अपडेट : जेन—जी प्रदर्शनः सिभिलमा थप एक जनाको मृत्यु, मृतक प्रदर्शनकारीको संख्या १४ पुग्यो
काठमाडौं—सिभिल अस्पतालमा गप एक जना घाइते प्रदर्शनकारीको उपचारका क्रममा मृत्यु भएको छ । सोमबार नयाँ बानेश्वरमा भएको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएपछि घाइते भएर सिभिलमा उपचार भइरहेका थप एक जना प्रदर्शनकारीको मृत्यु भएको हो ।
सिभिलका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीकाअनुसार अहिलेसम्म सिभिल अस्पतालमा तीन जना घाइते प्रदर्शनकारीको मृत्यु भएको छ । अस्पतालमा १०० जनाको उपचार भइरहेको छ भने गम्भीर अवस्थामा १४ जनाको बिरामीलाई रेफर गरिएको उनले बताए ।
राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गराइरहेको ६ जना घाइते प्रदर्शनकारीको मृत्यु भएको छ । मृतकहरुको छातीमा, तिघ्रामा र टाउकोमा गोली लागेको ट्रमा स्रोतले जनाएको छ । ४० जनाको उपचार भइरहेको ट्रमामा १५ जना गम्भीर घाइतेको उपचार भइरहेको छ ।
नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालमा ३ जना घाइते प्रदर्शनकारीको मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख शैलेन्द्र महासेठले जानकारी दिए । उनकाअनुसार सयौं घाइते प्रदर्शनकारीको भुँइमै राखेर अस्पतालले उपचार गरिरहेको छ । काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसीमा एक जनाको मृत्यु भएको छ । त्यहाँ अन्य २० जना उपचार भइरहेको अस्पतालले जनाएको छ ।
त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ । अन्य ९ जना घाइतेको उपचार भइरहेको त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोसियारले जानकारी दिए ।
ताजा अपडेट
- साथी शिक्षक कार्यक्रमको आठौँ समूह (कोहोर्ट)का लागि आवेदन खुला
- नेपाली कम्पनी इन्साइट टेक्नोलोजीलाई अन्तर्राष्ट्रिय सम्मान, ‘AI in Cybersecurity’ अवार्ड प्राप्त
- बाल उद्धार माविका प्रधानाध्यापकमाथि आक्रमण, के हो घटनाको वास्तविकता ?
- शिक्षकलाई गाडी किन्न सरकारले ब्याज तिरिदिने प्रस्ताव, कसले कति सुविधा पाउँछन्?
- विश्वविद्यालयको नतिजा प्रकाशनमा शिक्षामन्त्रीको कडाइ, एक महिनाभित्रै गर्न निर्देशन
- राष्ट्रिय लिटल च्याम्प्स सिजन–४ मा नेपाल विद्या सदनकी आन्या घलान बनिन् फर्स्ट रनरअप
- विदेशी विश्वविद्यालयसम्बद्ध शैक्षिक कार्यक्रमबारे आइप्यानको आग्रह : ‘तथ्य र कानुन हेरेर बहस गरौँ’
- नक्कली शैक्षिक प्रमाणपत्रबारे सर्वोच्चको नयाँ नजिर
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’














तपाईको प्रतिक्रिया