Techie IT
  • सोमबार, कात्तिक ३, २०८३ / Monday, October 19, 2026
  • काठमाडौं
Education Samachar

Education Samachar

Nepal's No.1 Educational News Portal

गृहपृष्ठ ∕ कलेज ∕ सुभ स्कुलका रुपेश खत्रीले ल्याए एसईईमा ४ जीपीए

सुभ स्कुलका रुपेश खत्रीले ल्याए एसईईमा ४ जीपीए


काठमाडौं– जोरपाटीस्थित सुनौलो भविष्य बोर्डिङ स्कुल (सुभ स्कुल)का रुपेश खत्रीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए प्राप्त गरेका छन् । बोर्डले हिजो शुक्रबार प्रकाशित गरेको नतिजामा खत्रीले ४ जीपीए प्राप्त गरेका हुन् ।

सुभबाट २०८१ सालको एसईई परीक्षामा २७ जना एसर्ईई मा सहभागी भएका थिए । जसमा रुपेशको ४ जीपीएसहित सबै विद्यार्थीले ३.६० देखि ४ सम्म जीपीए अर्थात ‘ए प्लस’ प्राप्त गरेको स्कुलका प्रिन्सिपल साधना खतिवडाले जानकारी दिइन् । ‘विद्यार्थी केन्द्रीत शिक्षण सिकाइ क्रियाकलापका कारण यस्तो नतिजा सम्भव भएको हो,’ उनले भनिन्, ‘आगामी दिनमा पनि हामी यस्तै शैक्षिक सफलताका लागि निरन्तर लागिरहनेछौँ ।’

बोर्डले सार्वजनिक गरेको नतिजामा देशभरबाट ४८ हजार १ सय ७७ जना विद्यार्थीले ३.६० देखि ४ जीपीए प्राप्त गरेका छन् । त्यस्तै, ८१ ह्जार ३ सय ८५ जना विद्यार्थीले ३.२० देखि ३.६० जीपीए प्राप्त गरेका छन् । भने, २.८० देखि ३.२० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ८९ हजार १ सय २४ रहेको छ । त्यस्तै, ४८ हजार ४ सय ७८ जना विद्यार्थीले २.४० देखि २.८० जीपीए प्राप्त गरेका छन् । २.० देखि २.४० जीपीए ल्याउने विद्यार्थीको संख्या ४ हजार १ सय २६ रहेको छ भने १.६० देखि २ जीपीए ल्याउने विद्यार्थीको संख्या ८ रहेको छ । १ लाख ६७ हजार ५ सय ९७ विद्यार्थी भने नन ग्रेडेड भएका छन् ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

धेरैले पढेको