त्रिविको रजिष्ट्रेशन, ट्रान्सक्रिप्ट, प्रोभिजलन सर्टिफिकेट लगायतका १० वटा सेवा अब अनलाइनबाटै
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयले परीक्षा सम्बन्धि अधिकांश डकुमेन्टहरु अनलाइनबाटै उपलब्ध गराउने भएको छ । त्रिविले गत आगामी असार १५ गतेदेखि १० वटा सेवा पूर्णरुपमा अनलाइनमाध्यमबाट उपलब्ध गराउने भएको हो ।
परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार त्रिवि रजिष्ट्रेशन, परीक्षा आवेदन, ट्रान्सक्रिप्ट, प्रोभिजनल सर्टिफिकेट, मूल प्रमाणपत्र, पुनर्योगका लागि आवेदन, शैक्षिक कागजात सच्याउने, सिफारिस पत्र, प्रमाणीकरण तथा प्रमाणपत्रका प्रतिलिपि आवेदन फारामहरू अनलाइनमार्फत नै भर्न सकिने छ । ‘विद्यार्थीलाई सहज र कार्यालयको काम पनि चुस्त होस् भन्नका लागि हामीले प्रविधिलाई पछ्याएका छौँ,’ उनले भने, ‘अब सरल ढंगबाट विद्यार्थीहरुले परीक्षा नियन्त्रण कार्यालयबाट प्राप्त गर्ने सेवा सुविधा अनलाइनबाटै प्राप्त गर्नेछन् ।’
ईआइएमएस प्रणाली अन्तिम चरणमा पुगेकाले असार १५ गतेदेखि यी सेवा त्रिविको वेबसाइटबाट लगइन गरी सजिलै प्राप्त गर्न सकिनेसमेत जोशीले जानकारी दिए । ‘प्रविधिको अधिकतम प्रयोग गर्दै सेवा प्रवाहलाई छरितो र प्रभावकारी बनाउने प्रयास भएको छ,’ उनले भने, ‘देशभरबाट वार्षिक पाँच लाखभन्दा बढी विद्यार्थीले सेवा लिने भएकाले व्यवस्थापनलाई अनलाइनमार्फत सहज बनाइएको हो ।’
हाल त्रिविमा देशभरको करिब ८० प्रतिशत विद्यार्थी अध्ययनरत छन् । ती सबैका लागि आवश्यक पर्ने लब्धाङ्कपत्र, ट्रान्सक्रिप्ट, प्रमाणपत्र लगायतका कागजातलाई सुरक्षित राख्ने, अभिलेख राख्ने र परीक्षा प्रणालीमा गोपनीयता कायम राख्न कार्यालय प्रतिबद्ध रहेको जनाइएको छ।
२०७५ सालदेखि नै त्रिविले दीक्षान्त फाराम तथा ट्रान्सक्रिप्टलाई अनलाइनमार्फत उपलब्ध गराउँदै आएको थियो । २०७९ माघ १५ देखि अनलाइन आवेदन फाराम सुरु गरिएको भए पनि प्राविधिक कारण केही समय बन्द भएको यो सेवा पुनः सुचारु हुने भएको जोशीले बताए ।
ताजा अपडेट
- युनिग्लोब नमुना संयुक्त राष्ट्रसंघको सम्मेलनमा भारतदेखि म्यानमारसम्मका प्रतिनिधि सहभागी
- स्नातक अध्ययनका लागि २ जनालाई ५ लाख ५० हजार छात्रवृत्ति दिने ‘हेल्प’को घोषणा
- शिक्षा मन्त्रालयद्वारा उपकुलपति र रजिष्ट्रारका लागि आवेदन खुला
- आफ्नै भवनमा सर्यो शिक्षा मन्त्रालय, मन्त्री पुनको बसोबास पनि सिंहदरबारमै
- उद्घाटन र शिलान्यासजस्ता औपचारिक कार्यक्रममा नबोलाउन शिक्षामन्त्रीको आग्रह
- शिक्षामन्त्री पुनको निर्देशनः ३ महिनामै नतिजा, हरेक स्कुलमा कम्प्युटर शिक्षक, त्रिविकाे सफाइ
- नवनियुक्त शिक्षामन्त्री मन्त्रालयमै सुत्ने, सेक्युरिटी पनि नलिने
- कक्षा १२ को मौका परीक्षा आज र भोलि
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी








तपाईको प्रतिक्रिया