बोर्डको बैठक बोलाइयो, एसईईको नतिजा प्रकाशनबारे निर्णय लिने
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनबारे निर्णय लिन राष्ट्रिय परीक्षा बोर्डले बैठक बोलाएको छ । बोर्डले दिउँसो १२ः३० बजे बस्ने गरी बोर्डको बैठक बोलाएको बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले एजुकेशन समाचारलाई जानकारी दिए ।
‘हामीले नतिजाकै विषयलाई लिएर छलफल गर्नका लािग बैठक बोलाएका छौँ,’ उनले भने, ‘नतिजा आजै प्रकाशन गर्ने या अर्को दिन भन्ने बारेमा चाहिँ बैठकले नै निर्णय लिन्छ ।’
उनका अनुसार, आज दुई चरणको बैठक बसेर एसईईको नतिजा सार्वजनिक गरी तयारी भइरहेको छ । यद्यपि, दोस्रो चरणको बैठक भने पहिलो चरणको बैठकमा भर पर्नेछ । ‘पहिलो चरणको बैठकमा राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशन गर्नेबारे ब्रिफिङ गर्नेछ । सो कार्यालयले बैठकमा नतिजा प्रकाशनको लागि तयारी पूरा भएको र कुनै पनि त्रुटि नभएको बताएको अवस्थामा पुनः दोस्रो बैठकको आह्वान गरिनेछ,’ उनले भने, ‘सो बैठकले नतिजा सार्वजनिक गर्ने आदेश दिन्छ । दोस्रो बैठक पछि नतिजा प्रकाशन गरिनेछ ।’
एसईईको नतिजा प्रकाशन असार ७ गतेभित्र सार्वजनिक गर्ने कार्यतालिका थियो । तर, वैशाखमा भएको शिक्षकहरुको आन्दोलनका कारण नतिजा प्रकाशन ढिलाइ भएको थियो । गत चैत ७ देखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए ।
ताजा अपडेट
- पढ्ने बेला विद्यार्थीले गर्ने ७ गल्ती
- Exam नजिकिँदा कसरी पढ्ने ?
- ब्रिटिस कलेजका सिईओ भन्छन्, ‘केहीले सामाजिक सञ्जालबाट बेइज्जत गरिदिन्छौं भन्दै बार्गेनिङ गरिरहेका छन्’ (भिडियोसहित)
- हिसानको अध्यक्षमा शर्मा, महासचिवमा सिलवाल निर्वाचित
- हिसानको अध्यक्षसहित पदाधिकारीको लागि मतदान जारी, केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित
- राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष शर्माको कार्यकाल पूरा, नयाँ अध्यक्षका लागि दरखास्त आह्वान
- द ब्रिटिश कलेजद्वारा भ्रामक आरोपको खण्डन, शैक्षिक कार्यक्रम नियमित रहेको स्पष्ट
- जेम्समा खेलकुदको कुम्भमेला सम्पन्न, थन्डरबोल्ट्स कपमा जेम्सकै ह्याट्रिक
धेरैले पढेको
- नेपालका २५ अब्बल माविहरू
- विद्यार्थीबाट असुलेको बढी शुल्क फिर्ता गर्न सिटिइभिटीले दिएको निर्देशन तिलगंगाले मानेन
- माट्रिका आइ सेन्टरले गरायो एक व्यक्तिलाई माइनस २६ पावरको चश्माबाट मुक्त, के हो त्यस्तो प्रविधि ?
- अनुमतिबिनै कक्षा ११ मा विद्यार्थी भर्ना लिँदै सिफलको अध्याय पाठशाला
- राष्ट्रिय परीक्षा बोर्डद्धारा एसईईको परीक्षाफल प्रकाशित, ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड
- रिलायन्स इन्टरनेशनल एकेडेमीका १९ जना विद्यार्थीले ल्याए ४ जीपीए
- नेपाल पक्षघात संघको पहलमा पक्षघातका बिरामीले पाउने भए निःशुल्क औषधि, मन्त्रीले गरे यस्तो निर्णय
- आन्दोलनरत शिक्षकहरुबाटै पिटिए सिन्धुपाल्चोकस्थित बोल्दे विद्यालयका कार्यालय सहयोगी








तपाईको प्रतिक्रिया