीको लागि मतदान जारी, केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित
- राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्माको कार्यकाल पूरा, नयाँ अध्यक्षका लागि दरखास्त आह्वान
- द ब्रिटिश कलेजद्वारा भ्रामक आरोपको खण्डन, शैक्षिक कार्यक्रम नियमित रहेको स्पष्ट
- जेम्समा खेलकुदको कुम्भमेला सम्पन्न, थन्डरबोल्ट्स कपमा जेम्सकै ह्याट्रिक
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी








तपाईको प्रतिक्रिया