अनेरास्ववियु अध्यक्ष कडरियाले दिए राजीनामा
काठमाडौं । नेकपा (एमाले) निकट अनेरास्ववियुका अध्यक्ष सुजन कडरियाले आफ्नो पद त्यागेका छन्। उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामाको घोषणा गरेका हुन्।
फेसबुकमा उनले लेखेका छन्, “विद्यार्थी आन्दोलनको अस्तित्व हिजो ढलेजस्तो महसुस भयो। विद्यालय पोसाकमा रहेका विद्यार्थीको ज्यान जोगाउनसम्म विद्यार्थी संगठनहरू असफल भए। यसले हाम्रो पुस्ताले अघि सारेको विद्यार्थी राजनीति नै निष्फल रहेको अनुभूति भयो।”
यही कारण उनले अनेरास्ववियु केन्द्रीय अध्यक्ष पदबाट अलग हुने निर्णय गरेका हुन्। साथै उनले जनताको सेवामा निरन्तर सक्रिय रहने प्रतिवद्धता जनाएका छन्।
कडरियाले सरकारले आन्दोलनलाई दमन गरेर जनभावनाविपरीत काम गरिरहेको दाबी गर्दै यसको परिणाम गम्भीर र भयावह हुन सक्ने चेतावनी पनि दिएका छन्। “मेरो जीवनकै सबैभन्दा कालो दिन हो यो,” उनले भनेका छन्।
ताजा अपडेट
- गोसाइँकुण्ड गएका धादिङका ८ शिक्षक सम्पर्कविहीन
- भोटेकोशीको बाढीबाट १६ सय बढी विद्यार्थी कसरी जोगिए ? प्रधानाध्यापक र शिक्षकको त्यो १५ मिनेट
- शिक्षक–कर्मचारीदेखि ईसीडी सहजकर्तासम्मको पारिश्रमिक बढ्यो, कसको कति ?
- काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त
- सरकारलाई शिक्षक महासंघको अन्तिम चेतावनी ! भदौबाट देशव्यापी आन्दोलन घोषणा (भिडियोसहित)
- कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक
- कहिले आउँछ कक्षा १२ को पूरक परीक्षाको नतिजा ?
- पेट्रोलियम इन्जिनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्दै इम्पेरियल कलेज अफ इन्जिनियरिङ
धेरैले पढेको
- नेपालका अब्बल ३० माविहरू
- शिक्षामन्त्रीको एजेण्डाः इसिडी शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक १९ हजार ५ सय पुर्याइने !
- शिक्षामा ‘सर्जरीको तयारी’: मन्त्री पोखरेलसामु तत्काल सुधारका ६ एजेन्डा !
- बालेन एक्सनः १५ दिनमै एसईईको नतिजा ,परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी
- कक्षा १२ को नतिजा : रिटोटलिङ नगरी सिधै रिचेकिङ गर्न पाइन्छ ?
- वैशाख १ गतेदेखि इन्ट्रान्स तयारी कक्षा र ब्रिज कोर्सहरू बन्द गर्न शिक्षामन्त्रीको निर्देशन
- शिक्षक र प्राध्यापकलाई दलगत राजनीतिबाट टाढा राख्ने सरकारको तयारी
- कक्षा १२ का परीक्षा केन्द्र सार्वजनिक, गत वर्षकै ‘कपिपेष्ट’













तपाईको प्रतिक्रिया